दशैं मनाउन घर फर्किनेको घुईचो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ असोज
हिन्दुहरुको महान पर्व दशै घर आगँनमै पुगेपछि भारतवाट घर फर्किनेको घुईचो लागेको छ । नेपालीहरु महेन्द्रनगरसंग जोडिएको पश्चिमी नाका गड्डाचौकी नाका र धनगढीसंग जोडिएको गौरीफन्टा नाका भएर भित्रिन थालेका हुन् । झण्डै एक सातादेखि घर फर्किन सुरु गरेका नेपालीको सङ्ख्या अहिले दोब्वर तेव्वरले बढेको छ ।
भारतका विभिन्न स्थानमा रोजगारी गरी दशैँ मनाउन असोजको दोस्रो सातादेखि घर फर्किनेको संख्या बढेको छ । सीमा नाका क्षेत्रमा अहिले घर फर्किने नेपालीको घुईचो लागेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब
निरीक्षक पदम बुढामगरले दैनिक ४ हजारदेखि ५ हजारको हाराहारीमा नेपाली घर फर्किन लागेको बताए । उनका अनुसार सबैभन्दा बढी बिहानको समयमा फर्किने गरेका छन् भारतबाट मजदुरी गरेर घर फर्किरहेका नेपालीलाई सुरक्षित यात्राका विषयमा जानकारी गराइरहेको उनले बताए ।
बषौँदेखि मजदुरी गरि घर फर्किने नेपाली मजदुर भारतीय तथा सीमा क्षेत्रमा लुटिने क्रम भने जारी छ । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीसँगै डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाम तथा मध्यपश्चिमका कालिकोट, जुम्ला, दैलेख, मुगु, सुर्खेत लगायतका जिल्लाका नागरिक अहिले गड्डाचौकी नाकाबाट भित्रिरहेका छन् ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भारतबाट घर फर्किने मजदुरको भन्सारमा चेकचाँचका लागि सहज वातावरण बनाएको बताए । उनका अनुसार मेसिनका माध्यमबाट समान चेक गरिन्छ । हरेक दशैँ तिहारका बेला नेपाली मजदुर लुटिने गरेपनि सरकारी निकायबाट सुरक्षित
यात्राका लागि नीतिगत प्रभावकारी व्यवस्था नहुँदा मजदुर जहिले पनि लुटिने गरेको उनको भनाई छ ।
त्यस्तैगरी भारतीय प्रहरीले नेपाली माथी गर्दै आएको दुर्वव्यवहारका घटनामा निकै कमि आएकोले आवागमन विगतको तुलनामा निकै सहज भएको घर फर्किनेहरुले प्रतिक्रिया दिएका छन् । आवागमनलाई सहज बनाउनका लागि गौरीफन्टा सीमा नाकामा नेपाली प्रहरीको छुट्टै नागरीक सहायत कक्ष छ भने सशस्त्र प्रहरी र भारतीय एसएसवीको सयुक्त सहायता कक्ष पनि स्थापना गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले अहिले आवागमनमा कुनै समस्या नभएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले नाकामा प्रहरीले केही दिन यता कुकुर प्रयोग गरेर चेकजाँचामा पनि कडाइ गरेको बताए । नाकामा चेकजाचका लागी फुच्चे र राजा नामका दुइवटा तालिम प्राप्त कुकुर ल्याईएको उनको भर्ना छ ।
नजिकै आईरहेको दशैंका लागि मुग्लानबाट घर फर्किरहेका नेपालीहरुलाई यसपाली सीमा क्षेत्रको आवागमन विगतको तुलनामा सजिलो भएको डोटी जोरायलका अनिल साउदले बताए । विगतमा भारतमा रोजगारी गर्दै आएका नेपालीहरु दशैंका लागि घर फर्किने क्रम सुरु भएसँगै सीमा क्षेत्रमा भारतीय कष्टमका कर्मचारी, भारतीय बनका कर्मचारी र नेपाल प्रहरीले समेत रकम असुली गर्ने गरेका थिए । तर यसपाली सीमा क्षेत्रको आवागमन निकै सजिलो भएको कैलाली चौमलाका रमेश साउदको भनाई छ । विगतका बर्षहरुमा वर्षभरी कमाएको सानो रकम ल्याएर दशैका बेला घर आउने नेपालीहरुबाट भारतीय भन्सार र बनका कर्मचारी मात्रै होईन भारतीय सुरक्षाकर्मीहरुले पनि कम्तीमा पनि सय रुपैया देखि एक हजार रुपैयासम्म रकम लिने गरेको गुनासो आउने गरेको थियो । तर अहिले चेकजाँच गरेर सजिलै आउने दिईरहेको प्रतिक्रीया दशैँका लागि घर फर्किनेहरुको छ ।
सिमा क्षेत्रमा हुने असुलीमा कमि आएपनि पुर्ण रुपमा बन्द भने भएको छैन् । अहिले पनि भारतीय पक्षले मौका छोपेर सय, ५० असुल गरिरहेको कतिपय नेपालीहरुको प्रतिक्रीया छ । यस्तै सिमा क्षेत्र सम्म पुग्नका लागि सवारी चालकहरुले ठग्ने, सिमा क्षेत्रबाट धनगढी पुग्दा सम्म रिक्सा चालकहरुले ठग्ने गतिविधि भने अहिले पनि जारी रहेको उनीहरुले बताएका छन् । गौरीफन्टाबाट धनगढी बसपार्क सम्म पुगेको अहिले पनि रिक्सा चालकहरुले ४, ५ सय भारतीय रुपैया लिईरहेका छन् । भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरुलाई यसपाली घर फर्किने नेपालीमाथि कुनै पनि किसिमका दुव्र्यवहार नगर्न कडा निर्देशन आएको बुझिएको छ । जस्ले गर्दा दशैँका लागि घर फर्किने नेपालीहरुलाई अहिले आवागमनमा केहि सहज भएको पनि दावी
गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *