दलगत र गुटगत राजनीति स्वार्थ भन्दामाथि उठ्नु आजको आवश्यकता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

तिस वर्षे पञ्चायती शासन प्रणाली पश्चात् लोकतन्त्रका नाममा भई रहेको कुशासनबाट आज देशलाई वर्वादीको संसारमा उभ्याएको छ । भ्रष्टाचार, लुटतन्त्र, बेतिथी जस्ता विरोधी सरकारी क्रियाकलाप व्याप्त छ र माफियाको हातमा देश पुगेको छ । प्रधानमन्त्री स्वयमबाट मुलुक संकटमा छ भन्नु झनै डरलाग्दो कुरो हो ।
राजनैतिक संरक्षणमा गुण्डागर्दी, बलात्कारी भ्रष्टाचारी गर्नेहरुलाई सरकार कानुनको दायरामा ल्याई कार्वाही गर्न समेत चाहदैन ।
न्याय पाईन्छ भन्ने विषयमा आम नागरिकहरु विस्वस्त हुन नसक्ने अबस्थामा पुगेका छन् । सरकारले निर्लज्ज रुपमा नागरिकका अधिकारहरु अपहरण गरी रहेको छ योग्यता दक्षता र सिप ज्ञानको वास्ता नगरी आज दलबन्दीका आस्थाका आधारमा राज्यका विभिन्न महत्वपुर्ण निकायहरुमा पद पजनी भईरहेका छन् । शक्ति र ओहदाको दुरुपयोग भएको छ । राजनैतिक हस्तक्षेपबाट न्यायालय स्वाधिन नहुदासम्म संविधानको रक्षा एवं लोकतन्त्रको संस्थाागत विकास हुन सक्दैन ।
समग्रमा भन्नुपर्दा दलगत गुटगत राजनैतिक दृष्टिकोणबाट मुलुक दिशाहिन गन्तब्य तर्फ बढीरहेको देखिन्छ । अबका दिनहरुमा भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा दलगत र गुटगत स्वार्थभन्दा माथि उठ्न सकेनौ भने देश धरापमा पड्ने कुरामा दुई मत हुन सक्दैन ।
वर्तमान परिप्रेक्षमा हाम्रो सार्वभौमिक सत्ता,
राष्ट्रियता, राष्ट्रिय एकता, सहिष्णुता विग्रदो अबस्थाबाट गुज्रिरहेको छ । सामाजिक सद्भावनालाई बिथोली राष्ट्रियता कमजोर बनाउने कार्यमा नेताहरु लगि परेका छन् । मीठा शब्दमा राष्ट्रियताको व्याख्या गर्ने तर व्यवहार परिआउदा राष्ट्र विरोधी क्रियाकलाप गर्ने बर्तमान नेतृत्वलाई अब बढी मौका दिनु हुन्न भन्ने जनचाहना रहेको पाइन्छ ।
शक्तिमा बस्ने व्यक्तिहरुबाट गरिने हत्या हिंसा, बलात्कारका घटना दिनानुदिन बृद्धि भईरहेका महंगी, बेथिती, बेरोजगारी, असुरक्षा आदि इत्यादि जस्ता अलोककल्याणकारी क्रियाकलापले आज राष्ट्र अक्रान्त बनेको छ ।
निर्मला पन्तको बलात्कारजन्य हत्यामा भईरहेको खेलवाड र दिन प्रतिदिन मौलाएको बेथिति र दण्डहिनताको अब अन्त्य हुनै पर्दछ । पंचायत कालदेखि बर्तमान समयसम्म सत्तामा बसेर सत्ताको हाली मुहाली दुरुपयोग गरी अकुत सम्पतिको मालिक बनेका न्यायपालिकाको स्वाधिनतालाई कुण्ठित गर्ने, राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउने, हाम्रा राष्ट्रिय गौरबका विषयबस्तु स्वाभिमानलाई समाप्त पार्ने
राजनीतिलाई सिढी बनाउने जो सुकै दल र दलका नेताहरुका विरुद्ध आम नेपालीले शसक्त, बुलन्द आवाज उठाउनु आजको आवश्यकता देखिन्छ ।
एकता, सहिष्णुता, आदर, अनुशासन नभई राष्ट्रको अस्तित्व रहदैन । वर्तमान दलिय गुटबन्दीले विभिन्न जात जाति धर्म एवम् सम्प्रदायका बिचमा भातृत्व कायम गर्न सकेको छैन ।
राष्ट्र निर्माणका लागि नागरिकले नागरिकको भुमिका खेल्नु अनिवार्य हुन्छ । नागरिक राज्य स्थापना नहुदा सम्म राष्ट्र बचाउन तथा राष्ट्र निर्माण गर्न सकिन्न । दलगत र गुटगत स्वार्थ भन्दा माथि उठी राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । आजको सन्दर्भमा नागरिकले नागरिकको भुमिका खेलेको देखिदैन । निर्भिक र विवेक सम्मत भएर नागरिकको दायित्व पुरा गर्नु नागरिकको राज्यप्रतिको वफादारी र धर्म हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *