बलिप्रथा कायमै, चाँड अन्त्य हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० कार्तिक
देशका विभिन्न शक्तिपीठहरुमा अझै पनि बलिप्रथा कायमै रहेको छ । बलप्रथालाई हटाउनको लागि विभिन्न क्षेत्रहरुबाट आवाज उठिरहेको छ । त्यस्तै बैतडी पाटनमा रहेको सिद्धनाथ बैलपाटा भूमी क्षेत्रमा रहेको ठाकुर उदयदेव देवताका पुजारी पंडा कृष्णदत्त जोशीबाट नवरात्री अवधीमा उदयदेव देवताको
मन्दिरमा मुख्य तिन पुजा गर्नुभयो । स्वदेश तथा विदेशबाट आएका भक्तजनहरुबाट चिनो चढाउने पुजा गर्नेले आ–आफ्नो मनोकामना पुरा गर्न पुजाआजा
गरेका थिएन ।
मन्दिरको निर्माण २०७४ साल मा पुरा भएको हो भने स्थापना खिपचन्द राजाको पालादेखि हवाई मैदानको दक्षिण सङोडाकोटको उत्तर पट्टि महाअष्टमी र नवमीको दिन रांगा बोका बली दिई सोही मन्दिरको नजिकमा रहेका कालिका महिसासुर मर्दिनी मन्दिरमा बलि चढाएको थियो । बलिमा यस वर्ष भक्तजनहरुले १६ लाख वत्ति प्रज्वलन गरेका थिए । ३६ रांगा ६ बोकाको बली दिएको हो ।
वर्तमानको समयमा बलिप्रथा हटाउनुपर्छ भनि आवाज उठदै गएको भएपनि मठमिन्दरहरुमा बलि प्रथा कायम रहेको पाईएको छ । धेरैको भनाई के छ भने गाउँमा काम गर्ने मजदूरहरुले परापुर्वकालमा खसीबोका रांगा किनेर खान नसकिने स्थिति भएको हुँदा आफ्ना मजदूरहरु र आफैले पनि मासु खाने बहानामा देवताको भक्ति पनि भईहालोस् खाना पनि पाईहालियोस् भन्ने दृष्टिकोणबाट समेत बलिप्रथाले मजबुती पाएको देखिन्छ । यसको पुष्टि कसरी हुन्छ भने यदि देवताकै लागि बोका रांगा चढाउने हो भने विधि विधानपुर्वक देवी देवतालाई प्रेमपुर्वक समर्पण गरी जीउदै आफूले बलीदान गरेर छोडेर आउने भए देवी देवतामै चढाएको भनि पुष्टि हुने गर्दथ्यो तर त्यहाँ मारिएका बोका रांगाहरु कसैले नखाएर केवल गिद्धले मात्र खाने गरेको छैन्, । कुनै कुनै मन्दिरमा टाउको पुजारीले लिने गरेका पनि छन् । पुजारीले खान्छ अथवा विक्रि गर्छ त्यो उनकै अधिकारको कुरा भएकोले हिंसा छुट्याएको हुन्छ कुल मिलाएर भन्नुपर्दा देवताको लागि भन्दा आफ्ना् लागि पशुबध गरेको भन्न सकिन्छ । जस्तै बदशालामा विभिन्न प्रकारका पशुहरु बध गरिन्छन् ।
त्यस्तै यहाँ पनि बध गरिन्छ केवल देवताको नाममा । जिउदै पशु चढाएर आजसम्म कसैले छोडेको देखिदैन । कुनै दिन अवश्य छुट्न सक्छ जब त्यहाँको समाजमा अवश्य घृणा फैलिन्छ जस्तो घृणा बसहरुमा यात्रीहरुले विना रोकटोक चुरोट पिउने गर्थे भने आज त्यो कार्य बन्द गरिएको छ । धेरै पहिले मानब बलि दिने प्रथा थियो तर मानवको मासु खान नपाईने गर्दा पनि हुन सक्छ र कसैलाई अथवा सर्वत्र पिडादायी भएकाले मानव बली स्वतह बन्द गरियो । त्यसैगरी केही वर्ष भित्रै पशु बली बन्द नगरिएला भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *