अस्तित्व

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रा पुर्खाहरु कति पराक्रमि थिए,
हाम्रा पुर्खाहरु कति साहशी थिए ।
शाहस भित्र लुकेको इमान्दारिता कति थियो
खोज नालापानीको इतिहासबाट खोज
कालापानीबाट होइन
त्यसैले
हे यवाहरु हो अव अस्तित्व बटुल
अस्तित्व बटुल्ने बेला आएको छ
उठ उठौं हामी सबै उठौं
पुर्खाको अतिस्त्व बचाउन
नयाँ इतिहास कोर्न उठौं सबै मिलि उठौं
ए अंग्रेज हटाउ अभियानमा उठेकाहरु हो
उठ तिमि पनि उठ
हाम्रा पुर्खाले ओगटेर राखेको वीरता व्यूझाउन
तिमी पनि उठ
कालापानीबाट मात्र होइन अव उठ
नालापानीबाट पनि उठ
वीर पुर्खाको अस्तित्व जोगाउन उठ
ए बृद्ध युवाहरु हो
के तिमी अपरिचित छौ भन
आफ्नै गौरव सित अपरिचित छौं
हो तिमी अनभिज्ञ अस्तित्वको इतिहास संग
वीर विरंगणका साहसिला कथाहरु
दन्त्य कथा होइनन्
ती कथा हुन सक्छन्
युद्धरत नालापानीको मैदानमा तिर्खाएका
व्याकुल प्रणाीहरुको
त्यो दिन पनि सम्झने गर
हे युवा सम्झने गर
तोपको मोहरीतर्फ छाती फर्काइ
नेपाल बचाउन खोज्ने
गर्विला स्वप्नहरु बोक्ने
बलभद्रलाई सम्झने गर
के सम्झने गर,
हिमाञ्चलको सपना, हिमाञ्चलको ललकार
मुटुमा रोपेर हिडेका अमरसिंहलाई सम्झने गर
के सम्झने गर
सत्री वर्षिय बुढा भक्ति थापा,
अमरसिंहका अमुर्त आकांक्षालाई
योवनमय परिणति दिन
युवक बनेका अमरसिंहलाई सम्झने गरौं ।
राजगढ, राईनगढ, रतनगढ,
तारागढ, सुर्यगढ, जौतगढ
मस्तगढ, लंगुरगढ
अनि नालागढका रक्षार्थी अमर सिंहलाई
सम्झने गरौं
अनि
उनी सँगै सोधौं
मैले के गर्नु पर्छ भनेर सोधौं
के उत्तर पाउछौं
बुद्धिमानी भित्र वकील डाक्टर
शिक्षक, विद्यार्थी, कृषक, कर्मचारी
के उत्तर पाउछौं त्यही गर
बचेको क्षेत्र गुमाउ भन्छन त्यही गरौं
गुमेको फिर्ता ल्याउ भन्छन त्यही गरौं
तर नविर्सि देउ
हो जुन ठाउँको लागी अंग्रेज र नेपाली लडे
त्यो ठाँउ
न अंग्रेज संग छ
न त्यो ठाउँ नेपाल संग छ
भन को सँग छ
तर आज
नेपाल को सँग लडी रहेको छ
रगतको भल कहाँ बगी रहेको छ
नालापानी, कागडामा
कहाँ बगी रहेको छ
कालीदेखि मेची भित्र बगाएको रगत
भन
आफै भन कहा टुङ्गाउन खोजिएको हो
नढाटी भन,
हाम्रा नालापानी कै किल्लामा
तिर्खाएका वीर आत्मालाई साक्षी राखी
भन
त्यो रगत कहाँ पुर्याउन खोजेको हो
जो आज वगि रहेको छ
थाहाँ छैन भने,
दिल्ली दरबारलाई होईन
बरु सुभाष घिसिङलाई सोध जाउ
होइन भने नालापानीको युद्ध भूमिलाई सोध
त्यहाँ बगेको तातो रगतको भललाई सोध
अनि हेर
त्यहाँ त्यो रातो रगतको भल बगेको जंगलमा हेर
देख्ने छौं,
हाम्रा पुर्खाहरुको छाया चित्र मात्र होईन्
उनका इच्छा आकांक्षा पनि देख्नेछौं ।
त्यही भलमा बगेका अंग्रेजका हतियारहरु
मात्र होइन
चेत विचेत भएका आश्चर्य चकित
अंग्रेजहरुका भावना पाउने छौं,
नेपालीको गौरख कोरेका रकताक्षर पाउने छौं
अंग्रेजका वीर शत्रु नेपालीका महान
महान योद्धाको गौरवशाली
शालिक पनि पाउने छौं
सोध त्यही शालिकलाई वर्तमानमा
के गरु भनेर सोध
हे नेताहरु हो सोध त्यही शालिकलाई सोध
दिल्लीलाई थाती राखी सोध ।
अस्तु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *