अमृत तत्व आत्मबोध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सरल र सहज जीवनको एक मात्र उपाय आत्मबोध (self realization) हो । आत्मबोध भन्नाले कुनै व्यक्तिले आफैलाई चिन्नु पहिचान गर्न सक्ने भनि सोझो अर्थमा बुझिए पनि त्यहि यथार्थ होईन मह पुजा भनेर नेवार संप्रदायमा आफ्नै पुजा गर्ने परम्परा छ त्यो ज्यादै सिमित प्रथा हो यद्यपि सही अर्थमा यसलाई कति आत्मसाथ गरिन्छ भिन्नै विषय होला, वस्तुतः अमृत तत्व आत्मबोध नै यसको मर्म भित्र रहेको हुनु पर्दछ । जसले स्वयमलाई चिन्यो जीवन धन्य होला त्यही अमृत तत्व आत्मबोध भएपछि अरु संभवतः आध्यात्मिक जगतमा बाकी रहदैन । आफ्नो स्वयमको पुजा वा आत्मबोध भन्नाले अमुक व्यक्ति नामधारी स्वयमलाई सम्झने बुझ्ने हो भने त्यो भन्दा परिहाँसजनक अरु के नै होला । यो त केही रकम तिरेर पाठ पढी दिनु भनि रिखी त्रिपुण्डधारीहरुलाई व्यवसाय गर्न दिई धर्म गर्ने जस्तै परम्परा बन्न सक्छ ।
के हो त आत्मबोध ? के बुझेर जानेर यो लेखिएको हो त ? त्यति भएको अबस्थामा त स्थित प्रज्ञ, समाधिस्थ, प्रज्ञावान मुमुक्ष नै भई हाल्ने हुन्थ्यो । एउटा अन्धकार या सानो प्रकाशको झिल्का जस्तै मनीर्णीहरुले गरेका मार्ग दर्शनहरु पढ्न पाई अभ्यास गर्ने हो भने गन्तव्यको मार्ग टाढैबाट भए पनि देख्न सकिएको हुनाले सरल जीवनका आकांक्षीहरुलाई शेयर गर्ने उद्देश्यबाट अभिव्यक्त गर्ने प्रयास हो । प्रथमतः म भन्नाले शरीरधारी नामको जीव भन्ने होईन मानवको स्थुल स्वरुप देखिने शरीर हो भने शुक्ष्म नदेखिने मन पनि एकाकार भएर रहन्छ । महात्मा बुद्धले शरीर मन भनेर अलग होईन एउटै हो भनि मार्गदर्शन गरे शरीरलाई वशेन्द्रीयले चलाउछ तर ईन्द्रियहरुको राजा मनले सञ्चालन नगर्दा त्यो अशक्त हुन्छ जुन एनोस्थेशिया, वेहोश पार्ने चिकित्सा शास्त्रमा मनलाई शिथिल पार्ने नै हो व्यक्ति भए छि पीडा बोध हुदैन तर महात्मा ऋषी तत्वदर्शिहरुलाई त्यस्ता औषधिको आबश्यकता पर्दैन एकजना फकीर र मंसुरलाई द्वइस निन्दा गरेको भनि प्राण दण्ड दिदा हात खुट्टा काटिदा उ हासी रहेको थियो तमासा हेर्ने ठुलो भीड मध्ये एकजनाले सोध्यो यसरी पीडा दिदापनि तिम्रो मुस्कान कसरी आयो जवाफमा मंसुरले भने कमसेकम तिमिले मेरो मुस्कान हेर्नेसम्म त काम गर्यौ त्यसले पनि आत्मबोधको झलक मिल्ला, जेसस क्राईष्ट यिशुु मसिहलाई प्राण दण्ड दिदा उनको मुखबाट निस्केको वाक्य थियो “प्रभु यिनलाई माफ गरी दिनु यि जान्दैनन् के गर्दै छन् भनेर आज तिनकै नामबाट क्रिशियन धर्म चलेको छ । महात्मा गान्धीलाई गोली प्रहार गर्दा नाथुराम गोड्सेले पहिले हात जोडी प्रणाम गरेको
भनिन्छ । गान्धीले यिनलाई कुनै दण्ड नगर्नु भनि अन्तिम ईच्छा व्यक्त गरे ।
शरीर मन भनेको म होईन त्यो आत्मबोध पनि होईन अहङ्कारको झलक हो त्यसलाई पनि साक्षी भावले हेर्ने अविनाशी तत्व नै आत्मबोध
हो । त्यसलाई बुझ्न कै लागि अनेक विधि पद्धति उपासना ध्यान केन्द्र मठ मन्दिर चर्च बौद्ध गुम्वा गुरुद्धारा मन्जिद आदि प्रचलनमा आएका हुन । मन्दिरहरु उपासना कै लागि हुनु आत्मबोध कै लागि त्यसको उत्पत्ति भएको हो तर बिकृतिले अमृत तत्वलाई बीषमा रुपान्तरित गरी दियो । आडम्बर व्यवसाय दंभको प्रदर्शन मात्र बढ्न लागेको हुनाले परम्परा पालन बाहेक धर्म वा चिन्तनसंग बेखबर हुन लागेको अनुभव हुदा त्यस्ता कथित धार्मिक स्थल पण्डा पुजारीहरुप्रति घृणा भाव उत्पन्न हुन लाग्दा सम्पर्क नै नगर्ने प्रवृती आएको हुनाले मलाई कतिपयले त नास्तिकसम्म भन्न थाले वास्तवमा म एक कट्टर आस्तीक व्यत्तिका रुपमा सम्झन्छु । लक्ष्य एकातर्फ कर्म अर्को तर्फ हुन लागे धार्मिक कृत्य हुन सक्दैन ।
ध्यानको मुल अर्थ नै आत्म बोधको यात्रा हो ध्यान कसरी गर्ने ? के गर्ने ? आदि विविध प्रश्न उठ्छन् त्यो स्वभाविक पनि हो । विद्धान्हरुको व्याख्या Doing thinking feeling all are gone you just are that is what week which is सोच्नु(मन गर्नु, शरिर अनुभुति) feeling हृदय यो सब गएपछी जुन बाकी रहन्छ त्यही ध्यान हो । यसको चरम अबस्था समाधि हो । मुनिहरुले यही बताएका छन् महात्मा बुद्धले वैज्ञानिक बिचार दिए त्यो हो “विपश्यना” हेर्नु साक्षी भावमा पुग्न सके अरु कुनै धर्म बाकी रहदैन ।
नाकबाट निरन्तर श्वास चली रहन्छ त्यो संगै जीवन आउछ जाना साथ मृत्यु हुन्छ एक क्षण पनि श्वास बिना जीवन चल्दैन तर बिडम्वना यो छ कि यस्तो क्रियाको जानकारी नै भई रहेको हुदैन । नाकबाट श्वास बाहिर जादा र भित्र प्रबेश गर्दा यसको गतिले नाक भित्र स्पर्श गर्दछ । यसलाई उदासिन भावले चित्रलाई स्थिर गर्न सके त्यही ध्यानमा रुपान्तरित हुन थाल्दछ । म भन्न बोध निरन्तर होश पुर्वक गर्नु नै आत्मबोध हो हामी लगभग मर्छित अबस्थामा बाचेका छौ । अहङ्कारले त्यहा शरीर मनले सांसारिक चक्र ब्युहमा घुमाई रहन्छ त्यसैले अमृत तत्वबाट बञ्चित मानव तनावमा बाचेको छ । यसो लेखी रहदा पनि श्वास क्रिया वा मनका बिचार एकनासले चलेका छन् साझी भाव त हरायो मनले भुत वा भविष्यमा रमाउन चाहन्छ । वर्तमानमा बस्न नरुचाउनु नै मर्छा हो त्यसैबाट अमृत तत्वको प्राप्तीमा बाधा उत्पन्न गरी सरल जीवनलाई कष्टका किर्ण बनाई रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *