अस्पतालहरुमा डाक्टरको उपस्थिति रहनु पर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विश्वभरीमा नेपाल बाहेक अरु सबै सरकारी अस्पतालहरुमा सम्बन्धित सबै विभागका डाक्टरहरु चौविसै घण्टा उपस्थित रहेका हुन्छन तर नेपालको प्रदेश नं. ७ मा धनगढी अस्पताल बाहेक अरु कुनै अस्पतालमा पनि डाक्टर दरबन्दी अनुसार उपस्थित भएका छैनन् ।
पैसा जनताका छन व्यवस्थापन मात्र सरकारले गर्ने हो । यदि नेपालमा डाक्टर छैनन् भने विश्वका कुनै पनि देशबाट डाक्टरको लागी (भ्याकेन्सी) विज्ञापन प्रकाशित गरी बोलायो भने आउन सक्छन् र सेवा सुविधाको हकमा करारनामा बमोजिम लिने दिने गर्यो भने कुनै पनि विरामीको उपचार गराउन विदेश जानुपर्ने थिएन । सबै कुरा त देशले आयात गरेकै छ भने डाक्टर आयात गर्नमा किन दुविधा गर्ने । जनतालाई डाक्टर चाहिएका छन्, डाक्टरलाई रोजगारी, रकम जनताको छ भने सरकारले जनतालाई सुविधा पाउनबाट किन बन्चित गर्ने ? प्रत्येक पालिकाहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पनि डाक्टरको निरन्तरता हुनै पर्दछ । यदि नेपालमा डाक्टरहरु रहरको लागी मात्र पढेका हुन उपचार गर्दैनन् भने किन राख्ने ?
यति गरेर पनि डाक्टरको प्रयाप्त व्यवस्था हुन सक्दैन भने एमविविएस गर्नलाई सरकारले आफ्नो लगानीमा पढ्ने विद्यार्थीसँग सम्झौता गरी १० या १५ वर्षसम्म फलानो अस्पतालमा सेवा गर्नुपर्ने छ भनेर पढाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने देखिन्छ । महेन्द्रनगरकै विषयमा कुरा गर्दा २०२८ सालसम्म स्वास्थ्य केन्द्रको रुपमा रहेको महाकाली अञ्चल अस्पतालमा हाल न दरबन्दी अनुसारका डाक्टर छन् न भएका डाक्टरहरुको पनि निरन्तर उपस्थिति छ । त्यस कारण यहाँका जनताले बनबासा, खटिमा, बरेली लगायतका अस्पतालहरुमा धेरैजसो विरामीहरु स्वईच्छाले जान्छन भने केही विरामीहरुलाई रिफर गरिएको हुन्छ भने महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पतालले मेलमिलाप गरेर विरामीलाई रिफर गर्नुभन्दा विषयगत डाक्टरहरुलाई दुवै अञ्चल अस्पतालहरुले डाक्टरलाई सेवा आदानप्रदान गर्नुपर्नेमा त्यसबारे कुनै सहमती नै नगरी भारततिर तथा कैलाली, नेपालगंज रिफर गर्ने गरेको पाइन्छ । यी सबै डाक्टरहरु एउटै मेडिकल कलेजमा पढेका हुन भने बनबासाको डाक्टर कसरी योग्य भयो र महेन्द्रनगरका डाक्टर कसरी अयोग्य भए ? त्यसबारेमा कुनै ध्यान गएको पाईदैन । त्यस्तै औषधलाय तर्फ विचार गर्दा अटिमामा राम्रो र सस्तो पाईन्छ भनेर महेन्द्रनगरका समाचार माध्यमहरुले विज्ञापन प्रचार प्रसार गरेका हुन्छन् जबकी भारतको भन्दा औषधीहरु नेपालमा सस्तो पाइन्छ । यति हुदाँहुँदै पनि हामी के गर्छौ भने विज्ञापनबाट पैसा पाउछौ भनेर नेपालका हरेक मिडियाहरु भारतीय औषधी र डाक्टरकै बारेमा प्रचार प्रसार गरिरहेका हुन्छन्, । त्यही प्रचार प्रसारको आधारमा पनि नेपालीहरु भारतमा गएर ठगिएका हुन्छन् उताको विश्वास नभएपनि नेपाली अखबारहरुले प्रचार गरेका कारण विश्वासमा परी ठग्ने पनि गरेका छन् ।
जस्तै बरेलीको महाजन अस्पतालमा १ सय रुपैयमा पाईने औषधी निश्चय नै ८० रुपैयामा पाइन्छ भने उता कसरी सस्तो भयो सस्तो भएको प्रमाण के छ त्यो जनता बुझ्न सक्दैन तर हामीले त्यहाँको अस्पतालबाट औषधी किनेर ल्याई विल समेत साथमा रहेको छ बुझ्दा यतिको फरक हुँदाहुँदै पनि किन भारतमा सस्तो छ भनेर कसरी भन्न सकिन्छ । महाकाली अञ्चल अस्पतालमा सबै साधान स्रोतहरुको कमी छैन, भौतिक सामग्रीहरु हुँदाहुदै यहाँ मेनपावरको अभाव किन हुन्छ,यसमा दोषी सरकार कि जनता ? जनताको कुरा गर्दा पनि खासै कुरा नबुझी उपचारमा केही फरक पर्न गएका ढुंगामुडा गर्ने र गालीगलौच गर्ने बानीबाट मुक्त हुन सकेका छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *