दोधारा–चाँदनी झोलुङ्गे पुल जीर्ण बन्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ कार्तिक
महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल कञ्चनपुरको एउटा मुख्य पर्यटकीय स्थल हो । पुलको अवलोकनका लागि वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । महाकाली नदिको सौन्दर्य र पुलको आकर्षणले पर्यटकलाई एक पटक अवलोकनका लागि जान बाध्य नै बनाउँछ । महाकाली नदी पारिको महाकाली नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण
गरिएको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको हो । यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ । कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन् । तर उचित मर्मत सम्भारको अभावमा झोलुङ्गे पुल जीर्ण बन्दै गइरहेको छ । विसं २०६१ मा निर्माण गरिएको एक हजार ४५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको हो । पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ ।
त्यति मात्रै होइन, पुलको चारैतिर लगाइएका फलामे डोरी चुडिन थालेका छन । प्लेटहरु फुस्किन थालेका छन् । पुलकोबीच भागमा बिछ्याइएका फलामे पाता समेत ठाँउ–ठाँउमा च्यातिएका छन् । मोटरसाइकलमा अत्यधिक भार भएका सामग्री ढुवानी गर्दा पुल जीर्ण बन्दै गएको स्थानीयको भनाई छ ।
पुलबाट ५० किलोभन्दा बढी सामान ओसार्न नपाइने नियम छ । तर नियम विपरित बढी भारको समान ओसारपसार हुने भएकाले पुल जीर्ण बन्दै गएको हो । यसलाई नियन्त्रण गर्नका लागि नियमित पुल क्षेत्रमा चेकजाँच गरिँदै आएको प्रहरीको दावी छ ।
महाकाली नगरपालिकाका बासिन्दालाई सदरमुकाम महेन्द्रनगर तथा देशका अन्य भू–भाग जोड्ने एक मात्रै विकल्पका रुपमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले स्थानियहरु चिन्तित भएका छन् । स्थानीय दीलबहादुर सिंहले भने, ‘यसअघि पुल नबन्दासम्म घुमाउरो बाटो हुँदै भारतीय पक्षको सास्ती खेपेर यात्रा गर्ने गरिन्थ्यो, अब पुल जीर्ण हुन्दै गएकाले फेरि पहिले कै समस्या आउँछ की भन्ने चिन्ता लागेको छ ।’
झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको खतरा पनि बढ्दै गएको छ । पुलमा आवतजावत गर्न असहज हुन थालेको स्थानीयहरुले बताएका छन् । ‘पुलमा हिँड्दा डराइ डराइ हिड्नु पर्छ ।’ स्थानीय हरि नेपालीले गुनासो गरे ।
पुलको मर्मत सम्भारका लागि बेला बेलामा विभिन्न निकायहरुलाई जानकारी गराए पनि कुनै पहल नगरेको स्थानीयहरुको आरोप छ ।
पुलको बिषयलाई लिएर स्थानीय बासी कञ्चनपुरका स्थानीय निकायहरुमा धाउँदै आएका छन् । कञ्चनपुरको दोधरा र चाँदनी गाउँ जोड्ने नेपालकै लामो महाकाली नदीको झोलुंगे पुल । कञ्चनपुरको दोधरा र चाँदनी गाउँ जोड्ने नेपालकै लामो महाकाली नदीको झोलुंगे पुल । कञ्चनपुरको पहिचान तथा सम्पत्तिका रुपमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको बेलैमा उचित मर्मत सम्भार हुनु जरुरी छ । पुल मर्मत सम्भारमा स्थानीय निकायले चासो नदेखाइरहेका बेला महाकालीबासीहरु आँफै सक्रिय भएका छन् । उनीहरुले आफ्नै पहलमा पुलमा रहेका खिया लागेका नट वोल्ट फेरेका
छन् ।
एक घण्टा पुलको आवतजावत बन्द गरेर महाकालीबासीहरुले पुलका विभिन्न ठाँउमा जीर्ण भएका नट वोल्ट तथा प्लेटको मर्मत गरेका हुन् । कञ्चनपुरको पहिचान तथा सम्पत्तिका रुपमा रहेको झोलुङ्गे पुलको मर्मतमा सम्बन्धित निकायले केही चासो नगरेपछि आफुहरु नै मर्मत सम्भारमा जुटेको स्थानीय गगन बहादुर सिंहले बताए । उनले भने, ‘पुलको संरक्षणमा कसैले ध्यान नदिएको कारण हामीहरुले पुलको मर्मत गरेका हौं ।’

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *