निर्मला हत्या प्रकरण : अपराधी अझै पत्ता लाग्न सकेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ कार्तिक
कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना भन्दा बढी भईसक्दा पनि अझै सम्म अपराधी पत्ता लाग्न सकेको छैन । विभिन्न कोणबाट अनुसन्धान र विभिन्न समिति उपसमिति गठन भएपनि वास्तविकता अझैसम्म पनि बाहिर ल्याउन सकेका छैनन् ।
हत्या भएको सय दिन भन्दा बढी पुगेपनि सरकार भने हत्यारा पत्ता लगाउन असफल भएको छ । सय दिनको अवधिमा निर्मला हत्या प्रकरणको छानविनका लागि भन्दै सरकारले सात वटा छानविन टोली गठन गरिसकेको छ । छानविन समितिले हत्या घटनाको अनुसन्धानमा लापरवाही
गरेको ठहर गरेपछि दुईजना प्रहरी अधिकारीलाई सेवाबाट हटाइएर अन्य केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरेपनि दोषी सम्म सरकार पुग्न सकेको छैन् । पन्त हत्या प्रकरण सय दिन वितिसक्दा पनि दोषी पत्ता लगाउने कुरा शुन्यमै रहेको छ ।
तर कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले हाल सम्ममा अपराधी पत्ता नलाग्नु दुःखद भएको भन्दै अब गहन रुपमा अनुसन्धानलाई अगाडी बढाईने बताए ।
घटनामा संलग्न भएको आशंकामा नौँ जनाको डिएनए पनि परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगिटीभ आएको छ । अहिले पनि स्थानीयहरुको डिएनए पनि संकलन गरिएको छ । दोषी पत्ता लगाउन नसकेको भन्दै सुरुदेखी नै सरकार विरुद्ध आन्दोलन हुदै जारी रहेको छ ।
पीडित परिवार र महिला
अधिकारकर्मीहरुले निर्मलाका निम्ती न्याय माग्दै दवावमुलक कार्यक्रम गर्दै आएका छन् । आफूहरुको माग प्रहरीलाई बर्खास्त गर भन्ने नभई छोरीको हत्यारा पत्ता लगाई कारवाही हुनुपर्छ भन्ने रहेको निर्मलाका परिवारको भनाई छ । दोषीलाई कारवाहीको माग गरेकोले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही नगरे सम्म सरकारले दिएको राहत पनि नलिने उनका बुबा यज्ञराज पन्तले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *