जन्म दिने आमा र देशभक्ति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एक युवक र युवतीको परस्परको माया केवल जवानी को हो । जव सम्म जवानी मौजुद रहन्छ माया पनि स्थिर मौजुद रहन्छ तर आमा प्रतिको माया र छोरा प्रति आमाको माया निश्वार्थी रहन्छ । देशप्रतिको माया अमर रहनै पर्दछ र रहन्छ पनि । मानिसको स्वभाव प्रकृतिले नै देशभक्ति बनाएको छ । हिन्दुधर्मले त देबी देवता सबै आमा बाबु हुन आमा प्रति र देशप्रतिको प्रेमको बारेमा लेखेकै छन् ।
एक आमाबाट बहुगुण भएका विविध सन्तानको जन्म हुन्छ त्यस्तै देशमा पनि बहुजाति बहुधर्म बहुरिती रिवाज हुन्छ केवल एकता देशप्रेममा अडिएको हुन्छ । प्रेम पनि बाध्यात्मक र भित्रैबाट पवित्र आत्माबाट उत्पन्न हुन्छ । २ युवा युवतीको पवित्र प्रेममा दैबी विपत्ति आउन सक्छ । जोडी छिन्नभिन्न हुन सक्छ र दुई मध्ये यौटाको मृत्यु हुन पनि सक्छ खासगरी हाम्रो समाजले वंश जोगाउन निसन्तानले अर्को बिहा गर्दछ
घरमा मृत्यु भैसके एकल पुरुषले केही वर्ष पवित्र प्रेमको लागि जीवन विताउछ तर वंश रोकिने हुदा मात्र दुखि एकल महिलालाई अपनाउछ र बाध्यात्मक प्रेमको वन्धनमा रहनै पर्ने हुन्छ । तर देश पे्रममा त्यस्तो हुदैन देश प्रेमले जवानी खोज्दैन देशप्रेमको डोरीले वालक बुढो भन्दैन जवान र बृद्धमा समान रुपमा देश प्रेम हुन्छ ।
देशप्रेमकै लागि नथ्थुराम गोड्सेले भारतका महान व्यक्तित्व अहिंसाका पुजारी महात्मा गान्धीलाई गोली हानी मार्यो । गोली लाग्ने बेला उनी जिवितै थिए र भन्नुभयो मलाई गोली हान्ने व्यक्तिलाई फासी नदिनु भनेर अन्तिम वाक्य बोलेका थिए । केवल उनले मुस्लिम र हिन्दुमाथिको झगडा नहोस् भनेर पाकिस्तान र भारतलाई अलग दुई देश हुनमा सहमती जनाएका थिए । गोड्सेको भनाई थियो देश टुक्रियो, र गोली ठोके भन्ने थियो ।
यस्र्तै छ देशप्रेम भईदिएको भए नेपाल आमाको काखमा बसेर पुर्वको मेचीदेखि महाकालीसम्मको भूभाग नेपालको होईन, यो एक मधेश एक प्रदेश हुनुपर्छ र छुट्टे राष्ट्र बन्नुपर्छ भन्ने नेपाल आमाका कुपुत्र सिके राउत जस्ताहरुको आगमनबाट प्रष्ट हुन्छ कि यिनीहरु देशप्रेमी होईनन् कि देश द्रोही हुन् । यति हुँदाहुँदै पनि नेपाल आमाप्रति नेपाली जनताको आस्था, मायाप्रेम झन बढीरहेको छ र बढिरहने छ । अव कुरा आयो यस देशका जिम्मेवार व्यक्तिहरुले देश भक्तिको भावनामा डुबेर नेपाली जनताको सेवा गर्नु नै मुख्य प्रेम ठहरिने छ ।
आज पुस्तकका पाना पानाहरुमा देश भक्ति देखाई राखेका छौ । ऐन कानून बनाई राखेका छौ तर हामीलाई हिम्मत छैन ऐनको यो दफाले यो सजाय हुनुपर्छ भन्ने किटान गरिएको भएपनि किताबमै सिमित छ, ऐन कानून निर्धाहरुको देखिएको छ बलवानहरु तथा नेताहरुको लागि चैन भने झै भएको
छ । यी विभिन्न कुराहरुको मनन् गर्ने हो भने देशलाई विखण्डन गर्ने जानी जानी नीनि बनाएको सरकारले होइन विदेशी दलालहरुले नेपाललाई कसरी विखण्डित गर्न सकिन्छ भनेर कुटिल चाल चलि नेपाली जनतालाई थाहा नै नहुने गरी सरकारको अलमलमा नेपालमा अनियमितता हुन सक्ने योजना बनाई देशभर आफ्ना योजनाको जात विछाई सकिएको छ । त्यस कारण नेपाल प्रतिको आफ्नो दायित्व नेताहरुले पनि भुल्नु हुदैन । यहाँ नेताहरु भुलिरहेको महसुस हुन्छ किन भने तयारई क्षेत्रमा बढी उब्जनी हुन्छ, सेवा सुविधा पनि उपलब्ध छ तर पहाडी क्षेत्रका जनताले कठिनको जीवन बिताई राखेका छन् जति ठूलो जिल्ला भए पनि त्यहाँका सांसद सिट संख्याहरु घटाई सुविधा भएको ठाउँका सिटहरुमा बृद्धि गरेको छ ।
बैतडी, दार्चुला, डडेल्धुरा विकट जिल्लाहरुका नेताहरु समेत त्यहाँका सिट कटाई आफूले सुविधा पाउने ठाउँमा सारी सकेका छन् । पहाडी जिल्लामा असुविधा हुने भएकोले नेताहरुले तराईको जस्तै सुविधान गर्न नसके पनि बरु सभासद आफ्नै सरुवा (सराईबसाई) तराई तिरै गरेका छन् । पहाडतिर रहेका आफ्ना जनताको बारेमा कुनै वास्ता छैन भने यी नेताहरुलाई हामी कसरी भन्न सक्छौ राष्ट्रप्रेमी हुन भनेर ?
सुविधायुक्त ठाउँमा जानुभन्दा आफू बसेकै ठाउँलाई सुविधायुक्त बनाउनु जरुरी हो मनुष्यको धर्म हो । पहाड जिल्लाहरुबाट तराई तर्फ झरे । तराईबाट काठमाडौं र काठमाडौंबाट विदेश तिर पलायनत भएका छन् । र उनीहरु आफूलाई गौरवशाली ठानीरहेका छन् । देशप्रतिको माया विदेशमै लगेर राख्नु नेपालीहरुको हितमा देखिदैन । यदि देशप्रति माया भयो भने हरेक देशको उन्नति यहाँका जनताले स्वयम् गरिहाल्छन तर कोही भ्रष्टाचार गर्ने निस्के र अरुले पनि उनैलाई मान्यता दियो भने स्वः देश निर्वल हुन्छ भन्ने कुरा जनप्रतिनिधिहरुले बुझ्नै पर्ने हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *