पुरानो संरचना नष्ट गरी नयाँ बनाउन सकिदैन








हामी नेपालमा रहेका पुराना संरचनालाई नष्ट पारेर सम्पुर्ण नया बनाउन सक्ने हालतमा छैनौ । पुरानो राष्ट्रनिर्माण तथा त्यसको सिमानालाई हामी नयाँ बनाउन असमर्थ छौ पुर्खाले निर्माण गरेको नेपालको सिमाना कायम राख्न सक्नु पर्ने ठाउमा नष्ट पारिदैछ एक पटक निर्माण भएकोलाई भत्काएर वा आफै भत्केकोलाई स्वयम विदेशी सहयोग विना पुनः निर्माण सम्भव छैन । सुगौली सन्धी खारेज भएर त हामीले त्यो पुराना सिमाना प्राप्त गर्न सकेका
छैनौ । हामी विगार्न सक्छौ वनाउन सक्दैनौ ।
मुखले संसार परिवर्तन गर्ने हामी कर्मले हामीले केही पनि गर्न सकेका छैनौ । हाम्रो भुमिमा युद्ध गर्ने विदेशी सित मिल्ने तर आफ्ना देशका नागरिकलाई मार्ने खेल बाहेक अरु के भएका छन् । जनतालाई भ्रममा पार्ने झुटा बोल्ने काम बाहेक हामीले के गर्न सक्यौ राष्ट्र निर्माणका सन्ततिलाई मराउने मार्ने, सत्ताबाट जनताको जनचाहना बेगर हटाउने, जसले नेपालको भुमिलिएको छ उसको चाकर बन्ने हाम्रो प्रबृति बडो अचम्म लाग्दो हामी पाउछौ । वितेको कुरा गर्नु हुदैन वर्तमानमा जानु पदर्छ तर बितेका कृयाकलाप गतिबिधीबाट वर्तमानले शिक्षा पाउनै पर्दछ । विदेशीलाई घरमा भित्र्याई देश बरदान गर्ने काम गर्नु कसैको पनि न धर्म हो न नैतिकता हो ।
जनताले जहासम्म जे जति अधिकार प्राप्त गरेका थिए त्यो अधिकारमा थप गर्ने काम नेताहरुको हो तर पाएका अधिकार फिर्ता गरी नयाँ पाउनमा भने आसा गर्नु हुदैन । आफुमा क्षमता छैन अरुलाई निम्ता गर्नु केवल मुर्खको काम हो । हामी हरेक काममा सक्षम छौ तै पनि आफुलाई असक्षम घोषणा गरी बाह्य अरुलाई आमन्त्रण गर्ने बानी हामीले परित्याग गर्नु पर्दछ ।
विश्वका सात देशहरु माझ अरु दल बिहिन राजनितिका तौर तरिकाहरु माथि बैज्ञानिक दर्सनलाई अगाडी बढाउन छलफल गरीरहेको समयमा मस्यौदा पुरा नहुदै मृत्यु भयो र गर्न पाएन । द्वन्दकालमा के भनेर आन्दोलन भयो सबैलाई थाहा भयो केवल आज मात्र यस्तै हो । सर्वसाधारणको विश्वास जेजति भयो यसको लागि हजारौ हजारलाई मार्नु पर्ने आवश्यक थिएन । २०५ जना जनप्रतिनिधी सम्मिलित सभाले गरेको निर्णय नै प्रशस्त थियो र हुने पनि थियो । अन्तमा गुमराहमा पारि देशलाई थला पार्न खोजियो ।
पुराना संरचनाका कुरा गर्दा जुन नष्ट गरिएको संरचना एकै रातमा तयार पार्छौ भन्नेहरुले आज २२ वर्ष भईसक्यो कहाँ पुरा गरेको छ देख्न सकिदैन । गोकुलेको हवाई मैदान र टर्मिनल भवनमा आगो लाग्यो २२ वर्षसम्म बनेन । त्यस्तै देश भित्र रहेका राष्ट्र निर्माताका शालिकहरु तोडेको पनि सँगसँगै हो तर अहिलेसम्म बनेन । के यहाँको नीति यस्तै हो, केवल पुराना संरचनाहरु ध्वस्त पारी बनाउने हिम्मत अमेरिकालाई मात्र रहेछ किन भने जुन व्यवस्था जुन देश, मन परेन त्यहाँ ध्वस्त पारी नयाँ संरचना बनाईदिने रहेछ भन्ने कुराका प्रमाण अफगानस्थानको तोराबोरा देखि लिएर बाकुलसम्मका ध्वस्त पारिएका सम्पूर्ण संरचनाहरु आफ्नै संयोजकत्वमा बनाई रहेको छ । त्यसमा काम गर्ने हाम्रा नेपालीहरु पनि छन् तर ती निर्माण भईराखेका संरचना पुन ध्वस्त हुनसक्छन भन्न सकिदैन त्यसकारण हामीले त आफ्नै देशका संरचनाहरु ध्वस्त पार्यौ र स्वर्गतुल्य नेपाल बनाउछौ भनेर २०÷२२ हजार नेहत्ताको
नरबली चढायौं तैपनि नेपाल झन कुबाटोतर्फ गईराखेको छ । जसले डोर्याईराखेको छ उसलाई दुःख लाग्ला हाम्रा यी भनाईहरुले । त्यही दुःखलाई सुखमा बदल्ने हो भने जीवित रहेका सम्पूर्ण नेपाली नेतृत्वदायीबाट विश्राम लिएकाहरुलाई समेत समावेश गराई नेपालको पुनर उत्थानमा ध्यान दिनुपर्दछ । एक भृकुटीले चीन सित मित्रता गर्यो सिताले दक्षिण श्रीलंकातर्फ जबरजस्ती पदार्पण गरेको भएपनि आज मित्रताको गाठो बाधिएको छ । नेपाल भारत चीन सितको मित्रता भृकुटी, अंशुवर्मा, सिता कै देन हो । त्यस्तै पवित्र सम्बन्ध रहिरहोस भन्ने भावना नेताहरुमा हुनु जरुरी छ । मैले सही कुरा गर्दा जनता रिसाउँछन् र मलाई अर्को पटक भोट दिने होईनन् कि भन्ने हेतुले डराएर गर्नुपर्ने दायित्वलाई विर्सनु हुदैन ।
रिसाएका मतदाताहरु लाई सम्झाउनु पर्दैन उनी आफै समझदार बन्ने छन् । केवल निश्पक्ष सही कार्य गर्नु नेताहरुको दायित्व रहेकोले विर्सनु हुदैन । यी विभिन्न
कुरालाई मनन् गर्ने हो भने नेपाल र अंग्रेस सित भएका युद्धहरुमा नेपालले बनाएका संरचनाहरु अंग्रेज र भारतले मर्मत सम्भार संरक्षण गरिराखेको छ । त्यसलाई हामी हेर्न सक्छांैं र त्यस्तै नेपालमा रहेका त्यस्तै संरचनाहरु हामीले भूलबस र अज्ञानताले तोडिएका भएपनि आज २२ वर्षसम्म पुनर निर्माण नहुनुमा शंका गर्ने कि नगर्ने ?
कर्णाली पश्चिम कै कुरा गर्ने हो भने पनि महेन्द्र स्मारक, विरेन्द्र स्मारक, पंचायत रजत यजन्तीका पार्कहरुका बेहाल हामी स्वयम हेर्न सक्छौं । हेर्नुस र ईमान्दारीका साथ यथासक्य चाडो पुनर निर्माण
गरियोस भन्ने हाम्रो राय रहेको छ ।







