सेती महाकालीले देबी देवतालाई नुहाउने पर्व विजया दशमी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सेती महाकाली भित्रको देबभूमी कैलास मान सरोबरको उपस्थितीमा सेती महाकालीले यहाका देबस्थलहरुमा रहेका देबताका बासस्थान मानिएका त्रिपुरा सुन्दरी, डिलासैनी, निङ्गलासैनी लगायतका सात बहिनीको रुपमा रहेका भगवती तथा जगन्नाथ, सिद्धबाबाका रुपमा रहेका मठमन्दिरमा राखिएका निसानीहरुलाई सेती महाकालीले वर्षमा एक पटक नुहाउने गरेका छन् । यहाका मानिसहरु भोज भतेर खानपीन भन्दा पनि ९ दिनसम्म उपबासमा रही देबी देवताको भक्तिमा रमाएका छन् र हरेक वर्षको विजया दशमी तथा चैत्रा अष्टमीमा पुजाआजा गरी रमाउने गर्दछन् । यहाका आगन्तुक कुरिती, मासुदारुबाट हाम्रा युवाहरु टाढा छन् भन्न भने सकिने अबस्था छैन ।
महिलाहरुको विशेष वर्ष गोःरा भए पनि महिलाहरु धार्मिक तथा संस्कृति जोगाउनमा तल्लीन रहेका हुन्छन् भने पुरुष महिला स्थानिय लोक संस्कृति मौखिक एतिहास बचाउन खेल, गित, डेउडा, ढुस्कु धुमारीका साथै पुराना बिर विरगांना पैकेलाहरुको अलिखित मौखिक इतिहास सार्दै धर्म संस्कृतिको संरक्षणमा लागेका हुन्छन् । यसो भन्दैमा यस क्षेत्रको इतिहास मेटाउने तर्फ कोही लागेका छैन भन्न भने सकिने अबस्था छैन । द्वन्दकालमा अचाकली गर्ने घमण्डीहरुबाट तोडिएका मुर्ति लुटिएका केही मन्दिरहरुको मर्मत सम्भार पनि भई रहेका मात्र नभई आफुले गरेका गल्तीको माफी माग्दै मन्दिरमा राती राती गएर माफी माग्दै आस्थाका साथ सामान्य पुजापाठ गरिरहेका प्रमाण स्थलमा देख्न सक्छौ । ऋण निकालेर भोज मोज मस्ती गर्ने परम्परा न थारु जातीमा छ न पहाडी समुदायमा केबल देबी उपासना पुजापाठमा मात्र रहेको देखिन्छन् यहाका जनता, त्यसैले यस क्षेत्रलाई मानस क्षेत्र भन्ने
पौराणिक इतिहास छ ।
वर्षमा एक पटक पृती पक्ष हुन्छ सुपका जनताहरुले आफ्ना जिवित पृतिलाई बृद्धाश्रममा राख्न खोज्दैनन् र पुर्ण पृतित्व प्राप्त गरेपछि देवताकै रुपमा पृति श्राद्ध्य भक्तिभावले गरिन्छ । त्यसैगरी देव पर्वमा देवताहरु धेरै ठाउँमा साँझा तरिकाले र धेरैले नितान्त निजी तरिकाले पनि देव पुजन गरि भक्तिभाव दर्शाउने गरेका छन् र त्यसैले तानाशाहका बेला राणाशासन पुर्व र मध्य समयमा जब ठालुहरुले जनतालाई शोषण गर्दथे त्यसबेला पिडितले कराउने ठाउँ मन्दिर नै हुन्थे, भक्तिभावले कराएर सहायता मागेमा देव शक्तिले पिडकलाई यातना दिने गरेका प्रमाणहरु यदि हामीले खोज्ने हो भने ७ नं. प्रदेशकै बैतडी जिल्लाको पुर्चौडीको प्रख्यात देवता निमुन, बझाङको बुगल ठाउँमा जसैराज, दल्लादेहीको भौतोले अगोडेता जस्ता विभिन्न देवताका बहानहरु मार्फ अन्यायीलाई माफी माग्न र क्षतिपुर्ति भराउने गरिएका थिए, त्यसको प्रमाण अझै समग्र भागमा बुझ्न पाईनेछ । जस्तै द्वन्दकालमा मठमन्दिरमाथि गरिएको अन्याय अत्याचार र हेपाई गरेका
ठाउँहरुका मठमन्दिरहरुमा राति राति चोरेर बली दिने पुजापाठ गर्ने गरेका आधारमा पनि भन्न सकिन्छ कि मन्दिरमाथि लुटपाट अन्याय गर्नेले माफी मागेको हो भन्न अनुमानले मात्र हैन देख्नेहरु पनि अझै जिवित छन् । त्यस कारण यहाँका जनताले देवी देवताहरुमाथि गरेको सद्भावनाले मात्र सबैले निर्भयका साथ बस्न पाएका छन् । अन्याय अत्याचार गर्नेको अवस्था एकदम नाजुक भएकोले जानी जानी अन्याय गर्न कोही रुचाउदैनन् तैपनि विकृत समाजमा त्यसबाट अछुतो भने रहन सकेको छैन । केही उच्च श्रद्धाको लागि आत्मालाई शान्ति दिन र बल प्रदान गर्न देव तथा पृतिहरुको सेवामा तल्लीन भएका यहाँका जनताले कहिल्यै छोड्न्े छैनन् यो यहाँको धर्म संस्कृति अटल रहेको छ र यसैगरी भारतको कुमाउ क्षेत्रमा र डोटी प्रदेशमा समान रुपले भोजभतेर भन्दा घर, गाउँ,विश्व नै शान्तिमय रहोस् भन्ने चाहना बोकी द्विप प्रज्वलन गरी प्राथनामयी समाज बनेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *