के जनताको साझा सम्पत्ति लूटको खजाना हो ?








देशमा औद्योगिक क्रान्ति होईनकि लूटको क्रान्ति चलिरहेको छ । नेपालको हरियो वन लुटिएको छ, जमीन लुटिएको छ । गिद्दहरुको लोप हुन लागेको समयमा पनि अचेल मरेका पशु खान छोडेर गिद्धहरु नेपालको धर्ति चुस्न थालेका छन् । नेपाल बाहिर र भित्रबाट नेपाल खुम्च्याईदै छ । करोडौं नेपालीको साँझा सम्पत्ति नेपाल आमाका युवा चौकिदार पनि लुटिएका छन्, देश निकाला गरिएका छन् । यौटा युवा बनाउन बालक हुर्काउन आमाबाबुलाई कति परिश्रम लाग्छ त्यो सर्वत्र थाहा छ, त्यसपछि राज्यले शिक्षा दिक्षा दिदा युवाहरुमा लाग्ने लागतको वास्ता नगरी त्यो लागत पनि लुटाउने गरिएको छ । अन्तिम पहरमा आएर त झन नेपाललाई पुरै डुबाउने प्रयास भएका छन् ।
जात जाती प्रति घृणा र द्वोईस फैलाउने काममा ७ पार्टीहरुको दिल्लीको न्वईडा दरबारमा भएको १२ बुदे सम्झौताको फल लाग्न फुल फुली सकेर कोपिला लाग्न सुरु भैसकेका छन् । स्वाभिमानी गौरवशाली व्यक्तित्वलाई दवाउने हर्कतहरुले यो देशमा स्थान पाएको चाकरी गर्न नसक्ने र नमान्ने व्यक्तित्वलाई कुवाको पानीमा डुवाई काबु गर्न लगाएका दृष्यहरु सहजै हेर्न सकिने छन् । जनप्रतिनिधिहरु अव पैसा नपाईने ठाउँमा जान मानिरहेका छै्रनन् । आफ्नो दायित्वबोध वडा, न.पा., गा.पा. जनप्रतिनिधीहरुलाई थाहा छैन । केवल आफू समर्थकको जमात खडा गर्न र बाँकीलाई जातिय द्वन्दमा फसाउने कुचक्र पैदा भएको छ । आज यो देश लुटाउने काममा साँझा सम्पत्ति जोगाउने काम भन्दा लुटाउने काममा बढी अग्रसर देखिदैन । देशको सबैखाले साँझा सम्पत्ति जमीन बाहिर र भित्रका सबै रत्नहरु देशका साँझा समाज, जातजाती वर्गमाथि दुष्भावना फैलाई फुटाई राज गर्ने कुचक्रको सुरुवात भई सकेको छ । नाता गोता अहमताले देश जगडीएको छ नेपालमा समुद्र नभए पनि भ्रष्टाचार अनैतिकताको दलदलमा नेपाललाई उम्कन नपाउने गरी डुवाईदैछ। कार्ल मार्कस लेलिन, माओका फोटाहरु आफ्ना कार्यकक्षमा टासिएका छन, तर दुध चुसाई हुर्काउने आमा बास बस्न स्थान निर्माण गर्ने पृथ्वीनारायण शाहका तस्वीर च्यातिएका च्यातई छन्, सालीकहरु तोडिएकै छ। नारायाणहिटीको विकल्प दिल्ली दरबार भएको छ खोजिएको छ । भारतीय कांग्रेस नेताहरुको अनुरोधमा नारायणहिटी खाली गरियो त्यस भित्र रहेका झाडु देखि श्रीपेचसम्म लुटिएका छन् । देशको अस्तित्व लुटिएको छ मानसम्मानमा दाग लागेको छ । खै नेपालीको इज्जत मान मर्यादामा बढोत्तरको ठाउँमा हेपिएको छ। समान जाति, धर्म, भेषभुषा, भाषाको लोप गराउदैछन् अव यो देशको राष्ट्रिय भाषामा आघात पुर्याउने गरी मातृ भाषाको नामले विकास गर्न खोजी त्यसलाई झन लोप गराईदैछ । चारैतर्फबाट नेपाललाई झुकाई देश दुवाउने काम भईरहेकोले पनि नेपाल कम्युनिष्ट पार्टी सत्ताधारीका पुर्व प्रधानमन्त्री तथा वरिष्ट नेता माधवकुमार नेपालले पनि यही असोज १२ गतेको कान्तिपुर मार्फत आह्वान गरेका छन् कि “देश डुब्न लाग्यो, माझी छौ कोही” आउ देश डुब्नबाट बचाउ भनेका छन् । त्यो आह्वान गुटमा कुचक्रमा फसेर गरेका नभई यथार्थ कुराको उजागर गरेका हुन ।
गिरिजा, शेबहादुर देउवा तथा आफै पनि क्रान्तिको नाममा भारतबाट हात हतियार मागी आफू सरकारमा रहेका पार्टीहरु भए पनि आफसे आप आज यथार्थको सन्देश दिई रहनु भएका छन्, पुर्वप्रधानमन्त्री सत्ताधारी पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल । हुन पनि हो सार्वजनिक रुपमा हत्यारा पत्ता लागी सकेर पनि निर्मलाको बलात्कारी र हत्यारालाई कारवाही गर्ने अनुसन्धान तर्फ नभई बचाउनको लागी के गर्नु पर्छ भन्ने कुराको अनुसन्धानमा नेताहरु लागी रहेका छन् ।







