सरल र सहज जीवन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आजको उन्नतशील युगमा मानबले धेरै उचाईमा सबैलाई पुर्याएको देखिन्छ । पाषाण युग देखि उच्चतम बिन्दुमा पुग्ने लाखौ वर्षको अनन्तयात्रा अझै जारी छ । ब्रमाण्डको रहस्य खोज्ने चेष्टासम्म भईरहेकोले अझै कहाँसम्म गन्तब्य हो यकिन छैन दैवीय जस्तो देखिने कम्प्युटर युगले अत्यन्त शक्तिशाली बनाएको अनुभव हुदैछ र यही भण्मासुर प्रवृति हो ।
असम्भव जस्तो लाग्ने विषयहरु सम्भव भएका छन् । यसका साथै नकारात्मक र सकारात्मक प्रबृति पनि समान रुपमा विकसित हुदै गएका छन् । धर्मले आत्म स्वरुपको दर्शन गराउछ तर यसैको नाममा दानबीय प्रबृतिले मानवता आक्रान्त बन्दै गएको छ जतिसुकै प्रगति गर्न सके पनि एउटा यस्तो बिषय छ जस माथि बिजय गर्न सहज छैन त्यो हो आत्म स्वरुप प्रति मुर्छित हुनु । यो जति सहज शब्द छ त्यतिकै कठीन छ । यसका लागि तपश्वी ऋषीमुनी
सकारात्मक प्रबृतीका महामानबहरुले समय समयमा मार्ग दर्शन गरेका छन् त्यसबाट सरल र सहज जीवन संभव हुन सक्छ भन्ने विश्वास रहेकोले त्यस सम्बन्धमा विश्लेषण गर्ने चेष्टा सामयीक सम्झेको छु । विनम्रता पुर्वक अग्रिम निबेदन गर्न पनि त्यतिकै आबश्यक छ किनभने अर्ति उपदेश कथित ज्ञान प्रवचन आदि कार्यहरु पनि व्यवसायिक रुपमा फलेर फुलेका हुनाले त्यस विपरित अनुभव जन्य लागेका र प्रयोग गर्दा तुरुन्त परिणाम आउन सक्ने देखेकोले त्यसैलाई शेयर चाहेको हो । यसलाई मार्ग दर्शन भन्दा पनि प्रयोग गरी हेर्दा कुनै side effect अर्थात् प्रतिकुल प्रभाव नपर्ने र कुनै परिणाम अनुभवमा नआए छोडी दिदा पनि हुन्छ कसरी सरल र सहज जीवन संभव छ यसका लागि संशित रुपमा वर्गीकरण गरिएको छ ।
१) आहार व्यवहार चिन्तन योग प्राणायाम सजकता २) जीवन बाच्नका लागि आहार व्यवहार नभई नहुने तत्व हो । हाम्रो आहार कस्तो हुनु पर्छ कुनबेला आहार लिने कति लिने कसरी लिने यसैबाट प्रारम्भ गरौ । बिहान १० बजे भित्र पुरा भोजन गर्ने, सुपाच्य, रुचिकर, खानपिनको ठुलो महत्व छ । मांसाहारी शाकाहारीको ठुलो चिन्तन हुने गर्दछ । मानव स्वभावले मांसाहारी होईन तथापी लाखौका पशु–पंक्षी मारिन्छन् त्यसमा गुण दोष वर्णन गर्ने अभिप्राय छैन तर सबैलाई मांशाहारी अहितकर नहुन सक्छ । पशुहरुमा पनि कही गाई भैसीको मासु प्रचलनमा छ कही वर्जित मौसम वातावरणका आधारमा यस्तो रहेको होला तर उच्च रक्तचाप युरिक एसिड, मधुमेह, पेटका रोगीहरुका लागि यस्तो मांशाहारी खास गरी
रातो मासु विष समान छ । माछाको सेवन बिना मसाला गर्न सकिन्छ यो आहार लिनु नै हुदैन भन्ने होईन तर शरीरले अनुकुल छ छैन आफै बताउदैछ । चिल्लो चटपटे फास्टफुट मैदाबाट बनेका बस्तुहरुमा रेशा हुदैन त्यसैले आत मा जम्मा भई कब्ज गराउन सक्छ फाईबर युक्त खाना स्वास्थ्यका लागि लाभकारी छ । यो फलफुल केमीकल पोलिश नभएको चोक्ला भएको महीन नभएको अन्न त्यस्तै अंकुरित गहुँ, चना आदिमा धेरै फाईबर हुन्छ विरुडा भनेर त्यस्तै काठमाडौं तर्फ क्वाँटी भनिने यस्तै अंकुरित अन्न खादा रोगादी कम हुन्छ भन्ने मान्यता छ । विहान उठ्ने वित्तिकै मनतातो पानी अनिवार्य रुपमा पिउने तर यसमा पनि केही साबधान अपनाउन आबश्यक छ । पानी उभिएर पीउनु हुदैन बसेर चिया पिए जस्तै घुटघुट गरी विस्तारै पिउदा शरीर भित्रका बिकार बिसर्जनमा गुणकारी हुन्छ । खाना खाएको कुम्तिमा १ घण्टा पछी मात्र सिमित रुपमा विस्तारै मनतातो पानी लिदा पाचन क्रिया सहज बनाउँछ । दिउसो खानेकुरा विहानको भन्दा कम लिने साँझ भरसक ७ बजे भित्र हल्का भोजन विहानको भन्दा दुई तिहाईले कम लिने, खाएको कम्तिमा २ घण्टा शरीरमा हलचल गराई राख्ने घुम्ने र त्यसपछि मात्र सुत्ने ब्रह् मुहुर्त भनेर विहानको समयलाई महिमा मण्डित गरिएको छ । प्रकृति शान्त भएर स्वच्छ हावा मिल्ने हुनाले प्राणायाम घुमफेर यौगिक क्रियाहरु गरी स्नान ध्यान पश्चात भोजन गर्नाले मनलाई शान्त सहज राख्न मदत मिल्दछ, भुलेर पनि उठ्ने वित्तिकै चिया पिउनु घातक हुन सक्छ । खाएको तुरुन्तै पनि पाश्चात्य शैलीमा चिया कफी हितकारी हुदैन । त्यसको साटो ज्वान, मरीच, अदरख दालचीनी कालो मिर्च आदि मिश्रित गरी चियाका रुपमा लिनु गुणकारी होला । मधुमेहका रोगीहरुलाई गुलियो मीठो नखाने भनिन्त्छ केही जानकारहरुले चीनीको साटो गुड फलदायी बताए पनि साबधान त्यो पनि चीनीको पदार्थकै अर्धरुप हो । गुलियोबाट बच्नु पर्छ तर पपिता जामुन शेव, जामुनका गुठलीको चुर्ण शुन्तला निकै गुणकारी हुन्छन् आमला त अमृत समान हो, नित्य सेवन गर्दा हित गर्छ विहान उठ्ने वित्तिकै पानी पिउदा कुल्ला नगरी पिउनु पर्छ किनभने मुखमा रहेको क्षार रोग नाशक मानिएको छ । खाना भरपेट खानु हुदैन । दैनिक ३/४ लिटर पानी शरिर भित्र पुग्नै पर्दछ ।
मनको गति चन्चल छ, यो वैराग्य र अभ्यासले मात्र स्थिर रहन सक्छ ध्यान धर्मका विषय यसै सित सम्बन्धित छन । यो गहन छलफल अहिले संभव नहुँदा ध्यान कसरी गर्ने प्रत्येक जीवनको क्षण कसरी विताउने शान्त हुन के गर्ने ? यसका लागि सजग रहनु अचूक अस्त्र हो यो भनेको वर्तमान क्षणको स्मरण गर्नु नै हो विपश्यना र अनापान सतियोगका अनमोल उपाय महात्मा बुद्धले वैज्ञानिक प्रयोग गरेरै सिद्धि प्राप्त गरेका हुन । प्रत्येक विषयलाई साक्षी भावले हेर्ने अनुभव अनुभूति गर्ने निरंकार जीवनको कला जान्न सके यही जीवन विषबाट अमृतमा रुपान्तरित हुन बेर लाग्दैन । दुर्भाग्यबश मानव यसैमा चुकेको देखिन्छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *