कसले फसाएका हुन पहाडी नेताहरुलाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालका नेताहरुको मौलिक दर्सन नभएपनि विदेशी दार्सनिकहरुको दर्सनलाई समर्थन गर्दै आफ्नो मौलिक नीतिमाथि सुधार नगरी लत्याउदै गए देशको भन्दा बिदेशको मायामा रमाउन थाले । राजनीतिक दर्सन अंक गणितिय वैज्ञानिकता बोकेको दर्सन होईन जसरी हाम्रो परम्परा रितिरिवाज समाज नियन्त्रण र निर्देशनको लागि पौराणिक युगहरुमा निर्णय सिन्धु ग्रन्थ बनाएका छन् । त्यसमा सबै ऋषिमुनिहरुका अलग अलग विचार उल्लेख गरेका छन् । तर कुनै पनि ऋषिको मतबाट जनताका कामहरुमा बाधा नपरी फुकाउने शुभकार्य मात्र गरेका छन् । नेपाल २ विशाल राष्ट्र र शक्तिको बीचमा स्थिर रहन राजा महेन्द्रको जुन दर्शन थियो त्यसको विरुद्धमा जनतालाई उभ्याउन खोजे पनि जनता उभिएन र राजा विरेन्द्रले त्यही नीति तर सुधारात्मक गरेका थिए । र सत्तामा जानको लागी मदत माग्न भारतको विरुद्धमा हरेक कुरा गर्छन जव सत्तामा पुग्न गृहपुजा गर्छन र सत्तामा पुग्छन् अनि गुणगान मात्र गाउने गर्दछन् । गृहपुजाको प्रसादी सबैले पाएपछि विरोधी हराएका हुन्छन् ।
नेपालको राष्ट्रभक्तिमा लागेका राजा महेन्द्र, मदन भण्डारी तथा प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठ लागेकाले मार्ने प्रयास भएका नै थिए । राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार भयो मार्न सकेनन् । विराटनगरमा कन्याहरुले बोकेको स्वागत कलसमा बम राखेकै हुन । पटकाउदा राजा विरेन्द्र बाचेका थिए । नवप्रतिभा दार्शनिक मदन भण्डारीको उदय भयो, कलकत्ता सम्मेलनबाट उनको प्रतिभा देखि हार खाई उनलाई पनि कातरहरुद्वारा ज्याला दिई मार्यो । विश्वभरीका जनताका पक्षमा राजा विरेन्द्रको कठोर आवाज विश्वमा गुन्जियो । धेरै गरिव राष्ट्रहरु राजा विरेन्द्रको पक्षमा आउन लाग्दा कातरहरुले
राजाको विकल्प मृत्यु मात्र रोजे । विदेशीहरुबाट खरिद गरिएका हाम्रा केही दलाल नेताहरुले जनतालाई गलत सूचना दिएकोमा अझै दुःख छ । बल्ल थोरभौत युवाहरु स्वयम दरबार हत्याको बारेमा बुझिरहेका छन् ।
यौटा महत्वपुर्ण अर्को कुरा के भने देशको समानुपातिक विकासको लागी अपनत्व दर्शाउन देशको राजनीतिक विभाजन गर्दा जसरी विकास क्षेत्रहरुको निर्माण गरिएको थियो त्यही आधारमा तराई, पहाड हिमाल जोडिने गरी गरेको भए हिमाल पहाड तराईको पहुँच रहने थियो । पहाडको बैतडी र तराईको कञ्चनपुरलाई मात्रै हेरे पनि पुग्दछ । सभासदहरुको काम हो नेपाल र नेपाली जनताको लागी निस्वार्थ विकास गर्नु गराउनु । मानिस बुद्धिजीवि प्राणी हो, तराईको जनसंख्या बढी छ तर पनि सभाषदहरुले हरेक ग्रामीण विकासको पनि अनुगमन गर्नुपर्ने हुन्छ । अनुगमन गर्दा जानकारी आफूसित राख्न स्थलगत भ्रमण गर्दा कञ्चनपुर जिल्लाका प्रत्येक गाउँमा जाँदा बढीमा २ दिन लाग्छ भने बैतडी जिल्लाका सबै गाउँमा पुग्दा एक सभासदलाई मोटर र पैदल जादा घटीमा १ महिना लाग्छ भने बैतडीमा एक जना सभासद रहनु तर कञ्चनपुरमा ३ जना रहनु पर्ने कुनै औचित्य छैन । प्राकृतिक नियम र नियत संगत पनि छैन ।
नेपालका सबै जिल्लाले समान अधिकार पाउनु पर्दछ । हामी भन्छौ कि पहाडी जिल्लाका सभाषदहरु लोभ मोहमा फसिसकेकाले विदेशीको चालवाजीले तराईमा बढी सिट र पहाडी जिल्लामा घटी सिटको व्यवस्था गर्नु अत्यन्त खतरनाक अवस्था समग्र पहाडी जनताले ठानेका छन् । नेताहरुकै कमि
कमजोरीले गर्दा पहाड र मदेशमा अत्यन्त भेदभाव भएको छ । यसरी पहाडी भागको समानुपातिक विकास हुन सक्दैन ।
देशलाई खतरा हुने कुराहरु धेरै छन् । जसरी एक बालकको हातमा सलाई र पटका जलाई दिन्छ । आज सुनिन्छ प्रान्तिय प्रहरी नियुक्ति प्राप्तले गर्नु र सुरक्षाको नाममा हतियार उपलब्ध गराउने हो भने सिकेरावत जस्ता देशद्रोहीको इच्छा पुरा भै नेपालको नाम नै मेटिन सक्छ । नाम मेटाउने काममा हुन त बाबुराम र प्रचण्ड पनि लागेकै हुन भन्न किन सकिन्छ भने नेपालको नाम मेटाउन खोजेका हुन ।
संविधान निर्माण गर्दा नेपालको झण्डा फेर्ने र च्याप्ने क्रियाकलाप नै नेपाल मेटाउने प्रमाण हो । नेपाली जनतालाई उन्नतिको सिखरमा पुर्याउनकै लागी भए पनि जानेर वा नजानेर नेपालमाथि अवश्य संकट आउने होइन भन्ने आधार केही छैन । बर्तमानको संरचनामा सबै भन्दा राम्रो पालिकाहरुलाई आर्थिक अधिकार दिई विकेन्द्रित वित्तिय नीति हो भने सबै भन्दा खराब कुरा हो संघयि मन्त्री मण्डल प्रान्तीय नामको संस्था । अन्तमा प्रान्तले प्रहरी नियुक्ति गर्ने पुर्ण अधिकार खोज्ने छ ।
संविधान बमोजिम संविधान निर्माण गर्दा गलत भएको भनेर साच्दैन । प्रहरीलाई केवल लाठी मात्र दिएर मान्दैन न साधारण बन्दुक प्रान्तिय प्रहरीलाई पनि अत्याधुनिक हतियार चाहिन्छ भन्ने बहानाले सिके राउत जस्ता देश अलग गरी कहि कतै मन लागेको तर्फ विलय गराउने लक्ष छैन भन्ने कुनै आधार प्रमाण छैन ।
एक मधेश एक प्रदेश नभएर एक मधेश एक देशको परिकल्पनामा जान हाम्रा पहाडी मूलका नेताहरुलाई यसमा ल्याई बाह्य बुहमत मात्र ल्याउने तरिका हो । वर्तमानको संरचनाको सिट संख्यामा भौगोलिक आधारमा नै हुनु पर्दथ्यो षडयन्त्र भयो गरिएन पहाडी मूलका नेताहरु पनि चुप छन् । स्वाद र मातको प्रतिक्षामा रहेका छैनन् । कसरी भन्न सकिन्छ मदेशी नेताहरु पनि देशभक्त छन भएर पनि विश्वास गर्न पुर्व उपराष्ट्रपति प्रमानन्द झा जस्ताले गुमाई दियो । नेपालको प्रधान न्यायाधीश भएर पनि न्यायालयको विरुद्धमा षडयन्त्र गर्ने कानून विदको अपहेलना गर्ने नेपाली पन निसानीलाई लोप गराउन खोज्नुले मात्र विश्वास गुगेको हो । पहाडी क्षेत्रको सुरक्षा र विकासका लागी समानुपातिक हुनुपर्छ भौगोलिक राजनीतिक सिमानाको विभाजन नै गलत गर्यो हुनु हुदैन ।
राष्ट्रले विश्व माझ आफ्नो बेजोड पहिचान राखेकोले कायम रहन दिनुपर्छ भन्ने अडान ठूला नेता सूर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर जस्ता नेताहरुले राख्न सकेनन् । अन्तमा अडानमा रहन खोजेका कलमथापा पनि उतै विलय भए भने सामान्य तर विद्वान सभासद रमेश लेखक जस्ताहरुको ध्यान पनि उतै मोडियो साराका सारा यो देशको नाम मेटाउनमा तत्लीन रहे र रही रहेका हुँदा यस देशका थप विद्वानहरुले नलजाई, नसर्माइ नडराई यथार्थ तर्फ जनताको भावनामा सरिक हुनै पर्ने हामी देख्दछौं । अन्यथा यो देश भ्रष्टाचारमयी भएर अराजकता तर्फ दगुर्नेछ यसमा दुविधा छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *