साहित्य क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
२०२० को दशकदेखि नयाँ राजनैतिक दर्शनका लक्ष्य र प्रयोजन धमाधम स्पष्ट रुपमा देखिन थाले झै साहित्यका क्षेत्रमा पनि त्यही दशकदेखि नै आधुनिकताको अर्को नया चरणको प्रारम्भ भयो । यो नवलेखनको चरण थियो जसले नविन विषय र दृष्टिका साथै रुप विधानको खोजपट्टी पनि लेखकहरुलाई आकृष्ट गर्यो । साहित्यिक परिदृश्य बदलियो जसमा पुराना साहित्यधारा र मुल्यहरुका बिच नया सृजनात्मक आन्दोलनकारी तत्वहरु प्नि उदित भए । त्यसैले २०२० को दशकदेखि एकपछि अर्को गर्दै नयाँ नयाँ साहित्यिक आन्दोलनहरु द्येखा पर्न थाले र युवा साहित्यिक प्रतिभाहरुपनि नयाँ साहित्यिक प्रतिमानको प्रभावमा गतिशील र सिर्जनशील बन्न पुगे । २०१७ पुर्वका अबधिमा नेपाली साहित्यका विभिन्न विधाहरुमा पुर्वी पश्चिमी साहित्यका शास्त्रीय धाराका साथै उन्नाईसौ तेस्रो चरणसम्मका अधिकांश पाश्चात्य साहित्यिकबाद र धाराहरु प्रयुक्त भईसकेका थिए । आदर्शवाद, स्वच्छन्दतावाद र
रहस्यवाद, सामाजिक यथार्थवाद र प्रगतीवाद, प्रकृतवाद, मनो विश्लेषण र प्रतीकबाद जस्ता प्रमुख धारा अंगाल्दशै २०१७ साल पुर्वमा स्थापित भईसकेको थियो । यस परिप्रेक्ष्यमा २०१७ साल यता नेपाली साहित्यका विभिन्न विधाहरुमा नवलेखनको प्रयोग धर्मी उत्साहनका साथै पाश्चात्य प्रतीकवाद र प्रतीकवादोत्तर अनेक वाद र धाराहरु पनि सलबलाउन लागे । यस सन्दर्भमा उल्लेखनिय प्रतीकवादोत्तर प्रयोगहरु ह्ुन् तीब्र रतिराग, बिसंगति, अस्तित्वाद, आद्यबिम्ब, अबचेतन प्रबाह, आयामकता, स्वैर कल्पना, अबिव्य नजावाद आदि । यस श्रृङ्खलामा बिधागत परम्परित रुपको विघटनको फलस्वरुप अकविता, अकथा, अपन्यास, अनाटक आदिका नवलेखन पनि देखापर्न आए । त्यस्तै समालोचना क्षेत्रमा पनि प्रभाववादको अत्यधिक प्रयोग हुन खोज्यो ।
प्रयोगवादी कविताको एक दशक पुग्दा नपुग्दै कवितालाई पुनः संप्रेष्य तुल्याउन अर्को पूस्ताका युवकहरु देखा परे र उनीहरुले समसामयिक सामाजिक व्यङ्ग्य प्रधान संप्रेष्य नव कविताको धारा थाल्न पुगे । अकथाको यात्रा अझै चालु छ तर त्यसमा सोद्येश्य स्वैर कल्पनाको नव आयाम पनि थपिएको छ । नाटकका क्षेत्रमा पनि विगत एक दशकसम्ममा अभिव्यञ्जनावादका साथै स्वरै कल्पनाका स्वैर कल्पना समेतको नव नाट्य थालिएको छ । उपन्यासतर्फ अपन्यास भित्रै आंचलिकता र स्वैरकल्पनाको संयोजनको नव आयाम पनि गत एक दशकसम्ममा भित्रिएको छ ।
विगत अढाई दशकमा धेरै जसो शक्तिशाली औपन्यासिक कृति २०१७ पुर्व अन्य विधामा स्थापित वा नवोदित लेखहरुका उपन्यास प्रवेशबाट नै प्राप्त भएपनि उपन्यास विधाको अउपन्याससात्मक प्रयोगधर्मी निजत्वबाट पनि पुर्वोक्त सन्दर्भमा कतिपय सशक्त उपन्यास आएका छन् । निबन्ध तर्फ २०१७ साल पछिका दशकहरुमा नव निबन्धतर्फ प्रयोगक्रम ज्यादा विस्तारित हुन नसके पनि हास्यवङ्ग्य निबन्धको फाट मलिलै रह्यो । अन्य विधाहरुमध्ये यात्रा संस्मरणमा गतिशीलता बढ्दो रह्यो भने अन्तवार्ता, जीवनी, आत्मकथा आदि क्षेत्रमा पनि लेखकहरुको सृजनशीलता पुर्ववर्ती अबधिका तुलनामा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेख नै रह्यो । समालोचना तर्फ लेखक र कृतिका वस्तुनिष्ठ एवं सघन विश्लेषण तथा मुल्याङ्कनको प्रवृती २०१७ साल पछिको प्रथम दशक बित्दा नबित्दै स्थापित हुन आयो । विगत डेढ दशकमा साहित्यिक शोधको परम्परासमेत स्थापित भएको छ । नवसमालोचनाका कृति
परक तथा शैलीवैज्ञानिक प्रवृती प्रती प्रयुक्त भईरहेका छन् । साहित्यमा नवीन धाराको सुत्रपात अकारण हुनै सत्तैन । चालु साहित्यिक परम्परा भन्दा भित्र केही प्रयोग हुनुपर्ने र हुन सक्ने अनुभव नव युवा पुस्ताले गर्न थाल्दछ अनि नया विचार दृष्टिकोण र रुपको खोजको जन्म हुन्छ । यस्तो जन्मलाई कुनै वादको नाम नदिएर पनि थालिन्छ वा त्यसलाई कुनै आन्दोलनको रुप दिएर पनि थालिन्छ । नेपाली साहित्यमा पनि विगत पच्चीस वर्षको कालावधिमा पश्चिमी साहित्यका अनेक नया धारा र प्रवृतिलाई प्रविष्ट गराउने ध्यैयले यस्ता आन्दोलन तथा वादहरुको जन्म भएको पाईन्छ । कतिपय वादहरु पाश्चात्य साहित्यबाट सोझो नेपालीमा प्रविष्ट भएको पाईन्छ । कतिपय त्यस्ता वादहरु क्ेवल प्रभावको स्तरमा न्युनाधिक रुपमा भित्रिएको पनि पाईन्छ । यी वादहरु नेपाली साहित्यमा नवीन सम्भावनाको खोजेको चासोले भित्रिएको हुनाले तिनको सापेक्षिक महत्व छ । यिनमा छरछिमेकका भाषा साहित्यका प्रयोगहरुले पनि उत्प्रेरणा केही मात्रामा दिएका छन् ।
२०१७ साल देखि नै रुपरेखा र अन्य पत्रिकाहरुका माध्यमबाट नया कविता, नया कथा निवन्धका निम्ति रचनात्मक आग्रहथालिन लाग्यो । यस क्रममा नया कवितातर्फ मोहन कोईरलाको स्पष्ट अग्रणी भुमिका रह्यो । नया कथामा यौनको पैयोग तर्फ पुराना नया कतिपय कथाहरु उत्साहित रहे दौलता विक्रम विष्ट, विजय मल्ल, पुस्कर लोहनी, कुमार नेपाल, प्रेमा शाह आदि । नया कथामा विसंगति बोध प्रतीकात्मक व्यत्तजना लगायत नव रुपमा आमन्त्रणतर्फ पनि निकै कथाकारहरुले क्रमशः रुचि लिन लागे । निवन्ध तर्फ अबचेतन लेखनका सुन्दर प्रयोगहरु शंकर लामिछानेबाट हुन थाले भने भैरव अर्यालबाट हास्यव्यङ्ग्य क्षेत्रमा नया सप्रेष्य प्रयोग भए ।
सन् १९६३ मा परम्परागत साहित्यको विरुद्ध मानिसलाई सिङ्गो रुपमा प्रक्षेपण गर्न प्रवर्तित एक प्रभावशाली आन्दोलन थियो तेस्रो आयम । यसका प्रवर्तक, चिन्तक र सर्जकहरु थिए बैरागी काईला, ईन्द्रबहादुर राई र ईश्वरवल्लभ । यो आन्दोलन वस्तुता र सम्पुर्णता विषयक धारणामा आधारित छ भने जसले सम्पुर्णता वस्तुतामा समीकृत छ भने सिद्धान्तलाई मान्दछ । वस्तुताको पराभौतिक तथा अर्मुत रुपलाई यसले स्वीकार्दछ । वस्तुतात्मक अमुर्तको व्यत्तजनाको आग्रह यस आन्दोलनमा भएको हुदा यसले अनुभुतिलाई भौतिक ठान्दछ । सम्पुर्णता सम्बन्ध सिद्धान्त पनि यसै धारणामा आधारित छ । यस सिद्धान्तमा सम्पुर्णता भन्नुनै जीवनको स्वीकृती हो । अर्थ निरपेक्षतामा यसको आस्था भएकोले यथार्थसंग मिल्दो नया भाषाको प्रयोग यसमा भएको पाईन्छ । त्यो भाषा चित्रकलाको सोझो साम्य भाषा प्रयोग हो । यस आन्दोलनले विशेष गरेर कविता र त्यसपछि गद्य शैलीका क्षेत्रमा प्रभावशाली भुमिका खेल्यो । यो अभियान दार्जिलिङबाट थापिएको थियो ।
वि.सं २०२३ तिर साहित्यका वैचारिक क्षेत्रमा, उग्रता र विरोध तथा विद्रोह प्रदर्शन गर्न जन्मेका एक आन्दोलन राल्फा पनि हो । यसमा संलग्न सर्जकहरु थिए विमल, निनु, पारिजात, मन्जुल आदि । यो एउटा यस्तो सन्ततिका रुपमा देखम पर्यो जो एकातिर अस्तित्ववाद र शुन्यबाद प्रभावित थियो । भने अर्कोतिर केही पछि प्रगतीबादबाट पनि प्रभावित थियो । जीवनको निमित्त स्वतन्त्रताको पक्ष लिनु, अदृश्य सत्तामा विश्वासै नगर्नु, इतिहासलाई अस्वीकार गर्नु, समुह होईन तर व्यत्तिलाई महत्व दिनु, यौन स्वतन्त्रतालाई मान्यता दिनु, बाच्न पाउने समान अधिकारको प्राप्तीलाई स्वीकार्नु जस्ता कुराहरु यस सन्ततिका सिद्धान्तहरु थिए । सामाजिक असमानता र अन्ध परम्पराका साथै प्रचलित मुल्य, लिङ्ग तथा वर्णभेद, राष्ट्रिय सीमारेखा, जातित्वको विरोध पनि यसले गर्यो । वस्तुतः यो सन्तति संकीर्ण सामाजिक मुल्यलाई नकार्दै स्वस्थ सामाजिक वातावरणको सिर्जनाका लागि अर्गसर थियो । यसले गर्दा
राल्फालीहरुद्धारा सिर्जित कविताबादिमा विदा्रेहको स्वर तीव्र रुपमा देखापरयो । कवितामा नयाँ परम्पराको प्रारम्भ गर्न यसले निकै महत्वपुर्ण काम गर्यो ।
स्वीकृत जमात वि.स. २०२५ तिर स्थापित साहित्यिक मुल्यहरुका विरुद्ध संगठित युवा साहित्यकारहरुको समुह हो । यस समुहभित्र समाहित साहित्यकारहरु थिए –शैलेन्द्र साकार, कविताराम, अन्जीर प्रधान, प्रकाश प्रेमी आदि । दादावादबाट प्रभावित यो जमात पश्चिमको बीटगु्रप र भारतको हंग्री जेनरेशनका साथै प्रिन्स क्रोपाटकिनका अराजकतावादी विचार धाराबाट निकै प्रभावित थियो । सम्पुर्ण साहित्यिक, सामाजिक, नैतिक तथा यौनसम्बन्धी मुल्यलाई भङ्ग गर्दै यसले कृतिम जीवनको विरोध गर्यो यसले सभ्यताको कुरता तथा बर्बरताको पनि विरोध गर्यो । मान्छेलाई सम्पुर्ण बाह्य आवरण र औपचारिकताबाट नाङ्गो पारेर प्रकृत रुपमा हेर्दा कुर, राक्षसी, असामाजिक, क्रुद्ध अनुत्तरदायी आदि जे जस्तो रुपमा देखिन्छ, त्यसैको यथावत् प्रस्तुतीमा यस जमातले जोड दियो । यौनको स्वतन्त्र अस्तित्वमा यसको आस्था थियो । र यसले यौन विषय सामाजिक सांस्कृतीक स्वीकृतिको घोर विरोध गर्यो । विशेष गरेर कविता र कथा लेखनका क्षेत्रमा यस जमातले ल्याउन खोजेको नवीन धारा उल्लेखनिय छ ।
वि.स २०२६ मा राष्ट्रिय जनमत संग्रहका सन्दर्भमा कतिपय युवा कविहरुदारा सडक कविता क्रान्ति नामको कविता पाठ कार्यक्रम सञ्चालित भयो । यस कार्यक्रममा मोहन कोईरला, हरिभत्त कटुवाल र भवानी घिमिरेका साथै कैयौ समकालीन स्थापित तथा उदीयमान कविहरु संलग्न रहे । यो प्रयोग राजनीतिसापेक्ष भए तापनि नेपाली साहित्यका क्षेत्रमा यसले सोचाईको नयाँ दिशा नै प्रदान गर्यो । कवितालाई सडकसम्म ओराल्नुको अर्थ हुन्छ कवितालाई जाताको नजिकै बनाउनु र सरल सम्प्रेषणको प्रवृती अंगाल्नु । त्यसैले यस प्रयोगले कविताको श्रोता समुह तयार पार्यो । यसैका लागि यसले भाषिक जटिलताको पर्खाल भत्कायो र सुबोध्य भाषाको आग्रह राख्यो ।
समसामयिक राष्ट्रिय परिस्थिती युग चेतना र जीवन सन्दर्भ तर्फ कवितालाई मोड्ने काम कविहरुले गरे । राजनैतिक व्यङ्ग्यको तीव्र प्रयोग भयो । कविताको इतिहासमा यो उल्लेख्य किन छ भने चालु कविता परम्परामा यसले स्रष्टा तथा श्रोता दुवैको रुचिलाई एकपल्ट बदलिदिक्यो । नाटक र रङ्गमञ्च क्षेत्रमा पनि विगत पच्चीस वर्षमा क्रमिक उत्पत्ति हुदै नआएको छ ।
लोकनाट्य समेतबाट दाजीलिङका मनबहादुर मुखियाका नाट्य प्रयोगले काठमान्डौलाई निकै तीब्र रुपमा स्पर्श गर्यो । मोहनराज शर्मा र सरुभत्त आदिका शक्तिशाली नव नाट्यका प्रयोगकाहरुले नेपाली रङ्मञ्चलाई नव आयाम प्रदान गरे ।
देबकोटा मुनामदनको गीति नाट्यरुपमान्तरले नेपाली रङ्गमन्च र दर्शकका बीच निकै ठुलो तादात्म्य स्थापित गर्यो भने माधव घिमिरेको मालती माङ्गले गीति नाट्यले लोक प्रियता र राजकीय संमानको दोहोरो मानक स्तर कायम गर्यो ।
वि.सं २०३९ मा सर्वनाम नाट्य संस्थाद्धारा नाटकलाई गतिशील स्वरुप प्रदान गर्न चलाईएको एक नयाँ कार्यक्रमका रुपमा सडक नाटक अभियान देखा पर्यो । यस कार्यक्रम अनुसार परम्परामुक्त प्रयोगधर्मी नाटकहरुको प्रदर्शन गर्ने गरिन्छ । नाटकलाई सडकमा उतारेर अकृत्रिम तवरसंग समसामयिक विषय सर्वसामान्य दर्शकसम्म पुर्याउनु यस अभियानको लक्ष्य हो । ध्वस्थित रङ्गशालालाई यसले अपेक्षा राख्दैन । अनौपचारिकतालाई यसले संवहन गर्दछ । त्यसैले केवल सेवाभावमा यो अभियान समर्पित हुदै आएको छ अर्थ संकलनमा होईन । सशक्त अभिनय र जीवनलाई छुने विषयवस्तुको अन्तर्भावले गर्दा यो अभियान पनि निकै लोकप्रिय रह्यो । समकालीन नाटक बिधालाई जीवन्त रुप प्रदान गर्न यो अधियान संकलन रहेको छ । माथि उल्लिखित विभिन्न आन्दोलन तथा कार्यक्रमहरुका अतिरिक्त अमलेखबुट पालिस, भोकोपिडी र मिनी कथा तथा सुत्रकथा लगायत लघुलेखन अभियान, गोजिका र हवाईपत्रको पैयोग, तरलबाद जस्ता साहित्यिक चेष्टाहरु पनि भएको पाईन्छ । २००७ साल अघिदेखि नै क्रियाशिल रहेका अनेक बरिष्ट साहित्कारहरु र २००७–१७ सालका बीच उदाएका प्रतिभाहरुको सृजनात्मक परिपक्वताको प्रक्रियाले २०१७ साल यताका समसामयिक पच्चीस वर्षमा नेपाली साहित्यका विभिन्न विधामा अनेक उत्कृष्ट कृत्रिहरु प्राप्ती हुने क्रम चालु नै रह्यो भने विधागत नव लेखनतर्फ उन्मुख २०१७ यताका साहित्यकारहरुका माध्यमबाट विधागत नव प्रयोगका साथै अनेक उत्कृष्ट रचनाहरु प्राप्त हुन आए । नेपाली साहित्यका विगत पच्चीस वर्षका उपलब्धिहरु निरन्तरता र परिपाक तथा परिवर्तन प्रयोगका दुबैथरी प्रक्रियाबाट निर्मित भएका पाईन्छन् ।
नेपाली साहित्यका पुर्ववर्ती अबधिहरुका तुलनामा २०१७–४२ का पच्चीस वर्षमा लेखक र कृतिहरुको संख्यात्मक बृद्धि निकै उल्लेख्य देखिन्छ । यति धेरै लेखकहरु र कृतिहरु इस भन्दा अगि कहिल्यै देखापरेनन् । यस अबधिसम्ममा नेपाली साहित्यका सबै जसो बिधाले अन्तराष्ट्रिय नव –नव धार र प्रवृत्तिहरु ल्गभग आत्मसात् गरी नेपाली साहित्यको विकासशील स्वरुपलाई पुष्ट्याएका छन् । अबश्यनै प्रकाशनका अबसरहरुको विस्तार तथा लेखक हुने चाख र सग्बगीको बृद्धिक्रम एवम् प्रयोगशील नवीनताको प्रतिस्पर्धाका वातावरणमा गुणस्तरको निर्वाह र संबर्धन बहुसंख्यक लेखकहरु र तिनका असंख्य कृतिहरु जम्मैमा खोज्न सकिदैन र खोज्नु पनि हुदैन । तर यतिको संख्यात्मक विस्तार प्रयोगशील आग्रहका माझ पनि पुराना र नयाँ दुवै थरी शक्तिशाली लेखकहरुका प्रतिभा र तपस्याबाट विगत अढाई दशकमा प्रत्येक विधाको रचनात्मक गुणस्तरीय उब्जा प्राप्तिपुर्ण नै देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *