के सरकार सबैको साँझा होईन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सरकार सबैको साँझा हो । सरकार बाम समर्थक र प्रजातन्त्रधार अर्थात उत्तर तथा दक्षिण पन्थी समर्थक सबैको हो भन्ने सोच नेपाली जनताको भए पनि कर्मनिष्टलाई छोडी कम्युनिष्ट मात्र बनेका केही आसेपासेहरुले पंचायतकालको भन्दा खराव नीति लिएको हामीले महसुस गरेका छौ । व्यवस्था परिवर्तन लोक कल्याणको लागी शुद्ध भवनाबाट जनता माझ गएको भए बसैलाई समान तरिकाले हेर्नु पर्ने थियो । त्यो हुन नसक्नाका कारणहरु खोज्दा बढी आपत्तिजनक देखिन्छ । जनताको भावना समेटेर नेपालको संविधान बनाउनु पर्ने बनेन । जस्तो सुकै बनेको भए पनि हामी निहत्ताको लागी पवित्र संविधान छ त्यसको बारेमा १÷२ ले विरोध र समर्थन गर्दैमा केही हुदैन तर अवश्य पनि १÷२ जनाको विरोध नयाँ आगन्तुक व्यवस्थाको सिलन्यास अवश्य हो । मेरो अनुभवमा देश प्रजातान्त्रिक तर्फ नगई निरंकुशता तर्फ जाने प्रयास भैरहेको छ । देशका केही जिल्लाहरुमा विद्यालयहरुको व्यवस्थापन समितिको म्याद छदै नयाँ समिति बनाउने वा पुनरगठन गर्नुपर्ने प्रावधान राखिएको छ । आजभन्दा पुर्व धेरै सरकारी स्कुलहरुको व्यवस्थापन समितिले अभिभावकहरु आफैले छान्ने गर्दथे भने अव ३ जनाको सिफारिस नगरपालिका, गाउँपालिकालाई पठाई दिने र पालिकाले छानेको व्यक्ति मात्र अध्यक्ष हुन पाउने तर अभिभावकहरुले आफूखुसी छानी समर्थनको लागी नपठाई छनोट गर्नको लागि नै पठाएको पाइन्छ । प्रजातान्त्रिक क्रियाकलापलाई एकल अधिकार निरंकुशता तर्फ लैजाने षडयन्त्र चलेको छ । त्यस्तै जनताको करभरबाट भत्ता, सुविधा खाने बडा अध्यक्ष सदस्यहरु गाउँ रोहवरमा बस्न मान्दैनन् मानेका छैनन् ।
गाउँमा कसैको नागरिकता, सर्टिफिकेटमा फरक परेको नाम उमेरमा अन्य जुनसुकै कामको लागी पनि गाँउ सर्जमिनको लागी रोहवरमा बसी दिनुहोला भनि जिल्ला प्रशासन, प्रहरी अदालत वा जहाकहीबाट पनि अनुरोध गरी पठाएका पत्रहरु थन्क्याई भत्ता नपाउने ठाउँमा नजाने, रोहवरमा नबस्ने गरेका केही प्रमाणहरु हामीसँग छन् । जहाँ भत्ता पैसा पाइन्छन्, त्यहाँ जाने बाँकी ठाउँमा नजाने प्रवृत्ति खराव हो । न्याय देखि प्रेस सम्मलाई आफ्नो कब्जामा राख्न खोजेको महसुस भएको छ ।
न्यायतर्फ न्यायाधीश नियुक्ति र प्रेसको हकमा पत्रिकाको वर्गिकरण गर्दा देखाएको रेजल्टले देखाउछ देखाई रहेको छ । आज हरेक क्षेत्रमा कर्मनिष्टको भन्दा पनि कम्युनिष्टको आवश्यकता र अहंकारले डढेलो सल्किएको छ । कहाँ के कति जलाउछ निभ्छ निभ्दैन निभाउन कुन देशबाट दमकल आउने हो प्रतिक्षाकै विषय रहेको छ । आज जसरी नारीका दुष्मन नारी नै भएका ऐतिहासिक तथ्य छन् । बहुविवाहमा सौता भएर जानु, छोरी र छोरालाई अलग व्यवहार गर्नु,
नारीहरु आफ्नो गर्भमा छोरी छ भने लोग्ने घर परिवारको सल्लाह वा सल्लाह विनै पनि गर्भपतन गराउने तर गर्भमा छोरा छ भने राखी राख्ने जन्माउने बाध्यता भए पनि कायमै छ ।
हामी त्यति बेला के साच्दछौं भने म डाक्टर भई दिएको भए ठिक उल्टो जानकारी दिन्थ्यौ र छोराको पतन गरी छोरी जन्मनमा मदत गर्ने थियौ, त्यो कोरा कल्पना काम नलागे भए पनि भ्रुण हत्या वास्तवमा हत्या नै हो ।
प्रकृतिले दिएको नियमको विरुद्धमा गई समाजलाई भताभुङ्ग पार्नु कति नाजायज हो ? आज यो देश त्यस्तै भएको छ, होनहार यूवा यूवतीलाई विदेश पलायन गराई यो देशमा राज गर्नेहरुको र नेपालको हालत भोली के हुने हो ? हो यस्तै यस्तै लेख्दा आज हामी कसैका हुन नसके पनि निश्चय पनि नेपाल आमाका भने अवश्य रहने छौ । यो देशका ऐन कानूनलाई डाक्टर र खलासी ड्राइभर किन मानि रहेका छैन भन्ने प्रश्न हाम्रो थियो र रही रहनेछ किनकि नियम कानून सबैले मान्नु पर्दछ भन्दथ्यौ तर कालो कानून बनाउने माथि के गर्ने भन्ने कुरा गर्न सकेन ।
यति राम्रंो भनिने संविधान २०७२ को वर्ष गाठलाई किन कालो दिवस भनि रहेका छन् भनि अचम्व लाग्दथ्यो तर आज अचम्ब लाग्न छोड्यो किनकि हामीले जे बोएका छौ त्यही पाउछौं, कोदो रोपी बासमती चामल कसरी पाइन्छ ।
नेपाली कांग्रेस र तत्कालिन एमालेले आतंकको विउ रोप्यो भने शान्तिको आशा उनीहरु कसरी गर्न सक्छन् व्यवस्था जन्मभरी एक पटकको जनमतले टिक्न
सक्दैन । जसरी नयाँ नयाँ प्राविधिको विकास हुदैछ जस्तो कि पहाड, तराईमा गोरु भैसाबाट खेत जोताउथे भने आज च्याम्फा जस्ताको विकास गरी गाई गोरुलाई निकाला गरेका छन् ।
राष्ट्रिय र वैज्ञानिकले गरेका प्रमाणिकरण मुताविक गाईको गौत गोबर पवित्रको ठाउँमा राख्ने सोचलाई फेरवदल गरिदिएको छ । देशको शासन व्यवस्था प्रत्येक १० वर्ष सम्म राखी त्यसपछिको लागी जनमत संग्रह गराई रितिथिति बाध्नु पर्दछ ।
नेपालमा २०३६ सालमा भएको जनमत संग्रहले छानेको व्यवस्था ठीक १० वर्षमा जनआन्दोलनद्वारा २०४६ सालमा परिवर्तन गरियो । त्यसपछि २०५२ मा जनविद्रोहको बीउ रोपी २०६२÷०६३ मा व्यवस्था बदलियो, ठीक त्यहि हिसावले १० वर्ष पुग्ने अवधि २०७२÷०७३ मा जनभावना अनुरुप हुनुपर्नेमा त्यो नभई २०६२÷०६३ को भावनाले हालसम्म काबु गरिराखेको छ ।
अब जनताका नयाँ नयाँ आशा भावना, विचार, रितीथिति परिवर्तन गईरहेका छन् त्यसैले सबैको विचार समेट्न दोस्रो पटक जनमत संग्रहको आवश्यकता परेपनि जनताको भावनाको कदर कहीबाट होला जस्तो देखिदैन । किनभने पुराना नाम निसान केही पनि नरहुन भनेर जसरी अशिक्षित पुरानो समाजमा आफ्ना आमाबाबुको मृत्युपछि उनका फोटा जनमपत्रि तथा याद आउने सबै थोक धर्मको नाममा नदीमा बगाई नाम निसान नै मेटाउने काम गरिन्थे ।
त्यस्तो आज भइराखेको छ जनताको हितको नाममा हाम्रा ऐतिहासिक दस्तावेजहरु ग्रन्थहरु, सिलालेखहरु ताम्रलेख, मठमन्दिर शालिकहरु नष्ट पारिएका छन् । हाम्रा पुर्खाहरुका शालि तोडिएको ठाउँमा पुनरस्थापना हुन सकेको छैन ।
जसरी नेपालका जिम्म्ेवार पार्टीहरु माक्र्सलेलिनका फोटोहरु आफ्नो पार्टी कार्यालय तथा अन्यत्र स्थानमा राखिराखेका छन् भने नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहका शालिक तोडिएका मात्र हैन कि उनका तस्वीहरु सार्वजनिक स्थानहरु राख्न लाज मानिरहेका छन् । भन्नुहोस यो देश कसको हो माक्र्स लेलिनको कि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *