हत्याको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनसन








दिशानिर्देश समाचार/महेन्द्रनगर, १३ असोज
निर्मला पन्त हत्याकाण्डबारे उच्च स्तरीय छानविन समितिको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै महेन्द्रनगरमा आन्दोलन भइरहेको छ । शनिबार बिहानदेखि अधिकारकर्मी मिना भण्डारीको नेतृत्वमा गठित नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भेटघाट चौतारीमा रिले अनसन थालेका छन् ।
नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले घटना भएको दुई महिना बितिसक्दा पनि वास्तबिक हत्यारा पहिचान नभएकाले बाध्य भएर पुनः आन्दोलन थालेको बताइन् । ‘सरकारलाई दवाब दिन हामी निरन्तर रिले अनसन गछौँ, ‘उनले भनिन्, ‘प्रतिवेदन सार्वजनिक नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ ।’ अधिकारकर्मी एवं कञ्चनपुरकी महिला नेतृ माया नेगीले सरकारले नै दोषिलाई संरक्षण दिइराखेको आरोप लगाएकी छिन् । उनले सरकारको लार्पवाही र ढिलासुस्तीका कारण घटना तोडमोड गरिएको बताइन् । ‘यो सरकार न्याय दिनेवाला छैन्, ‘उनले भनिन्, ‘प्रमाणनष्टदेखि दोषि बचाउँदै निर्दोषलाई फसाउन तल्लिन थियो ।’ निर्मलाले न्याय नपाउन्जेलसम्म आन्दोलन जारी रहने जनाईएको छ ।







