साहित्य क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कवितालाई सडकसम्म ओराल्नुको अर्थ हुन्छ कवितालाई जाताको नजिकै बनाउनु र सरल सम्प्रेषणको प्रवृती अंगाल्नु । त्यसैले यस प्रयोगले कविताको श्रोता समुह तयार पार्यो । यसैका लागि यसले भाषिक जटिलताको पर्खाल भत्कायो र सुबोध्य भाषाको आग्रह राख्यो । समसामयिक राष्ट्रिय परिस्थिती युग चेतना र जीवन सन्दर्भ तर्फ कवितालाई मोड्ने काम कविहरुले गरे । राजनैतिक व्यङ्ग्यको तीव्र प्रयोग भयो । कविताको इतिहासमा यो उल्लेख्य किन छ भने चालु कविता परम्परामा यसले स्रष्टा तथा श्रोता दुवैको रुचिलाई एकपल्ट बदलिदिक्यो । नाटक र रङ्गमञ्च क्षेत्रमा पनि विगत पच्चीस वर्षमा क्रमिक उत्पत्ति हुदै नआएको छ ।
लोकनाट्य समेतबाट दाजीलिङका मनबहादुर मुखियाका नाट्य प्रयोगले काठमान्डौलाई निकै तीब्र रुपमा स्पर्श गर्यो । मोहनराज शर्मा र सरुभत्त आदिका शक्तिशाली नव नाट्यका प्रयोगकाहरुले नेपाली रङ्मञ्चलाई नव आयाम प्रदान गरे । देबकोटा मुनामदनको गीति नाट्यरुपमान्तरले नेपाली रङ्गमन्च र दर्शकका बीच निकै ठुलो तादात्म्य स्थापित गर्यो भने माधव घिमिरेको मालती माङ्गले गीति नाट्यले लोक प्रियता र राजकीय संमानको दोहोरो मानक स्तर कायम गर्यो ।
वि.सं २०३९ मा सर्वनाम नाट्य संस्थाद्धारा नाटकलाई गतिशील स्वरुप प्रदान गर्न चलाईएको एक नयाँ कार्यक्रमका रुपमा सडक नाटक अभियान देखा पर्यो । यस कार्यक्रम अनुसार परम्परामुक्त प्रयोगधर्मी नाटकहरुको प्रदर्शन गर्ने गरिन्छ । नाटकलाई सडकमा उतारेर अकृत्रिम तवरसंग समसामयिक विषय सर्वसामान्य दर्शकसम्म पुर्याउनु यस अभियानको लक्ष्य हो । ध्वस्थित रङ्गशालालाई यसले अपेक्षा राख्दैन । अनौपचारिकतालाई यसले संवहन गर्दछ । त्यसैले केवल सेवाभावमा यो अभियान समर्पित हुदै आएको छ अर्थ संकलनमा होईन । सशक्त अभिनय र जीवनलाई छुने विषयवस्तुको अन्तर्भावले गर्दा यो अभियान पनि निकै लोकप्रिय रह्यो । समकालीन नाटक बिधालाई जीवन्त रुप प्रदान गर्न यो अधियान संकलन रहेको छ । माथि उल्लिखित विभिन्न आन्दोलन तथा कार्यक्रमहरुका अतिरिक्त अमलेखबुट पालिस, भोकोपिडी र मिनी कथा तथा सुत्रकथा लगायत लघुलेखन अभियान, गोजिका र हवाईपत्रको पैयोग, तरलबाद जस्ता साहित्यिक चेष्टाहरु पनि भएको पाईन्छ । २००७ साल अघिदेखि नै क्रियाशिल रहेका अनेक बरिष्ट साहित्कारहरु र २००७–१७ सालका बीच उदाएका प्रतिभाहरुको सृजनात्मक परिपक्वताको प्रक्रियाले २०१७ साल यताका समसामयिक पच्चीस वर्षमा नेपाली साहित्यका विभिन्न विधामा अनेक उत्कृष्ट कृत्रिहरु प्राप्ती हुने क्रम चालु नै रह्यो भने विधागत नव लेखनतर्फ उन्मुख २०१७ यताका साहित्यकारहरुका माध्यमबाट विधागत नव प्रयोगका साथै अनेक उत्कृष्ट रचनाहरु प्राप्त हुन आए । नेपाली साहित्यका विगत पच्चीस वर्षका उपलब्धिहरु निरन्तरता र परिपाक तथा परिवर्तन प्रयोगका दुबैथरी प्रक्रियाबाट निर्मित भएका पाईन्छन् ।
नेपाली साहित्यका पुर्ववर्ती अबधिहरुका तुलनामा २०१७–४२ का पच्चीस वर्षमा लेखक र कृतिहरुको संख्यात्मक बृद्धि निकै उल्लेख्य देखिन्छ । यति धेरै लेखकहरु र कृतिहरु इस भन्दा अगि कहिल्यै देखापरेनन् । यस अबधिसम्ममा नेपाली साहित्यका सबै जसो बिधाले अन्तराष्ट्रिय नव –नव धार र प्रवृत्तिहरु ल्गभग आत्मसात् गरी नेपाली साहित्यको विकासशील स्वरुपलाई पुष्ट्याएका छन् । अबश्यनै प्रकाशनका अबसरहरुको विस्तार तथा लेखक हुने चाख र सग्बगीको बृद्धिक्रम एवम् प्रयोगशील नवीनताको प्रतिस्पर्धाका वातावरणमा गुणस्तरको निर्वाह र संबर्धन बहुसंख्यक लेखकहरु र तिनका असंख्य कृतिहरु जम्मैमा खोज्न सकिदैन र खोज्नु पनि हुदैन । तर यतिको संख्यात्मक विस्तार प्रयोगशील आग्रहका माझ पनि पुराना र नयाँ दुवै थरी शक्तिशाली लेखकहरुका प्रतिभा र तपस्याबाट विगत अढाई दशकमा प्रत्येक विधाको रचनात्मक गुणस्तरीय उब्जा प्राप्तिपुर्ण नै देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *