जनता र राजाको पहिचान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रा गत विगत र वर्तमानका नेताहरु राजा र जनताको बिचमा ग्रहण लागेका थिए राजाले जनतालाई चिन्नेमौका पाएका थिएनन् भने जनताले राजालाई त्यो एउटा सुखद घडी थियो । पृथ्वीनारायण शाह र बहादुर शाह जनतासम्म गएर नेपाल निर्माण गरेका हुन भने त्यस पछि राजा महेन्द्र मात्र जनतामाझ गएर प्रत्यक्ष दुई पक्षिय कुरा र भेटघाट भयो, राजाले जनता र जनताले राजालाई चिने अन्तमा दुबै पक्ष मध्ये केहीको मृत्यु भईसक्यो केही बाकी रहे पनि कर्म गर्न असक्त रहेका छन् । जनताले राजालाई र राजाले जनतालाई भेट्न नपाउने वाताबरणले स्थाई रुप लियो भेट हुन्थ्यो त फोटो देखे झै बोल्न न राजा पाउथे न जनता राजा जनता दुबै नेताहरुको चंगुलमा फस्दै गए ।
राजालाई केबल नेताहरुले प्रयोगमा ल्याई सत्तामा पुग्ने सिडी मात्र बनायो । जनतालाई सुख दुख जनचाहनाको बारेमा बुझ्नै दिएन बडा मुस्कीलले नेता वि.पी. कोईराला गणेशमानको कृपाले मात्र जनताले आफ्ना भावना, देशमा राख्न पाए । त्यसपछि छलछाम गरी सत्तामा पुग्न सभासदको कुर्सिमा विराजमान हुन मात्र व्यक्तिगत जनताका मत लिने तर्फ गए भने व्यवस्था परिवर्तन गर्दा कुनै मत ल्याउछौ भन्ने कुनै खालको निर्णय सांसदहरुले संसद भवनमा बसेर गर्न किन सकेन ? सांसद भवनमा विदेशीको प्रत्यक्ष संलग्नता नरहने भएर हो भने हामी के भनौ । हामी निरिह जनतालाई गुभराहमा राखी गरेका केही घतलाग्दा कामहरु भएकै हुन भन्ने तथा राक्षसी पाराले नेपाली जनता राजालाई मोटर राज संस्था र मर्नबाट बचेका जनतालाई तर्साई गरेका कृयाकलापहरु भने निश्चय नै यो देशको हितमा छैनन् । आज राजा र जनताले एक अर्का सित भेटघाट गर्ने मौका पाएका छन् । विश्वभरीका हिन्दुहरुले राजा ज्ञानेन्द्र शाहलाई विश्व हिन्दु सम्राटको श्रीपेच पहिराएको छ । राजाका न कोही सत्रु छन् न मित्र केबल मानब जाती नेपालीहरुको हित कार्यमा जुटी हाम्रो राष्ट्र स्वाभिमान बचाउन राजगद्यी समेत परित्याग गरी जनताको घरदैलो र आस्थाका केन्द्र मठ मन्दिरहरुमा पुगी नेपाल र नेपाली जनताको हित गर्नको लागि प्राथना गरी रहेकाले अबस्य पनि देशमा शान्ती कायम हुन सक्ने हाम्रो आसा छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *