महाकाली पारी संयुक्त हेल्प डेस्क स्थापना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० असोज
कञ्चनपुरको सिमावर्ति नगरपालिका महाकाली नगरपालिकामा नेपाल –भारत संयुक्त सहायता कक्षको(हेल्प डेस्क)स्थापना भएको छ ।
भारतको सिमावर्ति क्षेत्र समेत रहेको महाकाली नगरपालिकामा शसस्त्र प्रहरी वल नेपालको वोर्डर आउट पोष्ट(विओपि) र भारतिय सिमा सुरक्षा वल (एसएसवि) ले संयुक्त रुपमा सहायता कक्षको(हेल्प डेस्क)स्थापना गरेको हो ।
दशै तिहारका बेला भारत वाट रोजगारी गरी आउने यात्रुहरु र स्थानिय नागरिकलाई नेपाल–भारत आवत जावत लाई सहजता मिलोस भन्ने उद्देश्यका साथ भारतको मेलाघाट र नेपालको कञ्जभोज नाकामा सहायता कक्ष (हेल्प डेस्क) को स्थापना गरीएको शसस्त्र प्रहरी वल वोर्डर आउट पोष्ट(विओपि) दोधारा चादनीका ईन्चार्ज प्रहरी निरिक्षक जंग बहादुर कुवरले जानकारी दिनुभएको छ ।
सहायता कक्ष(हेल्प डेस्क)मा ४ जना जवान नेपनल पक्ष वाट र ४ जना भारतिय एसएसवी का जवान सहायताका लागी रहने छन । साथै चाडवाडका बेला सिमाक्षेत्रमा अवान्छित क्रियाकलाप र तस्करी नियन्त्रणका लागी समेत नेपाल भारतका सुरक्षकर्मिले संयुक्त रुपमा गस्ती थालेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *