साहित्यिक क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

त्यसै गरी उपन्यासतर्फका अन्य प्रतिभाहरु काशीबहादुर श्रेष्ट, टेकराज, पद्मराज मिश्र, डायमन समसेर, रन्दगेरीमि, शोभाचन्द्र खनाल, शिबप्रताप समशेर थापा, लक्ष्मीप्रसाद देबकोटा, भवानीभक्त सिंह, उदयचन्द्र सिंह प्रधान, मोहनबहादुर मल्ल, लीलाध्रज थापा, खड्गबहादुर क्षेत्री, एकदेब शर्मा, भुवनेश्वर कोइराला, मुत्तिनाथ तिमिल्सिना, कृष्ण सिंह आदि महत्वपुर्ण उपन्यासकारका रुपमा देखापरे ।
२०१७ सालपुर्व देखापर्ने अन्य नाटककारहरुमा पुष्कर समसेर, गोबिन्द बहादुर मल्ल गेठाले, विजयबहादुर मल्ल आदिका साथै लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देबकोटा, आदिको पनि विशिष्ट योगदान रहेको छ । यसै अबधिका हृदयचन्द्र सिंह प्रधान, फणीन्द्रराज खेताला, मोहनबहादुर मल्ल, गुणराज खनाल, सुर्यबिक्रम ज्ञवाली, प्रेमराज शर्मा, रुद्रराज पाण्डे, चुडानाथ भट्टराय, विद्यादेबी दीक्षित, भैयासिंह गजमेर, सुरेन्द्रप्रसाद शाह दुख,ि भुपि शेरचन, तुलसी अधतन, मित्रदेब ढुङ्ग्याल, मुरलीधर भट्टराई, लक्ष्मणराज जोशी, हरिभक्त बुढाथोकी, हर्कबहादुर शाही आदिको योगदान पनि नेपाल िनाटकले प्राप्त गरेको छ ।
निबन्धतर्फका अन्य प्रतिभाहरुमध्ये सुर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा, हृदयचन्द्र सिंह प्रधान,
केहबराज पिंडाली, अच्छा राई रसिक आदिको प्रमुख योगदान रहेको छ भने निम्नलिखित निबन्धकारहरुको पनि योगदान उल्लेखनिय रहेको देखिन्छ । राममणि आदि, पद्मनाथसापकोटा, बेदनिधि शर्मा, बिद्यावती, रुपनारायण सिंह, पारसमणि प्रधान, धरणीधर कोईराला, रामप्रसाद सत्याल, जयपृथ्वीबहादुर सिंह, मानसिंह अधिकारी, बाबुराम आचार्य, भिमनिधी तिवारी, सागुरमणि आ.दी. भवानी भिक्षु, बोधबिक्रम अधिकारी,
भेषराज शर्मा, प्रेमराज शर्मा, हरिनाथ खनाल, झपटबहादुर राणा, जितेन्द्र बहादुर शाह, गङ्गाविक्रम, फत्तेबहादुर सिंह, पुर्णबहादुर, भोजराज सिंह, दुर्गापैसाद भट्टराई हरिप्रसाद राय, खगेन्द्रराज, बी.ए.एल.पी. सापकोटा, भरतजङ्गबहादुर बस्नेत, खडानन्द शर्मा, सिमवाल पण्डित, लवबहादुर कपिल, चुडानाथ
भट्टराय, कृष्णबम मल्ल, माधवलाल कर्माचार्य, रत्नध्वज जोशी, सत्यमोहन जोशी, ईश्वर बराल, लैनसिंह बाङ्देल, ईन्द्रबहादुर राई, बदरीनाथ भट्टराई, महानन्द सापकोटा, विपिनदेब ढुङ्गेल, तित्तरञ्जन नेपाली, राजेश्वर देबकोटा, छविलाल पोखरेल, नयराज पन्त, गोविन्दप्रसाद लोहनी, धर्मराज थापा, मदनमणि दीक्षित, कमल दीक्षित आदि ।
समालोचनातर्फका अन्य विशिष्ट प्रतिभाहरुमध्ये बदरीनाथ भट्टराई, रामकृष्ण शर्मा, बाबुराम आचार्य, रत्नध्वज जोशी, हृदयचन्द्रसिंह प्रधान, यदुनाथ दखनाल, सोमनाथ शर्मा, ईश्वर बराल, बालकृष्ण शर्मा आदि समालोचकहरुको महत्वपुर्ण योगदान रहेको छ भने कृष्णचन्द्रसिंह प्रधान, चुडानाथ भट्टराय, इन्द्रबहादुर राई, भाईचन्द्र प्रधान, शङ्कर लामिछाने, क्रषभदेब शर्मा, श्यामप्रसाद शर्मा, गणेशलाल सुव्वा, नित्यराज पाण्डे, गणेशबहादुर प्रसाई, तारानाथ शर्मा, बालकृष्ण पोखरेल, माधवलाल कर्माचार्य आदि समालोचकहरुको नाम पनि उल्लेखनिय रहेको छ ।
२) बि.सं. २०१७ यताका पच्चीसवर्षमा नेपाली साहित्यमा देखा परेका उपलब्धि
(क) २०१७–२०४२ सालको राष्ट्रिय परिप्रेक्ष्य
नेपालको राजनैतिक ईतिहासमा वि.सं. २०१७ सालको राजनैतिक परिवर्तनको महत्व ज्यादै उल्लेखनिय छ । २०१७ सालमा दलविहिन प्रजातान्त्रिक पंचायत व्यवस्थाको सुत्रपात भयो र २०१९ सालको नेपालको संबिधानले पंचायती व्यवस्थाको सैद्धान्तिक स्वरुपलाई प्रष्ट पार्यो । मुलुकमा आएको परिवर्तनको यस प्रक्रियाले राजनैतिक क्षेत्रमा चिन्तनका लागि नया दिशा प्रदान गर्यो । यस व्यवस्थाका प्रथम दशकमा नै व्यवस्थाका नबिन राजनैतिक परिचालनका साथै आसर्थक, सामाजिक र सांस्कृतिक नवनिर्माणका कार्यक्रमहरु लागु हुन थाले । यस क्रममा मुलुकी एैन २०२० भुमि सुधार ऐन २०२१, साझा प्रकाहनको स्थापना २०२१, गाउफर्क राष्ट्रिय अभियान २०२४ र आर्थिक दशकको घोषणा बिशेष उल्लेखनिय छन् । र यसका दोस्रो दशकका शुरुमा नै
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ को कार्यान्वयन हुन लाग्यो । पंचायत व्यवस्थाको दोस्रो दशकका शरुमा नै २०२८ सालमा ५ महेन्द्रको स्वर्गारोहण भयो र मौसुफका सुयोग्य उत्तराधिकारी श्री ५ बिरेन्द्रको राज्यारोहण भयो । श्री ५ वीरेन्द्रका राज्यकालमा विगत लगभग डेढ दशकमा पंचायत व्यवस्था राष्ट्रिय जनमत संग्रह २०३७ बाट जनसम्पति समेत प्राप्त गर्दै राष्ट्रियता, प्रजातन्त्र र बिकासका दिशामा उत्तरोत्तर गतिशिल रहदै आएको छ । यस कालमा नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानको सुदृढीकरणको कार्यक्रम पनि लागु भयो । कवि राजा श्री ५ महेन्द्र र कलाकार श्री ५ वीरेन्द्रबाट देशको संस्कृती, कला र साहित्यलाई प्रोत्साहित गर्ने अनेक कदमहरु ीवगत पच्चीस वर्षमा चालिए । पंचायत व्यवस्थाको प्रर्वतन यताको विगत पच्चीस वर्षको उपर्येत राष्ट्रिय परिपेक्ष्यले प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपमा २०१७–४२ सालका बीचको विगत पच्चीस वर्षको नेपाली साहित्यलाई स्पर्श गरेको छ । पंचायत व्यवस्थाको प्रवर्तन र अन्तर्विकासको उपर्युत्त, समयाबधिका हाराहारीमा नेपाली साहित्यमा नया धारा अन्तर्धारा समेत प्रस्फुटित र प्रवाहित हुन पुगेको कुरा पनि उल्लेखनिय छ ।
(ख) नेपाली साहित्यको विगत पच्चीस वर्षको परिदृश्यको रुपरेखा
राष्टबादबाट अनुप्राणित पंचायत व्यवस्थाले अंगालोको राष्ट्रिय चिन्तन र शोषषरहित समाजको लक्ष्यले व्यवस्थाका प्रारम्भिक कालदेखिनै बौद्धिक र सृजनशीलवर्गका संबेदनालाई क्रमशः छुन थाल्यो । व्यवस्थाले आफ्ना प्रथम दशकमा नै असंलग्न परराष्ट्रिनीतीलाई सुदृढ गर्दै नेपालको अन्तराष्ट्रिय व्यक्तित्व र छविलाई बढाउने लग्यो भने नेपाली बौद्धिक र सृजनशील वर्गमा पनि अन्तराष्ट्रिय चासो र विश्वबोधको क्रम बढ्न लाग्यो । यस व्यवस्थाका प्रवर्तक श्री ५ महेन्द्रको म.बि..बि. शाहका नामले प्रसिद्ध कवि व्यक्तित्व रहेको सन्दर्भमा मौसुफबाट पथप्रदर्शन प्राप्त गरेको पंचायत राज्यव्यवस्थाले देशका संस्कृति, कला र साहित्यका क्षेत्रमा आफ्ना राष्ट्रवबादी दर्शन अनुरुप रचनात्मक वातावरणको सृजनामा लिन थालेको रुचिबाट पनि संबेदनशील साहित्यिहरुले प्रोत्साहन थपिएको अनुभव गर्नु स्वभाविकै थियो ।
२०१७ साल देखिका प्रथम दशकमा नेपाली साहित्यमा पत्र पत्रिका प्रकाशन क्रममा वृद्धि हुन् र पुस्तक प्रकाशनका संस्था र कार्यक्रमका अपेक्षाकृत थप सुविधा जुट्न थाल्नु पनि २०१७ साल यताका साहित्यिक जागरणका कारकहरुध्ये पर्दछन् । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान नेपाल एकेडेमीका रुपमा २०१४ सालमा स्थापितका माध्यमबाट वरिष्ठ लेखक कलाकारहरु संमानित भई साहित्यिक आयोजना र संमानको क्रम थालिएबाट यस प्रथम दशकका साहित्यिक वातावरणमा अनुकुल प्रभाव पर्यो । त्यस्तै मदन पुरुस्कार गुठीमा पुरुस्कारहरुबाट पनि लेखकहरुलाई हौसला प्राप्त भयो । नेपाली संस्थान र अन्य संस्थानहरुका साहित्यिक गोष्ठी संमेलन आदिबाट बाह्य साहित्यिक वातावरण उत्प्रेरित रह्यो । यी विभिन्न कारकहरुले २०१७ साल यताको प्रथम दशकमा जुन साहित्यिक वातावरण आयो त्यसबाट पुर्व स्थापित साहित्यिकारहरुलाई थप उत्साहन प्राप्त भयो भने नवोदित युवा पुस्ताले पनि प्रकाशन मञ्च र गोष्ठीका प्रेरक अबसुहरु प्राप्त गर्न सक्यो । नया पंचायति राष्ट्रिय दर्शनले राजनितिका क्षेत्रमा परम्परागत चिन्तनमा परिवर्तन ल्याउने जुन उद्येश्य राख्यो त्यसबाट नेपाली साहित्य पनि अप्रभावित रहन सकेन इतिहास हेर्दा स्पष्टसंग देखिन्छ । वि.स. २०१७ को उत्तरार्धतिर देखि नया दृष्टिको प्रारम्भ हुन गई नविन साहित्यका निर्मितका लागि संक्रमणको स्थिती तयार भएको । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *