शाह वंशको सम्पत्ति ८७ अर्व








नेपाल निर्माता पृथ्वीनारायण शाह देखि उनका १२ पुस्तासम्मको सम्पत्ति ८७ अर्व रहेको छ भनेर नागरिक दैनिक असोज १९ ले जनाएको छ । शाह वंशको सम्पत्ति अर्थात श्री ५ विरेन्द्र वीरविक्रम शाहदेव र उनका परिवारमा रहेको सम्पत्तिको संरक्षण नेपाल सरकारले गर्नु पर्ने दायित्व रहेको छ । त्यो सम्पत्ति मात्र हैन पृथ्वी कै एकल नेतृत्वमा हाम्रा वीर योद्धाहरुले आर्जन गरेको नेपालको रक्षा गर्ने दायित्व पनि रहेको छ । आज नगद जिन्सी गरी नेपालीको हातमा नगदको रुपमा जम्मा रहेको नगद सम्पत्ति ८७ अर्ब आफू मरेर गएपनि देशलाई दिएर जानु भएको हामी सबैले सम्मान गर्नै पर्दछ ।
पृथ्वीले के लायो के खायो उनको खाने बस्ने घरका कोटा चोटा हामीले हेरेर आयौं । हामीले उनलाई केही दिन नसकेकोमा लाज लागेको छ । कुनै पनि
राजाका शासनकालका नेता, प्रधानमन्त्री तथा सरकारले पृथ्वीनारायण शाहको तस्वीर सम्म नोटमा समेत राख्न सकेनन् राजा विनाको लोकतन्त्रका नेताहरुले पनि पृथ्वीका नोटमा तस्वीर अंकित गर्न सकेनन् । पृथ्वीले आफ्नो कर्तव्य निभायो तर तत्कालिन नेता तथा राष्ट्र बैंकले समेत पृथ्वीनारायण शाहको मुर्ति अंकित भएका नोटहरु प्रकाशित गर्न नसक्नु दुःख लाग्ने कुरा हो ।
नोटमा, पृथ्वी, अंशुवर्मा, गौतम बुद्ध, भृकुटी सित कसैको पनि राखिएन । त्यस कारण इतिहासको संरक्षण हुनबाट यो देश बन्चित हुन लागेको छ । गौतम बुद्ध तथा पृथ्वीनारायण शाहको फोटो नेपाली रुपैयामा हुनुपर्ने आवश्यक रहेको देख्दैछौं राजसंस्थाको समयमा तत्कालिन नेताहरुले राजालाई खुसी पार्न जो वर्तमानमा राजा भएका थिए, उनकै फोटा मात्रै राख्ने चलन गरिआएकाले आज बरु भेडा बाख्रा, भैसी, पशुपंछीमा चित्र राखी नोट प्रकाशित गरिएका छन् । जसले यो देशको निर्माण गरेको हो जन्म जयन्ती मनाउन पनि छोडिसक्यो । तर क्रिष्ट दिवसहरु मनाउने गरेको छ ।







