चाँड पर्वहरुको बिबेचना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महान चाडपर्व विजया दशमी तिहार लगायतको प्रारम्भ भई सकेको छ । यिनको उपलक्ष्यमा सिमित नरहि सदैब आत्मज मानव जाति प्रति मङ्गलमय शुभकामना छ । बस्तुतः केही विश्लेषण गर्नु पुर्व स्पष्ट पार्न चाहन्छ कि कुलदेबी माता त्रिपुरासुन्दरीको आराधना गरी रहन्छु आफ्नो श्रद्धा विश्वास छ । दशैमा भगवतिको पुजा आराधना उत्सब पाठ पुजा बन्दना गर्ने भनिन्छ । यी सबमा आफ्नो कुनै सहभागिता हुन आबश्यक लाग्दैन किनभने भक्तिको स्थान मिथ्या दैब आडम्बर अहङ्कार बैभब प्रदर्शन र आर्जनमा लिप्त भएको हुनाले कुनै रिखी पण्डा पुजारीलाई पोषण गरेर धर्मका नाममा व्यवसाय गर्ने गराउने कार्य आध्यात्मिक बिषय हुन सत्तैmन । मन्दिरहरु आस्थाका केन्द्र हुनु पर्ने हो ।
अन्तःस्करणको पवित्रता शुद्धता हराएर जानु भत्ति र श्रष्दा भित्र पर्न सक्तैन, यी चाडपर्व रईस, नवधनाड्य, नवसामन्त खोल ओडेका छटमभेणी ऐश्वर्यको प्रदर्शनमा रुचि राख्नेहरुका लागि प्रितिकर हुन सक्लान् तर अभाव रोग भोक र त्रासमा बाच्न बाध्य भएका वा पारिएका निर्वलहरुका लागि थप बोझका रुपमा वर्षभरी ऋणको भारी बोकाउने परिस्थिति सुखद हुन सक्तैन । झण्डै १०÷१२ अरव भन्दा बढी मासु आयात गर्दै भोज भतेर गर्ने परिपाटी हितकारी नभएर विनाशक भई रहने यथार्थ लाई बदलिदो आधुनिक परिवेशमा परिवर्तन नहुनु वा गर्न नसक्नु आश्चर्यको विषय छ । ऐश्वर्य मिथ्या आडम्बरबाट समाजमा नकारात्मक सन्देश गई रहने स्पष्ट विषय गौण बन्नु उत्साह बढाउने भन्दा पनि बहुसंख्यकलाई हीनभावनाले ग्रस्त पारीएको अनुभूति मलाई भइ रहने हुनाले पीडा व्यक्त हुनु प्रतिकात्मक हो । चाँडपर्व सकिएपछि आर्थिक बोझको भारीले उमंग उत्साहको स्थान नैराश्यताले ग्रस्त पार्दछ । कतिपय टहराबासीहरुका कथा ब्यथा सञ्चार माध्यमहरुमा सुन्दा त्यो आफ्नै आवाजको प्रतिध्वनि लाग्दछ । परिवर्तित शासन व्यवस्थाले यी तमाम विषयहरुमा चिन्तन रोक र परिवर्तन गर्ने प्रयास सम्म भएको पाईदैन ।
घटस्थापनाको विदा कटौती गर्ने पछि पुर्णीमासम्म विदा के का लागि र किन ? वास्तवमा राज्य आफै सहभागी भएर सेनाको समेत प्रयोग भएको देख्दा कस्तो धर्म निरपेक्षता भनेर संविधानले व्यवस्था गर्न खोजेको हो ? बुझी नसक्नु भएको छ । आवरणमा भिन्नै प्रयोजन राखेर कुनै पनि अभियान सफल हुन सक्तैन छाउपडी लगायत दण्डनीय कानूनी व्यवस्था गर्दै त्यससँग गहिरो सरोकारका कथित धार्मिक परम्पराहरु राज्यबाट नै महिमा मण्डित गरिन्छ भने त्यसबाट फलदायी परिमाण प्राप्त हुन सक्तैन । हामीले अतिरन्जित प्रगतिशील भनिएका दुरगामी प्रभाव पार्ने कानून निर्माण गर्यौं भनेर नियन्ताहरुले बोली रहदा नकारत्मक विपरित प्रवृति बढावा दिएर सकारात्मक सोच निर्माण हुन सकेको पाईदैन । एकातर्फ संस्कृति परम्परा अर्कोतर्फ दण्डनीय कानून सँगै चल्न सक्तैनन् बन्दको विजारोपण त्यसैबाट प्रारम्भ हुन्छ । लाखौका बली पशु हत्या गरेर रमाईलो गर्ने अर्को तर्फ पशुपंक्षी सम्बन्धी कडा कानून लागु गर्ने अन्तर विरोधी प्रचलनबाट समग्र सामाजिक संरचना छिन्न भिन्न पार्ने काम गरिएको छ । पति पत्निको नाता रिश्ता पवित्र भनि ऐनमा लेख्ने लगत्तै पति पत्नि बीचको यौन सम्बन्ध वैवाहिक बलात्कार भनेर जघन्य अपराध परिभाषित गर्ने लगायतका व्यवस्थाहरु सही अर्थमा “गोख्र्यौल” मा रुपान्तरित भए जस्तो लाग्दछ ।
उपासना अन्तश्चेतनाको विकास शुद्ध पावन सदाचारी नैतिक मुल्य र मान्यतामा आधारित परम्परा पद्धतिका विकास नै सही अर्थमा प्रफुल्लित पार्ने अध्यात्म हाम्रो महान हिन्दु संस्कृतिको मर्म हो तर जीवनकालमा बाबुआमालाई हेला गरेर मरेपछि ठूल ठूला भोज भतेर तिर्थमा पीण्डदानका ढकोसला सर्वथा अस्वीकार्य छन । जीवनकालमा खान नदिने मरेपछि श्राद्धका नाममा रिखी पण्डित भनिएका व्यवसायीहरुलाई पोषण गर्दै भोज भतेर गर्ने जस्ता कार्य ढकोसला आडम्बर बाहेक केही हुन सक्तैन । गोदाम गर्ने भनि बाहुन बाजेहरुलाई रकम बुझाएर धर्मको पालन भएको मान्नु सर्वथा पाखण्ड र परिहास
हो । त्यसैले बस्तुगत व्यवहारिक धरातलमा उभिएर शक्तिका जीवनको काममा नै वास्तविक अर्थमा शुभकामना रहने मानयताका साथ प्रिय मानव समाज प्रति श्रद्धापुर्वक नमन गर्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *