के हो त्यो मुर्ति पुजा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मुर्तिपुजा हामी गर्दैनौ भन्ने घमण्डीहरु यो संसारमा अथाह छन् तर सर्वप्रथम उनी नै मुर्ति पुज्ने गर्दछन्, जो धुम्रपान गर्नु हुदैन भन्छन् उनीहरु नै धुम्रपान देखी अघाउन बाकी नै छन्, जस्तो कि पुराना पिडीका डाक्टरहरु मध्ये कोही कोहीले धुम्रपानको लत छोड्न सकेका छैन । मुर्तिपुजा गर्नु हुदैन भन्नेहरु वर्षमा एक पटक आफ्ना आमावुवाको लास कव्रस्थानबाट झिकी सरसफाई गरी आफ्नै परम्पराले पुजा गरी नयाँ लुगामा लपटी फेरी पुरानै कब्रस्थान राखी आउछन् र घरमा आए पछि उनकै चित्रमा फुलमाला लगाई मान गर्दछन् ।
उनीहरुले आफ्ना आमा वुवाको लासलाई नपुजी उनीहरुको आत्मालाई पुजेको हो । त्यस्तै कुनै पनि मुर्ति पुजकहरुले आत्माको कल्पनाको खोजी गर्दै मुर्ति दृष्टि पर्ने नजीक राखेका मात्रै हुन । एउटा नागरिक आफ्ना बुवाको श्र्राद्य गर्दछन् सामुन्नेमा फेटो हुने फुलमाला चढाउनु तर पितृकै आत्माको सम्झना गर्दछन् पुजा गर्दछन् । विद्धान् हु भन्नेहरु मुर्तिपुजक भनेर हेला गर्ने समुदाय नभएको होईन कागज र ढुङ्गाको पुजा हैन कि आत्माको तथा अदृश्य शक्तिको मनन् र नमन गरेका हुन्छन् भन्ने कुरा विद्धान्हरुले बुझ्नै पर्ने हुन्छ ।
हरेक धर्मावलम्बीहरुले आफ्ना पुर्खा, नेता तथा ईश्वर ठानेकाहरुले शालिक वनाएर राखेकै छन् यो विश्वजगतमा तै पनि मुर्ति पुजक भनेर हेलाले हेर्दछन् त्यो सम्झनाको लागि मात्र हो । जस्तो कि हिन्दु धर्मावलम्बीहरु श्रीराम, श्रीकृष्णको झाकी बनाई वर्षमा एक पटक सम्झने परम्परा छ भने त्यस्तै वर्षमा नेपालीहरुले नेपालका राजारानीलाई एक पटक सम्झने गर्दछ र राजा रानीको झाकी निकाल्छन् केवल सदगुण सम्झनाको लागि त्यो झुटा होईन । युट्युव मार्फत संसारभर यहि गत आषाढ, साउन तर्फ पनि देखाएका थिए । मुर्तिको पुजा कोही पनि गर्दैनन केवल सम्झनाको लागि मात्र मुर्तिलाई नजीकमा राखी मुर्ति मार्फत् उनको पुजा गरेका हुन भन्ने कुरा बुझ्नु जरुरी छ ।
बुझ्न नसकिने अर्को कुरा
नेपालका विद्धान्, ठुला र क्रान्तिकारी पार्टी हो भन्नेहरु नेपाली युवाहरुले भारतिय तथा व्रिटिस सेनामा भर्ति हुदा विरोध गर्ने तर अरवियन मुस्लीम देशहरुको घरेलु नोकरमा नेपाली चेली आमालाई पठाउन किन राजी हुन्छन् । भारत सरकारले र व्रिटिस सरकारले नेपालीहरुको इमान्दारीता, मेहतन वीरत्वको कदर र विश्वास गरी आफ्नो सेनामा भर्ति गर्न तयार भएका हुन पेन्सन, पारिवारिक पेन्सन सबै दिएको छ जुन पदमा भारतिय व्रिटिस सेनामा निशुल्क विना घुस लिएर नै भर्ति गर्दछन् त्यो पदमा २०६२।६३ देखि निशुल्क नेपालमा को भर्ति भएको छ ? देशका प्राध्यापक, शिक्षक जस्ता देशका मुटुलाई लोकसेवाले भर्ना परिक्षा नलिने तर प्रहरी शैनिक तर्फका जवानहरुलाई नेपाल सरकारका नेताहरुले किन लोकसेवालाई दिनु पर्यो, यदि दिने नै भए लिखित परिक्षा मात्र किन सम्पुर्ण परिक्षा गर्न लोकसेवालाई नै दिनु पर्ने थियो । केवल जनतालाई भ्रमपारी लोकसेवाले मानेन भन्नलाई मात्र लोकसेवा आयोगको टाउकोमा भारी विसाएको हामी ठान्दछौ । ७।८ कक्षा पढेको योज्ञतावालालाई छान्न त एक खरिदार स्तरले सकिहाल्छन् केप्टन तथा मेजर लगायतका सैनिक अफिसरहरुले छानीहाल्छन कुन युवा सेना प्रहरीको लागि योग्य हुने हो भन्ने कुरा बरु देशका अरु शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रको लागि योग्य उम्मेदवारने.लो.से.आ. लाई दिनुपथ्र्यो पियन सिपाही तथा अन्य सैनिक प्रहरीहरुलाई त सम्बन्धीत निकायले नै गरी हाल्छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *