सिगास गाउँपालिकामा पाँच सडक निर्माण हुँदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, २४ कात्तिक
बैतडीको सिगास गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुको डिपिआर तयार पार्ने काम शुरु भएको छ । गाउँपालिकाको केन्द्रसम्म समेत सडकको पहुँच नभएकाले गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । गाउँपालिकाले सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि गाउँपालिकाका कर्मचारी खटाइसकेको अध्यक्ष धामीले बताए । ५ ओटा सडकको डिपीआर बनाएर निर्माण कार्य थालनी गर्ने अध्यक्ष धामीले बताए । विफ्याकटाल–सौनखेत–गर्जे, विन्द्रावन–सिगास, गाँजरी–कुर्चीनेटा–थालाकाँडा, श्रीभावर–गन्सुर–दोगाड र देउलेक–दोगाड हुँदै मौरेबगर सडकको डिपीआर तयार पार्ने कार्य भइरहेको उनले बताए ।
सडक निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरेको छ । सडकको पहुँचबाट टाढा रहेका नागरिकको सडक पहुँच पुर्याई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष धामीले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *