गान्धी हत्या किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
देश जो सुकै पनि अटाउन सक्छन् तर कसै जात जातीको अलग राज्य बनाई देशका टुक्रा टुक्रा पार्नु हुदैन भन्ने धारणा देश भक्तहरुको हुन्छ । कुनै पनि छोरा जस्तो सुकै घटनाको वा वेश्यापुत्र नै किन नहोस् आफ्नो आमाको वलात्कार सहन सक्तैन, त्यस्तै हो देश स्वदेशी विदेशीबाट लुटिन लागेको छ भने देश पुत्रले पनि सहन सक्दैन । नेपाल निर्माता पृथ्वीनारायण शाहले आफ्ना छोरा, देशवासीलाई भनेका थिए देश राजाहरुका भाई भाईको अंश लाग्ने वस्तु होईन सिङ्गो राष्ट्र रहन दिनु पर्छ सिङ्गो राष्ट्रको विकास गर्नु पर्दछ । राजा, राज्य कर्ता अरुकै भागवण्डाले २२।२४ सौ राज्यको उत्पत्ति भएको हो भन्ने कुरा वास्तवमा मनन् याग्य छ । आज देशलाई राजनितिक भागवण्डाकै लागि यो देश ठुला दुःखले पृथ्वी नारायण शाहले आर्जन गरेको नेपाल भागवण्डामा परेको छ र सानो देश संघिय राज्यको नामले टुक्रिएको छ । देश र गाउ“ विकासको लागि पालिकाहरु नै प्रयाप्त छन् निति निर्देशन समानताको आधारमा एक ठाउबाट हुनु राम्रो हो । एक मदेश एक प्रदेश र अलग देशको नारा उठाउनु लगाउनु नेताहरुको अत्याचार हो । महन शान्तीका दुत महात्मा गांधीले भारत त छोडौ विश्वकै लागि केही अपराध गरेको थिएन तर भारतको वटताराले गर्दा नै नथुराम गोडसेद्वारा मर्नु पर्यो । नथुराम गोडसेको व्यक्तिगत कुनै रीसीवी थिएन यदि नेपाली नेताहरुले देशका टुक्रा पार्ने जस्ता राष्ट्रघाती कदम कसैले गर्यो भने कुनै पनि देशभक्त नेपाली नथुराम गोडसेको स्थान लिन नसक्ला भन्न सकिदैन । सबै नेपालीले देश भक्तिको पाठ सिक्न पाउन भनि गान्धी हत्या किन ? भन्ने पुस्तकका लेखक गोपाल गोडसे अनुवादक मघुसुदन पाण्डेय द्वारा लिखित पुस्तकलाई इतिशासको रुपमा इतिहासको पानाबाट भन्ने महलमा प्रकाशित गर्दै गएका छौ ।

मृत्यु पत्र
प्रिय वान्धव । चि दत्तात्रय वि गोडसे
यदि मेरो विमाको रकम आयो भने त्यसको खर्च तपाईको पारिवारिक कार्यका लागि गर्नुहोला । रु २००० तपाईका पत्नीको लागि रु ३००० चि. गोपालका धर्मपत्नीका लागि र रु २००० तपाइका लागि । यसरी विमाका कागजमा मैले मेरो मृत्युपश्चात् उक्त रकम हस्तान्तरणका लागि लेखिदिएको छु ।
मेरो काजकिरिया गर्ने अधिकार यदि तपाईलाई मिल्यो भने तपाईको इच्छामुताविक जसरी भए पनि त्यो शुभकार्य गर्नुहोला, तर मेरो अन्तिम इच्छा यहाँ लेख्दै
छु । हाम्रो भारत वर्षको सिमाना सिन्धु नदी हो, जसका किनारामा बसेर स्रष्टाहरुले वेदको रचना गरेको थिए । उक्त सिन्धु नदी जुन दिनमा पुनः भारत वर्षको झण्डामुनि आउनेछ, तब मात्र मेरो अस्तु उक्त सिन्धु नदीमा प्रवाहित गरिदिनु । यो मेरो इच्छा सत्य सावित हुन सायद अरु एक दुई पिढी लागे पनि चिन्ता छैन । उक्त दिनसम्म उक्त अबशेष त्यतिकै राखिराख्नु र तपाईका जीवनमा नया शुभ दिन आएन भने तपाईका सन्तान दरसन्तानलाई यो मेरो अन्तिम ईच्छा बताउदै जानु । यदि मेरो न्यायालयको वक्तव्यलाई कुनै दिन सरकारले खुला गरि दियो भने त्यसको प्रकाशनको अधिकार पनि म तपाईलाई दिदै छु । मैले १०१ रुपियाँ तपाईलाई आज दिएको छु जसलाई तपाईले सौराष्ट्र सोमनाथ मन्दिरको पुननिर्माण भईरहेको छ त्यसको कलश कार्यका लागि पठाइदिनु होला । –नथुराम गोडसे
विभाजनको घाउ
गान्धीजीको हत्याको विषयमा छानविन गर्न सर्वोच्च अदालतका पुर्व न्यायाधीश श्रीकपुरको अध्यक्षतामा एउटा आयोग गठन गरिएको थियो । के यो दुर्घटनालाई रोक्न सकिन्थ्यो ? या त शासनको बागडोर सम्हालेर बसेका कर्मचारीहरुले सुरक्षाका विषयमा ध्यान दिएनन् ? यस्ता प्रश्नको उत्तर खोज्ने काम उक्त आयोगसामु थियो । त्यस विषय अन्तर्गत दिल्लीको तत्कालीन वातावरणका बारेमा उल्लेख गर्नु पनि त्यस आयोगलाई आवश्यक लाग्यो । केही ग्रन्थहरुका आधारबाट र आयोगका सामने आएका साक्षीहरुको विवरणबाट श्रीकपुरले त्यस विषयमा चर्चा गरेका छन् ।
दिल्लीको परिस्थिती पन्जाब उच्च न्यायालयका एक अन्य न्यायाधीश श्री जि.डि. खोसलाले एउटा किताब लेखेका छन् तजभ कतभचल च्भअपयलष्लन यस पुस्तकमा भारतको विभाजन, विभाजनका बेलासम्मका घटनाहरु र विभाजनको भयानक परिणामसंग सम्बन्धित जो अध्यायहरु छन् त्यस आधारबाट श्रीकपुर आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
१२ डिसेम्बर १९४५ को डान समाचार पत्रमा जिन्नाले भनेका छन् यदि मानिसहरुले स्वेच्छाबाट बसाई सराई चाहन्छन् भने गर्न सक्नेछन् । उनले जनमत बुझ्न चाहन्थे, जो प्रान्तहरु पकिस्तानमा जादै थिए त्यहाका हिन्दुहरुको यस विषयमा स्वीकृति थिएन, तर मुस्लिम लिगले यो स्थानान्तरण योजा तुरुन्तै लागु गर्न चाहन्थ्यो, किनभने त्यसबाट पाकिस्तानको विरोध गर्नेहरुलाई जवाफ दिनु थियो । पन्जाब उत्तर पश्चिम सिमा प्रान्त, सिन्ध र बङ्गाल आदि प्रान्तका हिन्दुहरु आ–आफ्ना व्यवसाय, व्यापार, उद्योग धन्दा छोड्न तयार थिएनन् । उनीहरुले ती उद्योग त्यहा पुस्तौ पुस्ताको परिश्रमबाट गरेका थिए । जिन्नाको लहडबाछ भिखमंगा बन्न या फिरन्ते बन्न र निर्वासित बन्न उनीहरुलाई मान्य थिएन ।
अर्कोतर्फ उत्तरप्रदेश, बम्बई, मद्रास, विहार मध्यप्रदेश आदि प्रान्तका मुसलमानहरुलाई पनि आफ्नो घरबाट छोडेर मान मन परिरहेको थिएन । यस कठिनाईबाट मुत्ति पाउन मुस्लिम लिगलाई अरु बाटो खोज्न अनिवार्य भयो । अनुच्छेद १
कलकत्ताको नरसंहार पुरा मात्रामा फलदायी नभए पनि त्यसको एउटा परिणामचाहि अबश्य भयो । त्यस हत्याकाण्डबाट सिर्जित आतङ्गले हिन्दुहरुलाई आफ्नो घरबाट त्याग्न बाध्य पार्यो । त्यो प्रयोग नोआखाली र टिप्पेरा क्षेत्रमा सफल भयो । त्यहाको हिन्दुहरुको मनमा भय उत्पन्न गराउनु, उनीहरुको सम्पति लुटपाट गर्नु, नारीहरुमाथि अत्याचार गर्नु र हिन्दुहरुलाई सामुहिक रुपमा भ्रष्ट गरेर मुसलमान बनाउन उनीहरुलाई सजिलो भयो । मानिसहरुलाई स्थानान्तरण गर्नका लागि मुस्लिम लिगलाई यो बाटो अत्यन्त उपयुक्त सिद्ध, भयो । विहारमा त्यसको प्रतिक्रिया भयो र त्यसका मुसलमानहरुलाई सिन्धमा जानुपर्यो । मानिसलाई स्थानान्तरण गर्ने यो प्रश्न दोस्रो पटक उठ्यो । २६ नवम्बर १९४६ मा जिन्नाले डान अखबारमा प्रकाशित गराएर स्थानान्तरण तुरुन्त हुनुपर्ने कुरा उठाए । पुरै हिन्दुस्तानका हिन्दुहरुले यसको विरोध गरे, तर मुस्लिम लिगले त्यस कार्यलाई दोहोर्यायो र नवाव ममदोत जस्ता पन्जावका मुस्लिम नेताले यस स्थानान्तरण कार्यलाई पुरा गर्ने धम्की दिए । (अनुच्छेद १२/ए–३)
सर इवान्स जेकिन्स त्यस समयमा पन्जाबका गर्भनर थिए । उनले नवाव ममदोतको वक्रव्यको सोझो अर्थ पन्जाबका हिन्दुहरुलाई पन्जाबबाट जबरजस्ती निकाल्नु हो भने । तर मुस्लिमलिगका नेताहरुले त्यसको विरोध गरे र भने कि पन्जाबका बहुसङख्यक जनता भित्र अल्पसङ्ख्यक हिन्दुहरु रहनु भनेको असुरक्षित र भयावह हो । (अनुच्छेद १२/ए–३)
सर फिरोज खान नुनले धम्की दिए कि चंगेजखाज र हलाकुखाने गरेका अत्याचारको पुनरापृति हुनेछ । नुनले यो भुले कि उनी मुसलमान थिएनन् । जनवरी १९४७ मा मुसलमानहरुले आफ्नो अत्याचारी आन्दोलन दोहोर्याए जसबाट पन्जाबको संयुक्त मन्त्री मण्डलको शासन समाप्त भयो । अनुच्छेद १२/ए–४) क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *