जंगली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी खटाइने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ असोज
कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाको वडा नं १, २, ३ र १२ मा एक सातादकेखि उपद्र मच्चाउदै आएको जंगली हात्तीको झुण्ड नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली खटाइने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला शुरक्षा समितिको बैठकले हात्ती भगाउनका लागि पटाका, ट्रयाक्टर सहित वन सुरक्षाकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले वन शुरक्षाकर्मीले पटाका, ट्रयाक्टर सहित हात्तीलाई भगाउने र शुरक्षाकर्मीको टोलीले हात्ती प्रभावित क्षेत्रमा गस्ती गर्ने निर्णय गरिएको बैठकमा सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले बताए । ‘आवश्यकताका आधारमा शुरक्षार्मीले हवाईफायर गर्ने निर्णय समेत गरिएको छ’ उनले भने । भारतीय दुधुवा नेशनल पार्क बाट दुई साता अघि २८को संख्यामा रहेको जंगली हात्तीको झुण्ड यहाँ पुगेर उपद्र मच्चाउन थालेको हो ।
हात्तीको झुण्डले सात दिनको अबधिमा स्थानिय बासिन्दाका सात वटा घर भत्काउनुका साथै घर भित्र राखेको अन्न सबै खाएर विचल्लीमा पारेको छ । घर भत्काएका परिवार आफन्तको घरमा बस्न बाध्य भएका छन । हात्तीको झुण्डले घर भत्काएपछि परिवारले भागेर ज्यान जोगाएको धनविरे सार्कीले बताए मजदुरी गरेर ल्याएको घर भित्र राखेको अन्न समेत हात्तीले खाए पछि परिवार पाल्नका लागि निकै अप्ठेरो
परेको उनले बताए । खेतमा भित्राउन तयार रहेको २० विघा बढी क्षेत्रफलमा लगाईएको धानबाली खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुरयाएको छ ।
स्थानीय सिद्ध बैजनाथ माध्यमिक विद्यालयको पर्खाल समेत हात्तीको झुण्डले गएराती भत्काएको छ । हात्ती रातीका बेला खेत र बस्तीमा छिर्न थालेपछि स्थानिय बासिन्दा रात भर जाग्राम बस्न थालेका छन् ।
यसैबीच, प्रदेश सभाका सदस्य लालबहादुर खडका र शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले हात्तीले धानबालीमा नोक्सान गरेका किसानलाई भेटेर धानबालीको क्षति बारे जानकारी लिएका छन् ।भारतीय दुधुवा नेशनल पार्कदेखि लालझाडी, शुक्लाफाँटा पसेको हात्तीको बथान गाँउतिर आतङ्क मच्चाउन लागेको हो । हात्तीको बथानले किसानको खेतबारी देखि घरटहरासम्म आतङ्क गरिरहेको छ ।
गयराती पनि हात्तीको बथानले कञ्चनपुरको शुक्लफाँटा नगरपालिकाको ग्रामीण भेगतिर धानबाली नष्ट गर्नुका साथै पाँच किसानका घरटहरा भत्काई दिएको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा तीन र १२ कालागौडीमा दुई वाढीपीडितका घर टहरा भत्काईदिएको छ । बस्ने घर भत्काएपछि उनीहरुको विचल्ली भएको छ । हात्तीले दशैँकै मुखमा घरै भत्काएर भग्ना अवशेष मात्रै राखिएको छ ।
नगरपालिका–१ बन्साहकी पार्वती सार्कीको घर भत्काएर नामेट बनाईदिएको छ । सार्कीको घर पुरै भत्काईदिएको छ । राती १० बजेतिर एक्कासी घरनिरै पुगेका हात्तीले घर भत्काउन शुरु गरेपछि छोरासहित हामी भागेर बाँचेको पार्वतीले बताईन् । ‘राती खानाखाएर सुत्नेबेला भएको थियो, ‘उनले भनिन्, ‘एक्कासी हात्तीको एक बथानले घर भत्कायो ।’
पार्वतीको जस्तै बन्साहकै मोहन विक र धनबिर सार्कीको घर समेत भत्काएको छ । तीनै जनाको घर भत्काएर घरभित्र रहेको अन्नबाली समेत खाईदिएको उनीहरुको बताएका छन् । दशैँका बेला घरै भत्काईदिएपछि आफुहरुको विचल्ली भएको पीडितले बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका सन्तराम राना र सन्तु रानाको घर समेत भत्काएको छ । उनीहरु दुवैको घरको पर्खाल भत्काएको छ । सन्तरामकी श्रीमती जिङ्गादेवी रानाले एक्कासी आफ्नो घरमा पुगेको हात्तीको बथानले घरको उत्तरतिरको पर्खाल भत्काउने भागेर हल्ला गरेको बताए ।
गाउँमा हात्ती आएको हल्ला गरेपछि उनीहरु जंगलतिर भागेको उनले बताईन् । यस्तै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहको सिद्धबैजनाथ माध्यामिक विद्यालयको पर्खाल समेत भत्काएको छ । झण्डै ३० मिटर जति पक्की पर्खाल भत्काईदिएको हो । गयराती शुक्लाफाँटा नगरपालिका– १, २ र १२ का विभिन्न स्थानीयको धानखेती समेत नष्ट गरिदिएको छ । जंगली हात्तीको बथान पुर्वदेखि पश्चिमतिर आउँदा विभिन्न स्थानीयका धानखेती नष्ट गरेको थियो । स्थानीयका अनुसार रामिद डगौरा, भीम भट्ट, बिन्दु रानजा, सम्मुनराना, गणेश प्रशाद भट्ट, हरिदत्त भट्ट, बसन्त जोशी, कालु सिह कुँवर, जनक अवस्थी, गणेश जयराज ओझा, भीम सुनार, धन कुँवर, गण कुँवर लगायतका स्थानीयको धानखेती नष्ट गरिदिएको छ । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले हात्तीबाट पीडित किसानको राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारका तर्फबाट पहल गरिने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लाल बहादुर खडकाले जंगली जनावरको आतङ्क रोक्नका लागि अल्पकालिन र दिर्घकालिन योजनाका लागि पहल गरिने बताए । शुक्रबार जंगली हात्तीको नियन्त्रण र हात्तीबाट क्षति भएको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले हात्ती धपाउने पटाकादेखि आवश्यक परे हवाई फायर गर्ने निर्णय भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारीले हात्तीले पाँच घर भत्काएका पीडित परिवारलाई रेडक्रसबाट त्रिपाल, राहत भाँडाकुडा खानेकुरा उपलब्ध गराउने निर्णय भएको बताए ।
यस्तै हात्ती धपाउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पटाका उपलब्ध गराउने, निकुञ्जका टेक्टर उपलब्ध गराउने, सामुदायिक वनबाट हात्ती धपाउनका लागि आगो बाल्न, ढलापढा कुडा उपलब्ध गराउने, थप सुरक्षाकर्मी परिचालन गर्ने र स्थानीय मदिरा पुर्ण बन्द गर्ने निर्णय भएको छ । भविष्यमा हात्ती नियन्त्रणका लागि विद्युतीय तारबारका लागि प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *