राष्ट्रिय मेलमिलापको नीति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सर्वप्रथम त राष्ट्रिय मेलमिलापको नीतिको सुरुवात कठोरतापुर्वक राजा महेन्द्रले नै गरेका हुन । २००७ सालपछि नेपालमा खोलिएका राजनीतिक पार्टीहरुले राष्ट्रिय दिशा लिन नसकी परस्परमा खिचातानी बाह्य हस्तक्षेप असह्य भई राजनीतिक पार्टीहरु दिगभ्रमित भई कोही कसैको सल्लाहमा नरहेको खासगरी सिक्किमिकरणको षडयन्त्रको जालोमा फस्न लागेको महसुस गरी राजा महेन्द्रले नेपालबाट नयाँ दर्शनको सुरुवात गर्ने गरी नेपालीलाई एकताको सुत्रमा बाधिने गरी निर्दलिय व्यवस्थाको सुरुवात गरेका थिए । जे जति गर्न खोजे पनि सबैमा एकता हुन भने सकेको थिएन किन भन्न सकिन्छ भने नेपालको ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका नेता विपी कोईरालाले राजासँग हातेमालो गर्न सकेन । खुद्रा रुपले सबै पार्टीहरु राजा महेन्द्रको शासन कालमा सहभागी भए पनि अठोट गरी लागेनन् । अन्ततर्फ विपि भारतमा गई बसे । उतैबाट राजा महेन्द्रका शासनको विरुद्धमा एकताबद्ध हुँदै गए पनि राजा महेन्द्रबाट नयाँ नयाँ ऐतिहासिक कदम चालिदै गए । बहुदलिय व्यवस्थाको विरुद्ध राजाले निर्दलिए पंचायती व्यवस्थाको सुत्रपात गरेर ३० वर्ष चल्यो । नेपालमा सबै भन्दा बढी विकास भएको युगपनि त्यही थियो ।
सबै नेताहरुमा एकता भएको महसुस हुन सकेन तराई क्षेत्रबाट विभिन्न बखेडाहरु उठन थाले । कहिले नागरिकको त कहिले केही गरी अन्तमा जनकपुरमा
राजा महेन्द्र चढेको गाडीमा बम प्रहार भयो तर राजा बाचे । पछि २०२८ सालमा नेपाली कांग्रेसको नाममा शसस्त्र आन्दोलनको घोषणा भयो, अन्तमा त्यसलाई त्यसबेला निष्कृय बनायो भने विद्रोहका स्वर गुन्जदै गएका थिए । राष्ट्रिय एकताको प्रयास गर्दा गर्दै २०२८ सालमा राजा महेन्द्रको स्वर्ग भयो । त्यसपछिका दिनहरुमा पनि आशा र निरासाका दिन वित्दै गए भारतमा गएर नेपाली नेताहरु नेपाल विरुद्धका स्वर निस्कदै गए अन्तमा पाकिस्तानमा प्रधानमन्त्री जुल्फीकार अलि भुट्टोको फासी भयो, त्यो नै नेपालमा विद्रोह नारा जुलुसको मौका मिल्यो विद्यार्थीद्वारा गराएको आन्दोलनमा भएको क्षेति राजालाई नसुनाउदा ढिला भएछ अन्तमा गोरखापत्र संस्थानमा आगो लगाएको आफैले थाहा पाएपछि २०३६ मा जनमत संग्रहको घोषणा भयो । २०३७ सालमा जनमत संग्रह भयो र निर्दलीय पंचायती व्यवस्थाले नै समर्थन पायो । १० वर्ष खुरु खुरु राम्रा कामहरु हुदैगएका थिए ।
राजा विरेन्द्र सितको मेलमिलापकै बाँचा अनुसार विपि कोईरालाकै साझेदारीमा भएको जनमत संग्रहको
परिणाम विपिले स्वीकारेपछि उनको मृत्यु भयो । विपीको इच्छा अन्तिम चरणमा आएर पुरा हुदै थिए मेलमिलापका साथ देश अगाडी बढने आशामा नेपाली जनता रहेकै बेला गिरिजा जस्ता नेताहरुले २०३८ सालको आम निर्वाचन भाग नलिई बहिस्कारको नीति लियो । देशलाई राजिव गान्धीले नेपाली नेताहरुद्वारा नै नचायो र २०४६ मा पुनः आन्दोलन गरायो । नेताहरुको एकता नेपाल सरकार सित नभई भारत सरकार सित भयो । भारतीय नेताहरुलाई नेपाल सरकार राजाको विरोध गराउने नेपाल प्रवेश गरायो काठमाडौं देखि महेन्द्रनगर, झापासम्म आन्दोलन भयो । भारतले २०४५ चैत्र १० गते देखि नेपालमा कठोर नाकाबन्दी लगायो । राजा विरेन्द्रले नेता गणेशमान सिंह श्रेष्ठ, कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरुको इसारामा भने बमोजिम बहुदलिय व्यवस्थाको घोषणा गरी सम्पूर्ण नेताहरुले भने बमोजिम गरी व्यवस्था परिवर्तन गराउनमा सहारा दिएका थिए । अब मेलमिलापले राष्ट्र चल्छ भनेर जनता राजा सबै खुसी थिए तर दुर्भाग्यले गर्दा २०५२ सालको प्रवेश भयो शान्ति प्रिय नेपालले अशान्तीमा प्रवेश गर्यो ।
यी विविध घटना हेर्दा मेलमिलाप देशको लागी नभएर कसै अरुको लागी पो मेलमिलापका नारा उठ्ने रहेछन् । मेलमिलापबाट नै १० वर्षे द्वन्द भयो भारतको न्वईडामा भएका ७ दलबीचको मेलमिलापले आज हामी कहासम्म पुग्यौं गिरिजाको कपटपुर्ण मेलमिलाप नेपालको शोक बन्न गयो । अन्तमा केपी शर्माओलीको राष्ट्रिय भावना बोकेको बोली बचनले केही मेलमिलाप भए जस्तो देखिए पनि भारतका प्रधानमन्त्री मोदीको भावना बुझ्न सकेन । विश्वभरीका अरवौं हिन्दुहरुका भावनामा ठेस पुगेको कसैलाई थाहाँ भएन नरेन्द्र मोदीले १२५ क्वी.श्रीखण्डका साथ पशुपतिमा शरण लिएको केही महत्व राखेनन् । मोदीलाई शरणको मरण भयो भारतका प्रम नरेन्द्र मोदीलाई र नेपाली जनताले ठूलो धोका पाएका होईनन् भन्ने आधार छैन । भारतमा अंग्रेज धपाउ आन्दोलन पुर्ण रुपले सफल भए पनि प्रशासनिक क्षेत्र खराब नहोस भारतमा हामीले गरेका राम्रा कामहरु पनि सुरक्षित रहुन । जनताले दुःख नपाउन भनेर अंग्रेज सरकारले विधिवत रुपमा आफूले बनाएका षडयन्त्रहरुको सुरक्षा विकासहरुको तीव्रता रही रहोस भनेर राजनैतिक आर्थिक न्यायिक सल्लाह दिनको लागी नै केही अवधिसम्मको लागि दक्ष कर्मचारी शक्ति भारतको सहयोगको लागी छोडेर गएका थिए । महात्मा गान्धी र नेहरुले पनि भारत हितको लागी नियम नीतिहरुको बारेमा सल्लाह गरेका थिए । प्रजातान्त्रिक संस्कार भएका नेताहरुबाट निरंकुशताका भावना पैदा भएनन् । वर्तमानको भारत नेपालको अहित चाहदैन कारण भारतका चारैतर्फ साना साना देशहरुले घेरिएको हुँदा भारतको बदनाम गर्छन कि भन्ने डर छ उसकै छिमेकीलाई सच्चा मित्र बनाउन चाहन्छ तर नेपाली नेताहरुले बुझ्न नसक्दा पनि कहिलेकाही धोका हुन्छ र भएको छ । हामीले आन्तरिकमा मात्र होइन कि बाह्य नीति पनि मेलमिलापकै हुनुपर्दछ तर सानो देश छ भनेर डरी आफ्ना स्वतन्त्रता स्वाभिमानमा आँच आउने काम भने गर्नु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *