खेतवारी बाझो राखी विदेशबाट आयात








नेपाल जस्तो प्राकृतिक सम्पूर्ण सुविधा भएका देशहरु मध्ये नेपाल पनि एक सुविधा युक्त देश हो । मुख्य गरी खेती योग्य भनेर ३ भागमा बाडिएको छ । मधेश, भित्री मधेश र पहाड र हिमाल । मधेशमा फल्ने बालीको समय र पहाडी क्षेत्रमा फल्ने बालीको समय अलग अलग हुन्छ । जीवीकोपार्जन खेती धान, गहुँ, दलहन र तेलहन तराईमा बढी हुन्छ भने पहाडमा थोरै फल्छ र सिजन पनि अलग अलग छ । जुन मौषममा जुन (वस्तु) बाली मधेशमा फल्छ पहाडमा फल्दैन र पहाडमा फल्ने खाद्य बस्तु मधेशमा फल्दैन त्यस कारण नेपालमा बाह्रै महिनामा सबै थोक फल्दछ भने हिमालमा हिउ गलेको होचो क्षेत्र १२÷१४ हजार फिट उचाईको हिमालयमा यार्साहरु बहुमुल्य जडीबुटी फल्ने फुल्ने गर्दछन् ।
यति हुदाहुँदै नेपालमा नेताहरुबाट शासकहरु छानिने गर्दछन उनीहरुलाई देशको वास्ता एकदम छैन भन्न हामी सक्दैनौं तर योजनाबद्ध वैज्ञानिक तरिकाले कुनै पनि काम गरिदैन । खेती गर्न प्रसस्त जमिन छ तराई भागमा वर्षमा ३ खेती आरामले गर्न सकिन्छ तैपनि बडा कठिनले २ खेती गर्ने गरेका छन् । त्यसमा पनि सबैले होईन । कसै कसैले त बेरोजगारको नारा लगाउदै आफ्ना खेत बाझो राखेर विदेशीको गुलामी गर्न देश बाहिर गएका छन भने धेरै कृषकहरु आफ्नो खेत बाझो राखी अन्न विदेशबाट आयात गरीखाने गरेका छन् । मधेशको चामल गहुँ पहाडी क्षेत्रमा पठाईन्छ भने बाँकी यहाँका कृषक व्यापारी भारत लगायतका विभिन्न विदेशबाट मगाई रहेका छन् ।
पहाडका खेतहरुमा तथा डाडाहरुमा सागपात र फलफुल प्रसस्त मात्रामा उब्जनी हुने भएपनि त्यतातर्फ सरकारको खासै ध्यान गएको छैन । पहाडमा जहाँ सिचाईको व्यवस्था छैन त्यहाँ आकाशे पानीको पोखरीहरु निर्माण गरी सिचाई गर्न सकिन्छ तर त्यसतर्फ नेपालको योजना आयोगले कुनै वास्ता गरेको छैन । कृषि प्रधान देश, हरियो बन नेपालको धन भन्ने उहिले थियो आज ठीक उल्टो भएको छ । कुल्ली, चौकीदार, बदेवालको देश भनेर किन चिनिन्छ भने आफ्नो देशमा गरिखान सक्ने व्यवस्था सरकारले मिलाउदैन् सरकार हमेशा अर्काकै निर्देशन र गुलामी प्रवेत्तिमा चलेको छ । त्यसको पुष्टि गर्ने हो भने धेरै उद्योगहरुको बारेमा नभनि हामी केवल कृषकहरुलाई चाहिने हेटौडा कपडा कारखाना, बुटबल धागो कारखाना तथा, विरगंज चिनी कारखाना, कञ्चनपुरकै बेलडाडीमा कपास विकास समितिले कैयौ विगाहा जमिनमा कपास खेती गर्ने भनेर छुट्याएको जमिनमा आज कसको के राज भईराखेको छ त्यस्तै कृषकहरुको विरगंजको कृषि औजार कारखाना जस्ता धेरै कारखानाहरु आज कहाँ गए । यदि सरकारले आत्मनिर्भर बनाउन र देशको स्वाभिमान राख्न चाहन्थ्यो भने उद्योगहरुमा बृद्धि हुन्थ्यो कृषि प्रधान देशका डाडाँकाँडामा फलफुल लटरम्म फलेका हुन्थे । हर किसानले एक आली कान्ला समेत बाझो नराखी ३÷४ खेती लगाउने गर्दथे भने साच्चै यो देश कृषि प्रधान नै हो भनेर भन्न सकिन्थ्यो तर यो अर्कै प्रधान देश रहेको छ ।
पहाडका जुन ठाउँमा जुन खेती फलफुलको लागि योग्य ठहरिन्छ त्यसको खेती गर्नुपर्नेमा त्यहाँ खेती त छोडौं भेडा बाख्रा, च्यांग्रा मासुजन्ज जनावर पशुपंक्षीहरु केही पनि पालेको देखिदैन । जब सम्म वैज्ञानिक तरिकाले हाम्रा पहाडी डाडाँकाँडाहरुमा रहेको रुख बृक्ष फलफुलहरुको दोहन गर्न सक्दैनौं भने अमूल्य जडीबुटी लोप भएर गएजस्तो हुनेछ । जस्तो कि आज यार्सा क्षेत्रमा बैधानिक लुटपाट भईराखेको छ । के कति वर्षमा वा महिनामा सिद्धिने हो दिनगन्ती सुरु भईरहेका छन् । हरेक जडीबुटी लोप हुने तर्फ गईराखेका छन् । त्यसतर्फ कुनै पनि सरकारको ध्यान गएको देखिदैन् । तसर्थ यहाँका युवायुवतीहरुलाई यदि साच्चिकै सुद्ध मनले विदेश पलायन हुनबाट रोक्ने हो र विदेशी सीप आर्जन गर्ने हो भने एउटा विज्ञ टोलीको उपस्थिति नेपालको योजना आयोगमा हुनुपर्ने जरुरी देखिन्छ अनि मात्र यस क्षेत्रको सबै भूभाग हराभरा, धनवान, मूल्यमावन रहनेछन अन्यथा यो देश लेवर उत्पादन गर्ने क्षेत्र मात्र हो भनेर चित्त बुझाउने काम मात्र हुनेछ ।







