भेटवार्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–म बलदेब अबस्थी वैतडीको पुर्चौडी मेरो गाउँ साङडीबाट मैले २०२७ साल आषाढ १४ गते मेरो गाउँमा नातेदारको मृत्यु हुदा उक्त दिन रोपाई गर्ने काम बन्द रह्यो सबै मलामी गए म महेन्द्रनगर आए १०।१५ दिन आफन्त भएका गाउँ तिलाचौड देधारा चादनी हिरापुर पिपलाडी तिलकपुर घुमेर पुनः तिलाचौडको स्कुलमा पुग्न गएछु त्यहा एकातर्फ कच्ची काठको घरमा राससको साईनवोर्ड लगाएको पाउदा सोधे के हो रासस भनेको उत्तर पाए राष्ट्रभरीका समाचार संकलन गर्ने संस्था भन्ने उत्तर पाए । उत्तर दिने मानिस हुन चन्द्र जंग बहादुर सिंह, उनले स्कुलमा शिक्षकको कार्य पनि गरिरहेका थिए । त्यही दिन देखि मलाई रासस. प्रति एकतर्फ माया वस्यो २०२८ सालमा अंचलाधीस टेकबहादुर राईमाझीले महेन्द्रनगरमा रासस, स्काउटको लागि संगै जग्गा छुट्याई भवन वनाएको जानकारी पाए त्यसपछि झन बढी संस्थाप्रति प्रेम वस्यो हमेसा भवनमा लगाएको वोर्ड म हेरीरहन्थे २०५७ सालमा आई पुग्दा भवनको अबस्था दयनिय पलास्टर टुटेको रङरोहन विहिन भएको देख्दा मेरो चित्त दुख्यो । अगाडी भागतर्फ पलास्टर गरे तर बाहिर तर्फ पुरै घरमा रंगरोगन लगाई दिए, अनि मैले लेखे कि, “सार्वजनिक सम्पतिको संरक्षण गरौ भनेर ठुला अक्षरले वरण्डाको भित्तामा लेखेको थिए ।” आज तपाई शेर बहादुर सिंहको समयमा यसको सुधार भएको पाउदा २०२७ सालमा जेष्ठ नागरिक रासस चन्द्रजंग बहादुर सिंहको र राससको पुन सम्झना आएकोले र संयोग बस मैले दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिका चलाएकोले यो सत्य तथ्य घटना को व्यहोरा सार्वजनिक गर्न पाउदा अत्यन्त खुसी लागेकोले तपाई सित भलाकुसारी भेटघाट गर्न आईपुगेको छु । दिशानिर्देश मैले राष्ट्र र बुद्धिजीविले केही एक दुई लाईनको अनुभव गरुन भन्ने हेतुले राष्ट्रप्रेमी स्वाभिमानीका साथ लगभग २७÷२८ सालदेखि आफ्नो कर्मथलो महेन्द्रनगरलाई नै बनाई बस्नु भएका मेरा परम श्रदेय आत्मीय स्वाभिमानी बरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टका वाणीहरुबाट समाजले केही अनुभूति गरुन भनेर मेरो विनम्र
अनुरोधलाई स्वीकार गरी ८।९ वर्ष देखि एक अंक नविराई आफ्ना अमृत वाणीहरु दिई रहनु भएकाले निरन्तर सार्वजनिक गरेका छौ । म अज्ञानी नै भएकोले चन्द्रजंग वहादुर सिंहबाट केही सिक्ने मौका त्यसवेला नपाएपनि मेरो राष्ट्रप्रेमका स्रोत उनलाई नै ठानी तपाईसंग राससकै कार्यालयमा भेट्न पुगेको छु । आज सम्म कसै रासस स्थानिय प्रमुखले राससप्रतिको मेरो भावनाको बारेमा एक शब्द खेल्न नसके पनि म खुसी छु ।

२०४६ सालमा आमा शारदा देवी सिंह र बुवा केशव बहादुर सिंहको कोखबाट जन्मनु भएका शेर बहादुर सिंह जो कुनै पनि युवाले रोजगारीको लागि विदेश जानु नपरोस् सानै भएपनि आफ्नै देशको उत्थानको लागि केही गरौं भन्ने भावना बोकी स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्छ भन्ने अठोट लिएका कर्मठ लगनशील युवा स्नातक गरी अध्ययनरत रहेका हाल नेपाल सरकारको राष्ट्रिय समार समितिमा कार्यरत रही यस देशको लागि आफ्नो कार्य क्षेत्रबाट इमान्दारीपुर्वक राष्ट्रलाई सही सूचना सम्प्रेषण गरीरहनुभएका सिंहसँग उनकै कार्यकक्षमा दिशानिर्देश कञ्चन साप्ताहिकका प्रकाशक तथा सम्पादन गरिरहेका बलदेव अवस्थीसँग भएको सक्षिप्त भेटबार्ताका केही अंशहरु ।
• यहाँको जन्मस्थान कहाँ हो ?
–मेरो जन्मस्थान कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १ मा छ । मिति २०२०/२०२१ साल तर्फ मेरा पिता केशव बहादुर सिंह
राष्ट्रिय खेलकुद तर्फ भएका र बक्सिङ तर्फक प्रमुख भई काम गरिरहेकै बेला बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाका बसाई सरी आएका थिए ।
• रासस सेवा कस्तो लाग्यो ?
–राम्रो लाग्यो देशको सेवा गर्ने मौका पाएको छु । देश विदेशमा र नेपाल सरकार तथा नेपाली नागरिकहरुलाई सुचना सम्प्रेषण गरिराखेको छु म कार्यरत भएको क्षेत्रबाट विभिन्न सुचनाहरु संकलन गर्दै सेवा गर्ने मौका पाएको छु ।
• राससमा रहेर तपाई यो देश र जनतालाई के दिन चाहानु हुन्छ ?
– देशलाई संचालन गर्ने सही गतिविधी नेपाल सरकारलाई र आम नागरिकलाई सही सुचना सम्प्रेषण गर्ने गराउने तर्फ मेरो ध्यान गएको छ । रासस एउटा समाचारको खानी हो, राससबाट जुनसुकै मिडियाले पनि समाचार खरीद गर्न सक्ने भएकोले देशभर रहेका २५० भन्दा बढी संचार माध्यमहरुले
राससको समाचार नियमित प्रयोग गरिरहेका छन् ।
• देश मात्र हैन देशको इतिहास पनि वाची रहनु पर्दछ भनेर के तपाई भन्न सक्नु हुन्छ ?
–हाम्रो संस्था आफैमा ऐतिहासिक संस्था हो, देश र इतिहास हमेसा जिवित रहोस् भन्न चहान्छौ ।
• महेन्द्रनगरमा रहेको पृथ्वी नारायण शाहका सन्तान राजा महेन्द्रको शालिक तोडी उखेली बेपत्ता पारेकोमा तपाईको धारणा के छ ? तपाई रासस पनि हो यहाँका जनताको के चाहाना पाउनु भएको छ ?
–हो तपाईले भनेको कुरा सही हो म राससमा काम गर्ने एउटा कर्मचारी हुँ सबै गाउँ ठाउँहरुका समाचार हरेक व्यक्ति माध्यमबाट संकलन गर्ने गरेको छु । शालिक उखेली बेपत्ता परेको सम्बन्धमा कञ्चनपुरबासीहरुको चित्त दुखेको कुरा सुनेको छु । शालिक भत्काउदैमा इतिहास मेटिन्छ भन्ने भ्रम पाल्नु राम्रो होईन ।
• महेन्द्रनगरको नाम मेटाई भिमदत्त नगर नामाकरण अनधिकृत जनचाहना विपरित महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नामाकरण गरेकोमा तपाई राष्ट्रलाई के भन्न चाहानुहुन्छ ?
–यसबारेमा महेन्द्रनगरको नाम मेटाएर या कुनै गाउँको नाम मेटाएर अर्को नाम राख्नलाई इतिहास मेटिने हुँदा नाम बदल्नुको सट्टा बरु अर्को ठाउँमा नाम थप्नुपर्ने राम्रो थियो भन्ने आवाजहरु महेन्द्रनगरमा मैले सुन्दै आएको छु । जनआन्दोलन र राजनीतिक परिवर्तन केवल नाम परिवर्तनका लागी मात्र नभई समृद्धिका लागि हो । परिवर्तन भन्दा नयाँ ठाउँमा नयाँ बजार राख्नु बेस ।
• पंचायत व्यवस्थाका २५ वर्ष पुरा भएको मौकामा पंचायत रजत जयन्तीको बेला पंचायत स्तम्भ र पार्क निर्माण गरी हुर्काएको बाटिकालाई भीमबाटिका भनि बोर्ड झुण्डिएकोमा यहाँको के धारणा छ ?
–पार्कको संरक्षण सम्बद्र्धन भएको देखिदैन, नाम परिवर्तनले मात्र सबै थोक हुदैन । नयाँ ठाउँमा नयाँ उद्यान हुर्काइ नामाकरण गर्नु बुद्धिमानी थियो र बुद्धिमानी हुनेछ ।
• तपाईले जिर्ण अवस्थामा रहेको रासस भवनलाई तथा यसको वरिपरी लगाएको घेरबार तथा पसल राख्ने सटर निर्माण गरी वडा सुन्दर बनाएकोमा तपाईलाई म स्वयम धन्यवाद दिन्छु तर कसरी निर्माण गर्नुभयो खुलाउन मिल्छ ?
–तपाईको जस्तै धारणा मेरो पनि भएकोले आफू बहाल रहेको कार्यालयको सरसफाई रंगरोगन, पर्खाल निर्माण, सटर निर्माण गरी यसको
सुन्दरता र केही आर्जन हुने बाटो म स्वयमले आफ्नै सक्रियतामा गरेको हुँ ।
अन्तमा
• वर्तमानको समाजलाई तपाई के भन्न चहानु हुन्छ ।
–युवा देशका रत्न हुन्, युवाहरु काचोमाटो सरह भएकाले युवालाई नेतृत्वले सही दिशा दिन सक्नुपर्छ । सही दिशा पाएका युवाहरुले देशलाई सही दिशामा लैजान सक्छन । आज हामी सबैले आ–आफ्नो क्षेत्रबाट कर्मनिष्ट भएर काम गर्नुपर्छ । यो देश हामी सबैको साँझा हो । देशमा शान्ति सुव्यवस्था कायम गर्नेतर्फ युवायुवतीहरुको पनि ठूलो भूमिका हुन्छ । विद्या आर्जन गरिसकेपछि देश र जनताको हित हुने काममा लागी राष्ट्र र जनताको स्वाभिमान उचोे राख्ने काममा हामीले सहभागी हुनुपर्दछ भन्ने मेरो धारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *