दुराचार किन बढ्दै छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समाचारहरुमा आपराधिक घटना क्रमहरुको व्यापक बृद्धिले सोझो सीधा अविकसित नेपाली समाजका वीषयमा गहिरो मनोबिज्ञान र यसका विपरित तरंगहरुका विषयमा सोच्न बाह्य पारी रहेको छ । दुराचार किन बढ्दै छन् पहिले सरल सात्विक र नैतिक आचरणमा परिवर्तन भएर दुराचार बढेको हो वा पारदर्शिताको अभावले छिपेको हुनाले आजको खुला समाजमा सामान्य विषय पनि छिपाउन असमर्थ जस्तै भएर प्रचारित हुन गएको हो समीक्षा निकै चुनौतीपुर्ण र मानवीय लागेको हुनाले समय सान्दर्भिक लागेर यस सम्बन्धमा केही बिचार सम्प्रेषण गर्न खोजिएको हो । समाज जति बिकास हुन्छ त्यसको प्रभाव सर्वत्र पर्नु स्वभाविक रहन्छ किनभने विकसित परिस्थितीहरुमा नयाँ जिज्ञासा खोज चाहना भावना मानसिक धरातलमा अभुतपुर्व तरंग उत्पन्न गर्दछ । मानब मन तटस्थ पुर्जा शक्ति हो यो आफैमा असल वा खराब हुन सक्तैन वास्तविकता के हो भने यसको प्रयोगकर्ताले कुन रुपमा गर्दछ ? कसरी मानसिक उद्धिसनता रुपान्तरित हुन्छ ? एउटा रत्नाकर डाकुँ महर्षी बाल्मीकी भएर अन्तर जगतको श्रेष्टता हासिल गर्न सफल भएर संसारलाई मार्ग दर्शकका रुपमा विश्व विख्यता हुन्छ । डाँकु अंगुलीमाल महात्मा बुद्धको कृपा र सानिध्यले तपस्वी भएर बुद्धत्वको नजिक सम्म पुग्छ ? यी कतिपय दृष्टान्तहरु बाट तटस्थ मनोविज्ञान रुपान्तरित गर्ने कारक तत्वहरुको पहिचान मुख्य विषय हो ।
बलात्कार अनाचार, आपराधिक घटनाक्रमहरुमा अप्रत्यासित रुपमा बृद्धि भई रहेको छ । अमेरिका जस्तो विकसित राष्ट्रका सर्वाधिक बलात्कार अपराधका घटनाहरु बढी रहेका छन् । छिमेकी भारतमा समेत दुराचारको ग्राफ निकै बढी छ । समाज विकसित हुदै गएपछि अपराध गर्ने क्षमता सोचमा पनि व्यापक बृद्धि हुन गएको हो कि भन्ने आशंका भए पनि त्यो नै अन्तिम सत्य हुन सक्तैन । ऐश्वर्य विलाशी जीवन, विश्वमा रहेका कतिपय नकारात्मक प्रवृत्तिहरुमा सञ्चार कम्प्युटर क्रान्तिले व्यापकता लिएको छ । यसका लागि सरल सात्विक नैतिक मापदण्ड वाधक पनि हुनसक्दछन् । निष्टा, समर्पण, श्रद्धा विश्वास जस्ता शब्दहरु पुरातनबादी सोच मानिएको समाजमा जसरी पनि ऐश्वर्यमय जीवन विताउने चाहना सर्वत्र फैलिएको देखिन्छ । प्रत्येक व्यक्ति आफैमा सार्वमौम घोषित भएपछि निरीह भइ टुलु टुलु हेरी रहन सक्तैन त्यसैले जति सुकै आदर्शका वाक्य जपे पनि भ्रष्टाचार जस्तो नभई नहुने आवश्यकता (भ्खष् िलभअभककभचथि) बाट अलग रहेर बाच्न मुश्किल मात्र होइन असम्भव जस्तो हुन पुगेको स्पष्ट आभाष हुन्छ । शब्द अपराध बोध गराउने भए पनि यसको अभावमा निर्भय बाच्न नितान्त कठिन छ । पोल नखुलेसम्म यसले सामाजिक प्रतिष्ठामा निकै ठूलो योगदान गर्दछ यस्तो महंगाईको समयमा इमान्दार भएर कसैले आत्मसम्मानको चिन्ता गर्छ भने त्यसलाई समाज परिवार आफन्तजन समेतले प्रत्यक्ष परोक्ष हेला गरी रहेको स्पष्ट अनुभूति भई रहन्छ यो मेरो व्यक्तिगत अनुभव पनि भएको र घटना प्रधान जीवनमा भोगेका विषय नै व्यक्त गरिएका हुन कुनै आदर्श शिद्धान्तका लागि मात्र होइन नैतिक र स्वाभिमानी भएर बच्नु आजको ठूलो चुनौती हो ।
परापुर्वकालदेखि प्रचलनमा रहेका मुल्य मान्यताहरुमा सभ्यताको मध्ययुग सम्म ग्रहण लाग्न शुरु भईसकेको हो । बर्चश्वको लडाई क्रममा मध्य युगीन कालखण्डमा इसाई सर्वोच्व धर्मगुरु पोप र राजाहरु बीचको भीषण द्वन्द्व त्यस्तै मुस्लीमहरुमा शरीयतका नाममा धार्मिक कट्टर पन्थ हिन्दुहरुमा आर्यवादी मनुवादी चिन्तन आदि विविध कारणहरु क्रमशः रुपान्तरित हुँदै अनेक परिवर्तनका रुपमा देखा परी रहेको सहजै अनुभव गर्न सकिन्छ । इसाई पादरीहरुका हजारौ बाल यौन दुराचार अनाचार सर्वत्र चर्चामा छन । त्यस्तै मुल्ला हिन्दु पाखण्डी साधु भेषधारीहरुका दुष्कर्म चर्चित भएका सुनिन्छन् । बाबुले आफ्नै छोरी बलात्कारका घटना सुन्दा घोर घृणा आश्चर्य र भयले कम्पन उत्पन्न गर्दछ । त्यति मात्र होइन केही दिन अघि मात्र आफ्नै आमा बलात्कार
गरेको कुकृत्य पुर्वाञ्चलमा सुनियो । ६÷७ महिनाको बालिका देखि ७०÷८० वर्ष सम्मका बृद्धा बलात्कारका घटना सामान्य जस्तै बनेका छन् । भित्र गुम्सिएर रहेका विकार अनेक स्वरुपमा प्रकट हुने गर्दछन् । अपराध जस्तो देखिए पनि वास्तवमा मनोविकारले ग्रस्त समाज निकासको बाटो खोजी रहन्छ । अनौठा लाग्ने दुराचार अनाचार विविध रुपमा बढ्दै जाने छन् । अपाच्य भएपछि विष्फोटक रुपान्तरणको मार्ग पनि त त्यसैबाट निस्कने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *