अबैधानिक संरचना वैधानिक भ्रष्टाचार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ असोज
हिजो सरकारमा रहेको नेपाली कांग्रेसले नगरविकास समितिसित साँझेदारी गरी आफ्ना कार्यकर्ताको पोषण गर्ने काम नगरविकास समितिबाट गराएको भएपनि आज उहि नेपाली कांग्रेस विपक्षमा जादा भने होस पलाएझै विरोधमा आएको छ । लिजका नाममा नगरविकासको जमिनमा निर्माण भइरहेका अवैध पक्की संरचनाको निर्माण कार्य रोक्न र नियम विपरित बनेका संरचना भत्काउन ंनेपाली कांग्रेस कञ्चनपुरले माग गरेको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले बजार क्षेत्रमा अवैध रुपमा, प्रक्रिया विपरित भइरहेका घर÷टहरा निर्माण कार्य रोक्न माग गर्दै प्रक्रिया मिचेर बनाईएका सम्पुर्ण संरचनाहरु भत्काउन माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापती हरि प्रसाद बोहराले नगर विकास समितिको जमिनको दुरुपयोग गर्दै केही तत्वले नगरलाई नै कुरुप बनाएको आरोप लगाउनुभयो । उनले नियम विपरित र प्रक्रिया मिचेर निर्माण कार्य गर्नु हुदैन भन्ने पक्षमा कांग्रेस पहिलेदेखि नै रहेको बताए ।
नगरपालिकामा संरचना निर्माण गर्दा नगरपालिकाको गुरुयोजना अनुसार बनाईनुपर्नेमा नक्सा पास विना नै संरचना कसरी बने, यसमा नगरपालिकाले कारवाही नगर्नुको पछाडी नगरपालिकाकै मिलेमतो रहेकोप्रति शंका छ उनले भने । अवैधानिक तरिकाले बनेका घर टहराहरुलाई बैधानिक बनाउन चलखेल भईरहेको र यस्तो कार्य कांग्रेसले हुन नदिने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस पार्टी सचिब दिवाकर पाण्डेयले नगर विकास समिति जमिन लिजमा दिदा बोर्ड बैठकबाट पास गरेर दिनुपर्ने प्रावधान रहेपनि त्यसलाई बेवास्ता गरी जग्गा अवैध रुपमा वितरण गरिएको दाबी गर्नुभयो । उनले जग्गा लिजमा दिदा लिलाम प्रक्रिया वा गोला प्रथाबाट दिईने भए पनि महेन्द्रनगर नगर विकासका अध्यक्षहरुले मनोमानी ढङ्गले जग्गा वितरण गरेको बताउदै प्रक्रिया मिचेर बोर्डको निर्णय विना नै मनपरी रुपमा जग्गा बेचेको बताए । सचिव पाण्डेयले नगर विकासको कामकाज रोक्का भएको बेला संरचना निर्माण भएको र नक्सा पास नभई घर बनाउदा नगरपालिकाले किन बनाउन दिएको भनि प्रश्न गर्दै नगरपालिकाको मिलेमतो हुनसक्नेप्रति शंका व्यक्त गरे ।
नगर विकासको जमिनको विषयमा छानविन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने उनको माग छ । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य यज्ञराज जोशीले भू–माफियाहरु सामु सबै पक्ष निरिह रहेको बताउदै २०५३ सालदेखि नै जग्गा वितरणमा चरम अनियमितता भएको बताए । कांग्रेसले पटक पटक लिखित निवेदन ज्ञापन पत्र बुझाई नगर विकासका बारे आवाज उठाएपछि अहिले अवैधानिक लिजलाई वैधता दिने चलखेल र जालसाजी भईरहेको प्रति गम्भिर हुन आम जनतालाई आग्रह गर्दै नेता जोशीले घुस खाएर जग्गा लिजमा दिएको र अख्तियारमा मुद्धा दिएपनि सुनुवाई नभएको गुनासो गरे । नियम विपरित बनेका घर टहरा २ महिना भित्र नभत्काए कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए ।
कांग्रेस नगर सभापति पदम राज अवस्थीले नगर विकास लिज प्रकरणमा स्थानीय सरकार मौन बसेको प्रति दुःख व्यक्त गर्दै बनेका संरचनाहरु खारेज नगरेमा र हाम्रो मागको सुनुवाई नभएमा कडा संघर्ष गर्ने बताए । नगर विकास समितिको लिज प्रकरणका लागि यसअघि विभिन्न तहका छानविन समिति बनेर सरकारलाई प्रतिवेदन बुझाएको भएपनि लिज प्रकरणमा मनोमानी भने रोकिएको छैन ।
उता शहरी विकास मन्त्रालयले महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणको छानविनका लागि भन्दै लामो समयदेखि समितिको कामकाज रोकेको छ । मन्त्रालयले काम रोक्दा समितिको नियमित कामकाज समेत प्रभावित बनेको नगर विकास समितिले जनाएको छ ।
कुनै समय ६३८ बिघा जमिन रहेको महेन्द्रनगर नगरविकास समितिसित अहिले ७० बिघाको हाराहारीमा मात्रै जमिन छ । विभिन्न बहानामा नगर विकास समितिमा आउने दलीय नेतृत्वले लिजका नाममा करोडौ मुल्य पर्ने जमिन कौडीको भाउमा दिएको छ ।
यो जुक्ति सिकाउने नेपाली कांग्रेस नै किन हो भने लामो अवधि र पहिलो सरकार नेपाली कांग्रेसको नै भएको हुँदा आफ्नो दीर्घकालिन लक्ष्य राखी कार्य गर्ने क्षमता नभएकोले र लोभलालच र भ्रष्टाचारमा सहमति भएकोले नगर विकास समितिको मात्रै हैन पुरा देश नै भ्रष्टाचारमयी भएको छ यसको दोष म लिन्न बामले नै लिओस भन्ने धारणा नेपाली कांग्रेसको गलत हो भन्ने जनताले बुझेको छ ।
जव नेपाली कांग्रेस र एमाले सत्तामा थिए त्यतिबेला नै माओवादी द्वन्दलाई बढावा दिदै नेपाली जनताको लागि द्वन्द बढाउनमा सहयोग गरेको होइन भन्ने कुनै आधार छैन । सत्तामा भए सबै राम्रो विपक्षमा भए सबै नराम्रो भन्ने धारणा सबै पार्टीले परित्याग गरी राष्ट्र स्थानीय स्थान हकहितको लागि काम गर्नु पर्दछ आज द्वन्दबाट केही प्रतिशतमा नेपाली जनता र स्थान मुक्त भएको १० वर्ष पुगिसक्यो तैपनि देशमा भईरहेको भ्रष्टाचार इतिहास मेटाउने काम नेपाल निर्माताको तथा अन्य स्थानका नामाकरण मेटाउने कामहरुको बारेमा नेपाली कांग्रेस एक शब्द पनि बोलेको छैन । सर्वसाधारणले गरेको विरोध र आवाजलाई कुनै पनि सरकारले सुन्दैन । प्रमाणको लागि भन्ने हो भने महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका राखिएकोछ । त्यसैगरी महेन्द्रनगरमा रहेको ऐतिहासिक राजा महेन्द्रको शालिक तोडेको मुखदर्शक बनेर बसेको छ र पोखराको पृथ्वीचोकमा (पृथ्वीगुसाई) पृथ्वीनारायण शाहको शालिक तोडी लखन थापाको शालिक त्यो स्थानमा राखिएको छ यी दुवै अलग अलग पाटा हुन र अलग अलग व्यक्तित्व हुन भने एउटा व्यक्तित्वलाई मेटाएर अर्कै विषयको अर्कै शालिक स्थापना गर्नु लज्जास्पद कुरा हो तर नेपाली कांग्रेसको कुन नेताले विरोध गरेको छ र कुन नेताले संसदमा छलफलमा ल्याएको छ उसले बुझ्नै पर्छ नगर विकासको बारेमा मात्र बोलेर हुदैन त्यसबारेमा बोल्ने त नेपाली जनता हुन आफू सरकारमा छदा दिने अरुले सरकारमा हुँदा आफैले दिएको जमिनलाई आफैले विरोध गर्न मिल्दैन आज नगरविकास समितिको अध्यक्षमा को बहालि भएको के नेपाली कांग्रेसलाई थाहा छैन ? यी सब कुराहरु नेपाली जनतालाई बेवकुफ बनाएर चुनावी फाईदा लिने काम बाहेक अरु केही होइन भन्ने जनाधारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *