निर्मलाको न्यायका लागि सडक नाटक








दिशानिर्देश समाचार/ महेन्द्रनगर,२० असोज
एसटिएस टेलिभिजन र युथभ्वाईसले महेन्द्रनगर एकसाथ निर्मलाको न्यायका लागि भन्दै छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । शनिबार एसटिएस टेलिभिजनले संविधान चोकमा खुला बहस गरेको छ, भने युथभ्वाईसले निर्मलाका न्यायका साथै समाजिक परिघटना बारे मदनचोकमा सडक नाटक गरेको छ ।
निर्मलाका न्यायका लागि भन्दै खुला बहस गरेको एसटिएस टिभी कञ्चनपुरका पत्रकार भागेश्वरी शाहले बताए । कार्यक्रममा सहभागिले निर्मलाका वास्तविक हत्याराको सार्वजनिको विषय उठान गरेका थिए । यता युथ भ्वाई महेन्द्रनगरले समाजिक अभियन्ता स्वरुप कार्यक्रम संचालन गरेको थियो ।
Please follow and like us:







