वडाको संख्या निर्धारण गर्न बनेको विधेयकमा १० वटा संशोधन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


चैत्र ५, २०७३ गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा १० वटा संशोधन परेका छन् । संसद सचिवालयले दिएको आज दिउँसो ३ बजेसम्मको समयमा व्यक्तिगत र समूहगत रुपमा गरी १० वटा संसोधन दर्ता भएको विधेयक शाखा प्रमुख बबिता मिश्रले जानकारी दिनुभयो । राजेन्द्र पाण्डे, रामनारायण विडारी, रेवती रमण भण्डारी, रामचन्द्र पोखरेल, दिपक कुईकेल र श्याम कुमार श्रेष्ठले व्यक्ति रुपमा संसोधन दर्ता गर्नुभएको हो । सो विधेयकमा गुरु बुर्लाकोटी र चण्डि प्रसाद राईले संयुक्त रुपमा संसोधन पेस गर्नुभएको छ । यस्तै टिकाराम चेमजोङ, कमला कुमारी घिमिरे, लिला मगर र भवानी प्रसाद खापुङको समूहले पनि छुट्टै संसोधन दर्ता गराएको छ । अग्नी खरेल, कृष्णभक्त पोखरेल र केदार प्रसाद सञ्जेलले पनि समूहगत रुपमा नै संसोधन दर्ता गरेको मिश्रले जानकारी दिनुभयो । यस्तै प्रेस सुवाल, अनुराधा थापा मगर र डिल्लीराम काफ्लेले पनि संयुक्त रुपमा संसोधन दर्ता गराउनु भएको छ । संसदको गत बुधबारको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि सचिवालयले संसोधन दर्ता गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *