नेपाली कांग्रेसको चियापन कि मेलमिलाप

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल विपी कोईरालाको मेलमिलाप नीति अमर रहोस भन्ने जनचाहना रहेको भए पनि विपी कोईरालाले अंगिकार गरेको मेलमिलापको नीति माथि अप्रत्यक्ष विराम लागे पनि यस पाली नेपाल अधिकारज्यभरी चियापान मेलमिलापको दिन मान्यो यही शुक्रबार । महेन्द्रनगरको चियापन कार्यक्रमको व्यानरमा विदेशी नेताहरुका फोटाहरु नभएर केवल नेपाली कांग्रेसका पुराना वरिष्ट नेताहरुका तस्वीरहरु राखिएका थिए त्यो सुखद पक्ष थियो । विपी कोइरालाको जनतासँग र अरु पार्टीका नेताहरु सित पनि मेलमिलाप राम्रै थियो उनी जव २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्के केवल राजसंस्था सित मेलमिलापले सँगसँगै चल्ने नीति लिएका थिए तर सो नीतिको पालना जब हुन छाड्यो तब राजा र नेपाली कांग्रेसलाई असजिलो पर्यो । वीपीको नीति सजिलै सित छोड्नु असगुन भयो । राजा र हाम्रो घाटी जोडिएको छ भन्ने नीतिलाई पटक्कै विर्सेर ठीक उल्टो बाटोतर्फ नेपाली कांग्रेस हिडदा नसोचेको दुर्घटना भयो । त्यो दुर्घटना नै आज नयाँ व्यवस्था बन्न पुगेको छ । नयाँ हुँदा देशलाई कसरी कहाँ पुर्याउने भन्ने बारेमा बर्तमानमा पनि अलमल देखिएको छ ।
सानो देश ३ वटा सरकार सितको रुटिङ र कार्य क्षेत्र मिलाउन कठिन भएको अवस्थामा सरकारले या नेताहरुले जनतासित केही सरसल्लाह माग्छन् भने दिनुपर्ने समाजको धर्म हो । त्यस कारण देशमा शान्ति सुव्यवस्था कायम हुनको लागि समग्र समाजमा मेलमिलापको वातावरण हुनुपर्दछ । त्यो गरिने कार्य गर्नुपर्छ । त्यसको जिम्मेवारी वर्वमानका नेता तथा सरकारले लिनुपर्छ । यदि संविधान लगायतका विभिन्न नीति नियमहरुमा परिवर्तन गर्नुपर्ने देखिन्छ भने त्यो गरेरै भएपनि गर्नुपर्छ ।
समय समयमा समाजलाई जतिबेला जुन नियमको आवश्यक पर्छ त्यो बनाई सबैले प्रयोगमा ल्याई नियमको पालना हरेक जनताले गर्नैपर्ने हुन्छ । हामी सित विश्वविद्यालय छन, विद्यालय क्याम्पसहरु प्रसस्त मात्रामा छन, यी सञ्चालनको लागि इमान्दारी पुर्वक तयार रहनुपर्छ र सरकारले तयारी अवस्थामा राख्नुपर्छ ।
सुप विश्वविद्यालय लगायतका क्याम्पसहरु गरि बन्द हुन्छन् घरी खुल्छन्, पढाईको कुनै निश्चितता छैन, विद्यार्थीको जीवनको ख्याल राख्नुपर्छ, खाडी मुलुकहरुमा कमाएको सम्पत्ति आफ्ना छोराछोरीहरुमा खर्च गरेको हुन्छ । उता हेर्दा निजी विद्यालयहरुका छात्राछात्राहरुको पढाई पुरा भई सरकारी विद्यालयहरुका विद्यार्थीहरु ओझेलमा परेका देखिन्छन् । सरकारको यस्तो कुन नीति हो बुझ्न नसकिने हुँदा प्रष्ट र कठोर कानूनद्वारा शैक्षिक क्षेत्रहरुलाई अगाडी बढ्ने मौका दिई बन्द हडताल तथा भ्रष्टाचार राजनीतिबाट टाढा राख्नुपर्ने जनधारणा रही आएको छ ।
विभिन्न राजनीतिक पार्टीहरुसित तथा राज्य संचालकका विभिन्न विभाग प्रमुखहरु सित भेटघाट गरी आफ्ना भावनाहरु साटासाट गर्ने उद्देश्यबाट गत शुक्रबार नेपाली कांग्रेसले जुन चियापनको आयोजना गर्यो त्यसबाट खर्चमात्र नभएर अवश्य केही उपलब्धी हुनेछ भन्ने जनविश्वास रहेको पाईन्छ ।
यदि २०४७ को संविधानलाई मर्मनिष्ट भई पालना
गरिदिएको भए आज यस्तो अवस्था आउने थिएन । अवस्थाको बारेमा हामीले भनिराख्नु जरुरी छैन । किनभने देशको बारेमा सबैकुरा छर्लग पार्ने हो भने जनता एउटा नउम्कने दलदलमा फसेको अनुभव हुनेछ । त्यसकारण अव विद्रोह हुनुपुर्व नै सबै वर्गले समेत भएर रहनुपर्ने बाध्यता रहेको देखिन्छ ।
चियापानको माध्यमबाट रिसाएका तथा निर्वाचनको बेलामा मनमुटाव भएका व्यक्ति पार्टी सित त्यही चियापनमा गरिएको स्वागत सत्कारबाट सबै व्यक्ति समूह पार्टीहरुले सन्तुष्ट लिनुपर्ने हाम्रो राय रहेको छ । यदि देशमा जनचाहना बमोजिमको शासन व्यवस्था गर्न सकिएन भने भोलीका दिनमा अत्यन्त नराम्रो संकट आउन सक्छ भन्ने कुरालाई कदापी विर्सनु हुदैन । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले आफ्नो प्रजातान्त्रि लक्ष्यलाई टाढा राख्नुहुदैन । देशमा रहेका सबै पार्टी तथा लोप हुन लागेको राजसंस्थालाई पुनरजिवित गर्ने काममा पनि मेलमिलाप भयो भने अवश्य पनि देश अगाडी बढ्ने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *