किन गरिन्छ कृषकहरुको शोषण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज चारैतिरबाट कृषकहरु ठगिएका छन, लुटिएका छन् । यसरी प्रत्यक्ष लुट्ने लुटाहा उपर कुनै कारवाही भएको छैन । नजिकैको घटनाको कुरा गर्दा नेपालमा चिनी छैन उत्पादन नभएकोले विदेशबाट खरिद गर्नु पर्यो भनेर अरवौको चिनी आयात गरिएको छ । दशैको समयको लागि रु ६३ प्रतिकेजी मुल्य निर्धारण भएको छ । नेपाली किसानले उधारोमा उखु विक्रि गरी नगदमा चिनी किन्नुपर्ने बाध्यता भएको छ । चिनीको मुल्य निर्धारण व्यापारीले गर्दछ तर उखुको मुल्य निर्धारण कृषकले गर्न पाउदैन । चिनी मीलवालाहरुले गरेको मुल्यमा कृषकले थपघट गर्न पाउदैन भने कृषकहरुको लागत मुल्य मीलवाला र सरकारलाई थाहा नभएझै बलजफती एकतर्फ कृषकहरुले पुरा मुल्य पाएको छैन भने अर्को तर्फ उखुको मुल्य थोरै भएपनि खरिद कर्ताले उधारोमा उखी खरिद गर्ने गरेको छ जुन दिन दिने कबोल गरेको छ त्यो दिनमा पनि मुल्य चुक्ता नगरी बर्षौसम्म रोकिएका उदाहरणहरु ताजै छन् ।
चिनीको हकमा लागत मुल्य भन्दा दोब्बर मुल्यमा व्यापारीले तथा उद्योगीले विक्रि गरिराखेको छ, चिनी मीलहरुलाई बरु सरकारले थप ऋण दिएर भएपनि गरिव किसानहरुको मुल्य तुरुन्त चुक्ता गर्नुपर्छ । यो उधारोमा गन्ना खरिद गर्ने नीति नेपाली किसानको हितमा त छदै छैन तर भारतीय तथा अन्य विदेशी कम्पनीहरुबाट उत्पादन चिनी नेपाल भित्र्याउनलाई विदेशी व्यापारीको कुटनितिक चालबाजी हुनुपर्छ भन्छन् नेपाली व्यापारीहरु । हुन पनि हो आफ्नो देशमा प्रस्त जमिन कृषकहरु छदाछदै यिनलाई हतोत्साह गर्नको लागि मात्र उधारोमा उखी खरिद गरी समयमा पैसा नतिर्ने बानी बसालेर नेपाली किसानलाई दुःख दिई आफ्नो पेसालाई घृणित पारी अरु पेसा अंगालुन भनेर बदनियतको चाल देखिन्छ । नेपाली उद्यागी, व्यापारी, कृषकहरुलाई सरकारकै तर्फबाट हतोत्साहन गरेर दिक्काएर कोही उद्योगी, व्यापारी, कृषकहरु बाहिर देशतर्फ रोजगारीको खातिर गरी कृषि मजदुरको अभावमा खेत बाझै रहेका घटनाहरु हामी देख्न सक्दछौं भने सरकारले किन देख्दैन ?
आफ्नो देशको उचित नीति नभएको कारणले गर्दा नेपालका खाद्य व्यपारीहरुले विदेशबाट नगदमा कृषि उत्पादन खाद्यान्न लगायतका विभिन्न वस्तु मगाउने गरेको छ । तर त्यहि बस्तु नेपाली किसानहरुले उपलब्ध गराई दिएमा १०,१५ प्रतिशत नेपाली उत्पादन महंगो पर्न गएपनि खरिद गर्ने भन्ने पुरानो नीति छदाछदै त्यसको कुनै वास्ता नगरी हरेक बस्तुहरु विदेशबाट आयात गर्ने गरेकोले नेपाली युवाहरु विदेश पलायन भएका छन् । देशभरी नै मजदुरहरुको अभाव खडकिएको छ । मुल्य निर्धारण गर्नमा नेपाल सरकारले उत्पादनकर्तालाई नदिएर आफ्ना् जिम्मामा लिएको तर विदेशी खाद्य बस्तु होस वा अन्य वस्तुको मुल्य निर्धारण गर्ने जिम्मा सम्बन्धित उद्योगी, व्यापारीलाई नै दिएको छ । त्यस सम्बन्धमा नेपाली किसान तथा उपभोक्ताहरु केही बोल्न सक्ने हैसियतमा छैनन् । किनकी सम्पूर्ण कृषकहरुले आ–आफ्नो राजनीतिक पार्टीको चंगुलमा फसेकाले विरोध जनाउन सक्दैनन । तसर्थ पनि किसानहरु चौतर्फी मारमा परेका भएपनि सहेर बसीराखेको हुन्छन् । न सुझाव र सल्लाह दिन सक्छन् न दिएको सुझाव सरकारले मान्छ । कृषक तथा व्यापारीलाई विभिन्न सरकारी निकायहरुले ठगेका छन् । त्यस्तै राष्ट्र निर्माणमा सहभागी हुने निर्माण व्यवसायीहरु पनि ठगिएका छन् भने सरकार सित लगाव भएका र
राजनीतिक पार्टीहरुका नजिक रहेका व्यवसायीहरु भने फस्टाएका छन् । नेपाली कृषकहरुका कृषि संगठनहरु छन, कृषक समूह छन्, र कृषि विकास कार्यालयहरु छन्, अन्तमा आज सबै ठाउँमा कृषि वैज्ञानिकहरु समेतको मौजुद छन् तर पनि देशको माटो अनउर्वरक भएर बसेको छ । पहाडी भागतिर कुनै कुनै ठाउँमा मात्र कृषि योग्य जमिन भएको छ भने बढी ठाउँका किसानहरु भने आकासे पानीको भरमा बसेका छन् । हामीले हेर्दा प्रदेश नं. ७ कै कुरा गरौं आकाशै पानी जम्मा गर्ने उपभोग गर्ने तरिका कृषि वैज्ञानिकहरुले सम्म बुझोको छैन । उचा उचा भागहरुमा आकाशे पानीको भण्डारण गरी कृषि उत्पादन तर्फ सजक रहने हो भने पहाडी क्षेत्रका कुनै पनि मानिसहरु खेती गर्न दिक्काएर तराईको भूमिमा कोही पनि आउने थिएन । नेपालको नीतिले गर्दा पहाड बाजा हुदै गएका छन भने तराईमा बढी चाप भई अव्यवस्थित बसाबासको रुपमा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *