“र” र राष्ट्रिय अनुसन्धान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भारतको गुग्तचर संस्था र, तथा नेपालको राष्ट्रिय अनुसन्धान संस्थाले के गर्दछन् छोटकरीमा भन्दा आजसम्म देखिएको गतिविधि अनुसार “र” पक्षको हितमा काम गर्दछ गरेको छ भने राष्ट्रिय अनुसन्धान संस्थाले आफ्नो सक्षमता देखाउन नसकेकोले उ विपक्षको हितमा कामगरी रहेको जस्तो देखिन्छ । त्यस तुलनात्मक उदाहरण हो भारतका केही प्रान्तहरु स्वतन्त्र राष्ट्र बन्न चाहन्छन् जो पहिले स्वतन्त्र नै थिए भारतको हैदरावाद नेहरुजीले भारतमा विलय गराए सैनिक लगाएर भने बल्लब भाई पटेल, गोखले जस्ता नेताहरुले नेपाललाई पनि भारतमा विलय गराउनु पर्ने धारणा राखेका थिए । भारतलाई थप एकिकरण गर्न “र” ले ठुलो मदत पुर्याई आफ्नो क्षेत्रमा पुर्णसफलता प्राप्त गर्यो । अन्तमा भारतमा विलय गराई भारतको एकिकरण अर्थात् सिक्किम कब्जा गर्न आज हामी सोची राखेका छौ कि, र को रोडम्याप नेपालका केही नेता
गिरिजाबाबु जस्ता नेतालाई दिल्लीको न्वईडामा बोलाई सात दलहरु सित सम्झौता गराई नेपालको हिन्दुराष्ट्र हरण र संघियताको स्थापना गरी गणतन्त्रात्मक देश बनाउने काममा मात्र सिमित थिएन भन्ने कुरा सुधीर शर्माद्वारा लिखित प्रयोगशाला पुस्तककोे पेज २२३ मा लेखिएका निम्न हरफले पनि पुष्टी गर्दछन् “र” को रोडम्याप बारेमा एकिन भन्न गाह्रो छ किनभने गुप्तचर संयन्त्रहरुको रणनितिक उद्देश्य प्राय गोप्य राखिन्छ । कतिपय अबस्थामा त तिनले राजनितिक नेतृत्वलाई समेत थाहा नदिई गुप्तकारवाही गरिरहेका हुन्छन् । जस्तो कि सन् १९७० को दसकमा भारतिय प्रधानमिन्त्र ईन्दिरा गान्धीले सिक्किमलाई भारतमा विलय गराउने कारवाही थाल्न कति समय लाग्छ भनेर सोध्दा “र” अधिकारीले जवाफ दिएका थिए २४ घण्टा भित्रै अपरेशन सुरु हुन्छ । त्यो सुनेर ईन्दीरा समेत छक्क परेकि थिईन् । यथार्थमा चाही उनले सोध्दा “र” को अप्रेशन अन्तिम चरणमा पुगिसकेको थियो ।
त्यसपछिका दिनहरुमा नेपालमा जे जे भई रहेको त्यो सबैलाई भन्ने हिम्मत छैन तर पुर्व उप–प्रधानमन्त्रि चित्रबहादुर केशीले यहि कार्तिकमा भएपनि भनेका छन् नेपाल चाडै भारतमा विलय हुनेछ अन्तिम अन्तिम चरणमा पुग्दैछ भनेका थिए । यस्ता कुराको अलि अलि भएपनि प्रधानमन्त्रि, उप–प्रधानमन्त्रि, राष्ट्रपतिलाई अनभास हुन्छ ।
यदि नेपालको राष्ट्रिय अनुसन्धान संस्थाले कार्य गर्न अन्यौलमा पर्दैन भने “र” को रोडम्याप मोडिन सक्छ । नेपालमा दरवार हत्याकाण्ड माओवादीको नाममा नेपालीको हत्या, धर्ममाथि आक्रमण तथा राज संस्थामाथि जो आक्रमण भयो त्यो आक्रमण त्यस्तै छ कसैले थाहा पाउन नसक्ने । असाध्य चलाख, साहसीक भारतीय प्रधानमन्त्रि ईन्दिरा गान्धीले आफ्नो मातहतमा रहेका “र” का प्रमुखबाट सिक्किम विलयको बारेमा जानकारी पाउन सकेकि थिएन भने सामान्य नेपालका नेता सरकारले थाहा पाउने असम्भव नै हुन्छ र हुनेछ । जानेर वा नजानेर वा लोभमा फसी उनै तर्फ मिल्न गएर भएपनि खासै गोप्यकुरा भित्रिदैन तर नेपालबाट राष्ट्रको गोप्यकुरा बरु बाहिरिन्छ, त्यस्को प्रमाण मध्ये एउटा प्रमुख घटना हो दरवार हत्याकाण्ड दरवारमा प्रत्येक हप्ताको २ पटक प्रधान सेनापतिको उपस्थिती हुने गर्दथ्यो र नेपाल देशका राष्ट्रिय अनुसन्धानका उच्च पदस्तको त्यहा निरन्तर उपस्थिती भईरहने गर्दथ्यो ।
हाम्रो गुप्तचर संस्था जसरी दरवारको पक्षमा लागेर गोप्य सुचनाहरु संकलन गर्न नसकि विरोधीलाई सघाउ पुग्यो त्यस्तै घटना यदि दोहोरियो भने नेपालको नामनिशान नमेटिएला भन्न सकिदैन । “र” को रोडम्याप भारत सरकारका प्रमुखलाई थाहा भएपनि कार्यशैली सफलतापछि मात्र थाहा हुने गर्दछ । हाम्रो ठहरमा नेपालको गुप्तचर संस्था कमजोर देखिन्छ तर कसरी कमजोर पर्न गयो किन कमजोर पर्यो त्यस बारेमा पनि गहन अध्ययन हुनै पर्ने हाम्रो पनि राय छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *