रामलिलामा पनि निर्मलाको उपस्थिति








विचित्रको नेपाल र हामी नेपाली के हो हाम्रो काम कर्तव्य कर्मनिष्टता विर्सेर कम्युनिष्ट मात्र वन्न पुग्यौ हामी । निर्मलाको वलत्कार गरी हत्या गर्नेले हजुर मैले बलात्कार गरी गराई हत्या गरेको गर्न लगाएको हु भनी को पागलले भन्छ भन्दैन तर पनि सरकारले आफै प्रमाण बनाइएका घर खोज्नु पर्दछ ।
अम्बाको रुख दिदि बहिनीलाई सोध्ने हिम्मत गरेन अब अर्को प्रमाण बनेको छ प्रहरि कर्मचारीहरुको बरखास्ती पनि प्रमाण मध्ये एउटा प्रमाण हो थप भयो । न्याय माग्न निर्मला आज रामलिला कमिटीमा पनि पुगिन् हल्दुखालमा रामलिलाको उद्घाटन हुदा काङ्ग्रेस तर्फका अतिथीले हत्या बारे टिप्पणी गरे त्यसको उत्तरमा अभिनन्दीत गरिएका सु.प.का माओबादी आन्दोलनका कमान्डर ने.क.पा का नेता लेखराज भट्टले त्यसको उत्तरमा भन्नु भयो कि रामचन्द्र भगवान्ले आफ्नी पत्नी सिताहरणको पत्ता लगाई फिर्ता ल्याउन १४ वर्ष लागे भने निर्मला हत्याको पनि पत्ता लाग्ला तर ढिलो होला भनेर प्रति उत्तरमा भनेका थिए । राम सिता हराएर बनबास गएका नभइ पिताको आदेशमा वनवास गएका हुन । सौतेनी आमाको चरित्र देखिका सबै कुरा समाजमा दिन भएका लिला रामलिलाको उद्घाटनमा हत्या गरिएकि निर्मलाको कुरा उठ्दा जनता पनि मुखामुख गर्दै थिए कि अब अबष्य सितारामले इन्साफ दिनेछन् भनेर ।
विजुली बस सञ्चालन
गणतन्त्रमा नयाँ नयाँ उपलब्धी बिद्युतिय बस काठमाडौंमा चीन सरकारले राजा महेन्द्रको समयमा काठमान्डौ (टेकु, दशरथ रगंशाला देखि भक्तपुर)सम्म बिजुलीको लाईन बिछाई स्टेशन सहितका विद्युतिय बसहरु उपहारमा दिई संचालन गरेका थिए भने जापानले साझा संस्थालाई बस, पेट्रोल, पम्प, ओर्कसप समेत दिई बसहरु उपलब्ध गराएका थिए । २०४७ पछिका प्रजातन्त्र बादी हौ भन्नेहरुले निजि बस व्यवसायहरुको अनुरोधमा बिजुलीको तार चोराई पोल तोडी बसहरु जलाई ट्रली बस सेवा बन्द गरायो भने गणतन्त्रबादीहरुले त्यसको यादगारीमा ब्याट्रीबाट चल्ने र चार्ज सकिदा बाटोमा बन्द हुने बस मागी काठमान्डौमा संचालन गरेका छन् ।
खुसी र दुखी
राणा शासन रहदा जनता किन खुसी भए र राजसंस्था हटाउदा जनता किन दुखी भए ।राजा राजसंस्था जनताको भावना विपरित हटाएकोले बिदेशी दलाल बाहेक जनता दुखी छन् र राणा शासन हटाउदा खुसी भएको सन्दर्भमा कुरा गर्दा राणा शासनमा जहानिया उनकै परिवार इष्टमित्रको शासनले जनता पेलिएका थिए तर राजसंस्था एउटा संस्था प्रमुख मात्र थियो शासन जसले आज गरी रहेका छन् उनैले गरेका थिए । राजसंस्था हुदा पनि ने.क.पा का मनमोहन, माधवकुमार, झलनाथ, काङ्गे्रसका गिरिजा प्रसाद, शुसिल कोईराला, शेर बहादुर अन्यमा मात्रिका, कृतिनिधी विष्ट, तुलसीगिरी, सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द्र, गणतन्त्रमा केबल पुष्पकमल दाहाल मात्र थपिएबाट माथिकाहरुले नै शासन चलाएका हुन आफुले शासन बिगारी राजालाई दोष दिएकाले जनताले बुझीसके भनेर चिन्तित नेताहरुको साथमा जनता चिन्तित भएका छन् । जनता जति बेला जो बलियो ठान्छन् उसैको पक्षमा लागेका पाईन्छन् ।







