सडक बत्ती नहुदा हिडडुलमा समस्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर २७ असोज
कञ्चनपुरको महेन्द्रनगर बजार आसपासका क्षेत्रमा सडक बत्तीको मर्मत सम्भार हुन नसक्दा बजार अध्यारोमय बनेको छ । दशैतिहारको बेला झिमिमिली हुनुपर्नेमा बजारका विभिन्न ठाउँ ठाउँमा कतै बल्बहरु फ्युज भएका छन भने कतै जोडिएका पनि छैनन् । बजार क्षेत्रमा नगरपालिकाकाले जडान गरेका बत्तिहरु काम नलाग्ने अबस्थामा पुगेपछि बजार क्षेत्र रात्रिकालिन समयमा अन्धकार हुने गरेको हो । सडक बत्ति नहुदा रातिको समयमा सडक दुर्घटना तथा चोरी डकैति हुन सक्ने भन्दै स्थानिय सर्बसाधारण चिन्तित भएका छन ।
नेपालीहरुका महान चाँड दसैतिहार सुरु हुदा पनि बजार क्षेत्रलाई सम्बेदनसिलताका आधारमा सडक बत्ति जडान गर्नेुपर्ने भन्दै आम ब्यबसायीले त्यस तर्फ भिमदत्तनगरपालिकाले ध्यान नदिएको गुनासो गरेका छन । बजार तथा आसपासका क्षेत्रका पोलमा सडक बत्ति झुन्ड्याईएको छन तर बिजुली बल्ने कुरा भिमदत्त नगरपालिकाको योजनाको कथाको भित्रको ब्यथा जस्तै भएको आम सर्बसाधारणको भनाई रहेको छ । भिमदत्त नगरपालिकाले सडक बत्ति जडान गर्दा गुणस्तरहीन बल्बहरु जडान गर्ने गरेका कारण जडान गरिने बत्तिहरु दिगो हुन नसकेको स्थानिय हिक्मत भट्टले बताए ।
भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट लगायतका अन्य ब्यक्तिहरुलाई सडक बत्ति जडान गरीदिन आग्रह गरेको भएपनि बेवास्था गरेको समेत स्थानिय हर्क बोहराको भनाई रहेको छ । भिमदत्तनगरपालिकाको उज्यालो भिमदत्त कार्यक्रम कार्यक्रम र बजेटमा सिमित रहेको कतिपयको भनाई रहेको छ । भिमदत्त नगरपालिकाको पुरै बजार क्षेत्र, झोलुङ्गे जाने सडक,महेन्द्र राजमार्ग, भाषि जाने बाटो, लगायतका थुप्रै क्षेत्रमा रात्रिकालिन समयमा सडक बत्ति नहुदा यात्रा गर्न समेत डरलाग्ने गरेको छ । उता नगरपालिकाले छिट्टै बजार तथा आसपासका क्षेत्रमा सडक बत्ति जडान गर्ने बताएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *