प्रतिशोधले देश बर्बाद हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रतिसोधले देश बर्बाद हुन्छ, २०४६ सालको आन्दोलन केवल प्रतिसोधको भावनाबाट प्रेरित आन्दोलन किन भन्न सकिन्छ भने २०३६ सालसम्म नेताहरु भन्दै गए कि राजा महेन्द्रले जबरजस्ती नेपालमा पंचायती व्यवस्था लादिएको हो भन्ने गोप्य आवाज आई रहेका थिए । राजा विरेन्द्रले चित्त नबुझेका कुराहरु सुधार गर्दै गए मानेन् ।
जनताको के चाहना रहेछ भनेर २०३६ सालको जेठमा जनमत संग्रहको घोषणा भयो । २०३७ साल बैशाखमा जनमत संग्रह भयो त्यसले बलजफती नलादी जनचाहना अनुसार नै पंचायती प्रजातन्त्रको निर्माण गरी पंचायत व्यवस्था लागु गरेका थिए भन्ने कुरा जनमत संग्रहले देखाई रहेको छ ।
केवल देशभक्ति राष्ट्रप्रेमले मात्र यो देश बचाई राखेको थियो । विकास त हामीले पनि गर्यौं भावी सन्ततीले पनि समयानुकल विकास गर्नेछन् । २००७ सालमा नेपालको विकास सामान्यतया सुन्य विन्दुमा थियो तर पनि फरपिङको विद्युत गृह भने पुरानो प्रथम विकासको निसानी नै थियो । राष्ट्रलाई प्राण सम्झेर राष्ट्रको सेवा गर्नु सबै नेपालीलाई देशमा बस्न पाउने वातावरण दिनु सरकारको दायित्व थियो छ र रहनेछ ।
सरकारमा बस्दासम्म सबैलाई मेलमिलाप, एकताको आवश्यकता बोध हुने अन्यथा सरकार राष्ट्रको नै विरोध गर्नेहरुको संख्यामा बढोत्तरी भएको छ । सिमा
पारीबाट नेपालमा शासन व्यवस्थाको निर्देशन भईरहने र आफ्नो पक्षमा उभ्याई राख्न भारतले डर त्रास देखाउछ । कमजोर नेतृत्वका कारण त्यो डर त्रासलाई मेटाउन सकिएको पाईदैन । हरेक कुरालाई अध्ययन र मनन गर्ने हो भने २०४६ साल पुर्वको अवस्था राज्य व्यवस्था जुन ३० वर्ष सम्म चल्यो त्यो नेताहरुको मन नपरेर २०४६ मा भारतका नेताहरुको प्रत्यक्ष सहभागितामा राजसंस्थालाई फाल्न कै लागी आन्दोलन चल्यो जव राजा विरेन्द्रले भने म भारत सित झुक्नु भन्दा नेपाली सित झुक्छु देश सबैको साँझा हो ।
निर्दलिय व्यवस्था खारेज गर्नुपर्ने भई बहुदलिय व्यवस्था कै लागि हो भने म मन्जुर छु भने पनि कृष्ण प्रसाद लगायतका बहुदलवादी नेताहरुद्वारा नेपालको संविधान बनाउने जिम्मा पायो र २०४७ मा संविधान विश्वमा सबै भन्दा राम्रो प्रजातान्त्रिक संविधान बन्यो जुन संविधान खराव भनेर २०५२ मा माओवादीद्वारा अर्को शसस्त्र आन्दोलन गर्न लगायो । सत्तामा सबै पार्टीहरु पुगे, सर्वप्रथम नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोईराला देशको प्रधान मन्त्रि भए तर एकल बहुमत छदै सरकार र सांसद भंग भयो त्यो नेपाल माथिको आक्रमण थियो । नेपालमा शासन गर्ने नियत नभई देशको भण्डाफोर गरी राष्ट्रलाई संकटमा पुर्याउने र नेपाललाई असफल राष्ट्र बनाई विदेशीलाई निम्त्याउने षडयन्त्र थियो जुन षडयन्त्र राजसंस्थाका प्रतिनिधि राजा विरेन्द्र तथा ठूला ठूला विद्वानहरुले मात्र बुझेकै कारणबाट राजपरिवारको बंशनास हुनेगरी हत्या भयो । कारण विदेशी हस्तक्षेपको विरुद्ध हरेक अन्त राष्ट्रिय सम्मेलनमा राजा महेन्द्र र पछि विरेन्द्रले आवाज उठाउदै आएका थिए । त्यसपछिका दिनहरुले भयावहको स्थिति पैदा गर्यो । नेपालमा शासन गर्ने जिम्मा छोडी भयावह स्थितिको प्रगतितर्फ गए नेपाली कांग्रेसका नेता शेर बहादुरले नै सांसद भंग गराई देशलाई डमाडोल पार्ने स्थितिको बढोत्तरी भयो ।
राजा ज्ञानेन्द्रलाई राजसंस्था छोड्न दवाव दिए यदि मैले छोडेमा उन्नती हुने हो भने म आजै देखि मैले लिएको जनताको नासो जनतालाई नै फिर्ता गरी राजपाट छोडी दिए जनताको नासो देश सम्हालेर राख्नु भनि घोषणाका साथ देशको बरबुझारथ गिरिजा बाबुसित गयो । तर देशको अवस्था देशप्रतिको युवाहरुको मायाप्रेमलाई तिलान्जली दिलाउने कामको प्रगति भयो अत्यधिक युवाहरु देश छोडी विदेशिन लागे ।
विद्वान डाक्टर, पुर्व उच्च ओहदाका कर्मचारी समेत देश छोडी जान तयार भए धेरै युवाहरुले नेपालको सम्पत्ति विक्रि गरी विदेशमा घर जग्गा किनी बसोबास सारी बसी रहेका छन् । पैसा नहुनेले पनि ५० वर्षको लामो किस्तामा घर जग्गा किनी बसी रहेका छन् ।
नेपालको माया मार्दै जानु पर्ने कारण नेतृत्वको अभावले त्यस्तो हुन गएको हो । देशप्रति माया नभएर धन, डनको भरमा केही नेताहरुले यो देश धानी रहेका छन् । केवल प्रतिसोध साध्न मात्र यहाँ बसी रहेका छन् ।
यदि देशकै खातिर सबै नेता लागेकै हुन भने आफैले २०४७ को संविधान तयार पारी लागु गराएर पटक पटक प्रधानमन्त्री फेर्ने काम सरकार फेरबदल हुने काम हुदै गयो । अन्तमा नेपाली कांग्रेसका पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सत्तामै भएका बेला संसदलाई भंग गरी नयाँ जनमत लिन तयार भए भने प्रमुख नेता गिरिजा प्रसाद कोईरालाले संसद भंग गर्नुहुदैन, पुनरवहाली गर्नुपर्छ भन्दै एक ग्रुप कांग्रेसले रत्नपार्कमा संसद सभाको बैठक बसाल्दै गयो भने एक पक्ष नेपाल सरकारको प्रतिनिधित्व गरिराखेको थियो त्यसबेला माओवादीको विगविगी थियो । माओवादीका टाउकाहरुका मुल्य प्रति टाउका १० लाखका दरले घोषणा गरिएको थियो । त्यसपछिका दिनहरु झन भयाबह हुन थाले राजालाई सुरु देखि नै सैनिक परिचालनको लागि अनुरोध गरिराखेका थिए तर सैनिक परिचालन गरी नेपाली जनतालाई मार्न न राजा विरेन्द्रले चाह्यो न राजा ज्ञानेन्द्रले त्यसपछिका दिनहरुमा राजसंस्था सित गिरिजा बाबुको कटुता बढदै गयो अन्तमा राजाको जिम्मामा देश छोड्नुभन्दा माओवादीकै जिम्मामा दिनुपर्ने बेस ठानी नेपाल सरकारको बागडोर पुष्पकमल दाहालको जिम्मामा दिई आफू परलोक भएका थिए । एवं प्रकारको रिस साध्ने काम हालसम्म कायम नै रहेको छ र यसको अन्त यदि हुदैन भने देश ठूलो संकटमा पर्नेछ । संघीयताको नाममा जनतालाई लोभ्याएर यो देशको कुनै प्रकारको प्रगति हुन सक्दैन । जबसम्म सबै जातजातीलाई समान रुपले हेरिदैन तबसम्म उन्नतीको कोरा कल्पना मात्र हो भन्ने कुरा भावी हुन गईराखेको भनिने आन्दोलनले दर्शाउने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *