अध्यारोले सोलार वत्ति माग्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ असोज
भीमदत्त नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय, सार्वजनिक मन्दिर, ग्रामीण सडकहरुमा सोलार बत्तीको माग महेन्द्रनगरबासी तथा भीमदत्त नगरपालिकाका जनताको रहेको छ ।
महेन्द्रनगरको सरकारी अस्पताल सरकारी कार्यालयहरु शहीद तथा नेताहरुका शालिक क्षेत्र १९ वडाहरुका मुख्य मुख्य स्थान तथा बजार क्षेत्रहरुमा विजुलीको नियमितता नभएको पोलमा बल्ब राखी स्वीच पनि पोलमा नै राख्दा विजुली निभाउन र बाल्ने बेला पानी वा सितले करेन्ट लाग्ने खतरा एकातर्फ छ भने अर्को तर्फ जिम्मेवार कोही छैन तसर्थ राती आफै जल्ने र दिउसो आफै बन्द हुने खालको सोलार बत्ती जडान गर्दा सबै नागरिकले आफ्नो हक अधिकारबाट समेत सजिलै पाएको मानिने छ ।
सबै वडाहरुबाट अध्यारोमा नै विद्यालय खुल्ने हुँदा विद्यार्थीहरुको सुरक्षा र सरल सुविधाको लागी हरेक सडक चोकमा सोलार बत्तीको आज महसुश भईराखेको छ । स्थानीय बजार, बुटवल, नारायणीघाट, नेपालगंज, धनगढी तथा विकट दुर्गम जिल्ला बैतडीमा समेत विजुली बत्ती र सोलार बत्ती राखी उज्यालोको बन्दोबस्त गरेको छ भने कञ्चनपुर जिल्लाका कुनै पनि ठाउँमा त्यस्तो व्यवस्था गरिएको छैन । बरु महाकाली नगरपालिका दोधरा चाँदनीले सडक बत्तीको व्यवस्था गर्न तर्फ गईराखेको छ ।
त्यस्तो शुक्लाफाँटाको पनि जारी छ भने केवल महेन्द्रनगर बजारको स्थानीय क्याम्पस, स्थानीय पार्कमा र मठमन्दिरहरुमा कुनै बत्तीको व्यवस्था गरिएको छैन । देखावटी रुपमा खर्च जनाउनको लागि मात्र कुनै कुनै ठाउँमा बल्क राखिदिएको छ तर ती बल्बहरु कति पटक फ्यूज भएकाले पुन राखेको भन्ने गरिएको छ । त्यसबारेमा पनि सेवाग्राही अनविज्ञ रहेको छन त्यसकारण स्थानीय जनताको राय सल्लाह लिएर तुरुन्त सोलार बत्ती अथवा स्थायी रुपले एक स्वीच रहने गरी सडक बत्तीको व्यवस्था गर्नुपर्ने नगरपालिकाको दायित्व भएकोले जनताका मागहरु पुर्ति गर्नुपर्ने रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *