साहित्यिक क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बीसौ शताब्दीका अन्तिम दशकका प्रारम्भिक वर्षहरुमा उपन्यासतर्फ रुद्रराज पाण्डे, रुपनारायण सिंह आदिले नैतिक, सामाजिक, आदर्शवादी र स्वच्छताबादी उपन्यासको राम्रै शिलान्यास गरेको पाईन्छ । यस क्रममा लैनसिंह बाङ्देलले नेपाली उपन्यासलाई यथार्थबादको बाटोतर्फ मोडेको पाईन्छ । साथै शारदा १९९१ को दशकमा कवितातर्फ लक्ष्मीप्रसाद देबकोटा र सिद्धिचरण श्रेष्ठ स्वच्छन्दताबादी कविताको सिर्जनामा विशेष तल्लीन रहेका देखा पर्दछन् । कथातर्फ गुरुप्रसाद मैनाली, विशेश्वरप्रसाद कोइराला, पुष्कर समशेर आदिका प्रयासबाट नेपाली कथाले मानक र नवीन रुप ग्रहण गरेको पाइन्छ । यसै अबधिमा निबन्ध एवं प्रबन्ध विधाले पनि स्वतन्त्र अस्तित्व कायम गरेको र पौढताको दिशातिर लम्केको पाईन्छ । निबन्ध एवं प्रबन्धलाई दरो तुल्याउनेहरुमा बालकृष्ण सम र लक्ष्मीप्रसाद देबकोटाको नाम विशेष उल्लेखनिय छ ।
नेपाली नाटकलाई मञ्चका बढी नजिक लैजाने र सबल रुप दिने नाटकहरुका रुपमा भीमनिधि तिवारीको भुमिका महत्वपुर्ण देखिन्छ । भने नेपाली नाटकलाई यथार्थबादतर्फ उन्मुख गराउने नाटककारका रुपमा गोपालप्रसाद रिमालको भुमिका महत्वपुर्ण छ । शारदापछि र २००७ पुर्वको यस समयलाई नेपाली साहित्यको बिधागत अभ्युदायको समय भन्न सकिन्छ । यस अबधिमा आधुनिक कवितातर्फ उत्कृष्टखण्डकाव्य र महाकाव्य समेत रचिए भने अन्य प्रमुख बिधाहरुमा पनि अनेक आधुनिक उच्च कृतिहरु सिर्जिए ।
२००७ सालको क्रान्तिको सफलतापछि नेपाली सामाजिक क्षेत्रमा आधुनिकताको चासो जनस्तरमा प्रारम्भ भएको पाईन्छ । भने रनजनैतिक क्षेत्रमा
राणातन्त्रको अबसान र प्रजातन्त्रको उदय भएको पाईन्छ । सामाजिक राजनैतिक क्षेत्रको शक्तिशाली परिवर्तनले नेपाली बौद्धिक र सृजनात्मक क्षेत्रमा गहिरो प्रभाब पारेको देखापर्छ । फलस्वरुप सृजनात्मक क्षेत्रअन्तर्गत पर्ने साहित्यिक क्षेत्रमा पनि महत्वपुर्ण परिवर्तनहरु तरंगित हुन आए । सामाजिक, राजनैतिक र बौद्धिक क्षेत्रको उपर्युतm परिवर्तनको प्रभाव नेपाली साहित्यमा पनि परेको छ ।
२००७ सालको प्रारम्भदेखिनै नेपाली साहित्यका क्षेत्रमा आभिव्यत्ति र बिचार स्वतनत्रको बढ्दो महत्व स्थापित हुदै गएको देखापर्छ । फलस्वरुप कतिपय परम्परित साहित्यिक मान्यताबाट टेट्न थालेको, पुरानो सामाजिक बैचारिक मुल्य र मर्यादा ढल्न थालेको र दृष्टिकोणमा परिवर्तन समेत आउन थालेको दृष्टिगोचर हुन्छ । यी तथ्यहरुलाई नेपाली साहित्यमा आधुनिकता र आधुनिक प्रवृतिहरुले मुखर भुमिका खेल्न थालेको ज्वलन्त सुचक मान्नुपर्छ ।
२००७ पछिको दशकका प्रारम्भिक वर्षहरुमा प्रजातन्त्र र आधुनिकताले उत्तरोत्तर बढी महत्व पाएको देखिन्छ । भने सो अबधिको अन्त्यतिरका वर्षहरुमा साहित्यमा सामाजिक राजनैसतक व्य्ङग्य बिद्रोहको प्रभाब पनि देखापर्छ । तत्कालिन द्धन्द्ध र सामाजिक अन्योलले उव्जाएको स्तििको अन्त्य २०१७ को ऐतिहासिक शाही कदमले गर्छ । यिनै कुराहरुबाट प्रभावित हुदै २००६–२०१७ अबधिको नेपाली साहित्यमा विभिन्न नबोन्मेष भएको देखापर्छ ।
२००७–२०१७ अबधिको नेपाली साहित्यमा एकातिर २००७ साल अघिदेखि साहित्य साधनामा संलग्न रहेका र प्रतिष्ठा समेत भएका साहित्यकार वर्गको प्रमुखता रहेको देखिन्छ भने अर्कोतिर क्रमशः नयाँ र सामाजिक एंब राजनैतिकरुपमा सचेत साहित्यकारहरुको अर्को वर्गको प्रादुर्भाव हुदै गएको पनि देखिन्छ । यस अबधिमा प्रथम वर्गका प्रमुख रचनाकारहरुले पुर्ववर्ती आफ्ना साहित्यिक मान्यता एवं धारणालाई चटक्क र सम्पुर्णतः छाडेको नपाईए तापनि परिवर्तित परिस्थितीका कारणले उनीहरुको सामाजिक र राजनैतिक दृष्टिकोणमा निकै परिवर्तन आएको चाहि पाईन्छ । यसको फलस्वरुप परिस्कारबादी रचनाकारहरुमा परिष्कारको दक्षता झन् बढेको, रोमान्सेली स्वच्छन्दतावादमा बग्ने रचनाकारहरुमा विद्रोही स्वच्छन्दतावादको स्वर चर्को भएको, आदर्शोन्मुख यथार्थवादी र रचनाकारहरुमा आदर्शोन्मुखताको मात्रा घट्दै गएर यथार्थवादको प्रतिशत बढ्दै गएको, नमोवैज्ञानिक रचनाकारहरुमा कथ्यगत नविनताको संचार भई उनीहरुको ध्यान मनोवैज्ञानिक तर्कसंगतता एवं मनोविश्लेषणात्मकतातिर बढी गएको र वुद्धिवादी रचनाकारहरुले बुद्धिवादलाई सामाजिक परिस्थितीसंग बढी सम्बद्ध गराएको पनि पाईन्छ ।
उपर्युत्त तथ्यहरुले प्रथम वर्गका साहित्यकारमा २००७–२०१७ का अबधिमा साहित्यिक धारागत खास परिवर्तन आएको नदेखाए तापनि उनीहरुको दृष्टिकोण एवं कथ्यमा निकै परिवर्तन आएको देखाएका छन् । सामाजिक राजनैतिक नबीन सगबगका साथै यस अबधिमा नया नया मुल्य एवं मान्यताहरु लिएर अघि आएका नया नया साहित्यकारहरुको अर्को वर्ग पनि देखा पर्दछ । दोस्रो वर्गका साहित्यकारहरुको सृजनाका फलस्वरुप नेपाली साहित्यमा प्रगतीवाद, यथार्थबाद, बिसंगतिवादको नबोन्मेष २०१७ सालसम्म्मा भईसक्छ र नेपाली साहित्यले आधुनिकताका बाटामा निकै गहकिला डेगहरु चलिसकेको पाईन्छ ।
२००७–२०१७ अबधिको नेपाली साहित्यलाई बिद्यागत उत्कर्षका दृष्टिले हेर्दा गद्यबिधामा नै बढी उर्वर रहेको देखिन्छ । गद्यतर्फ तथा, उपन्यास, नाटक निबन्ध आदिले नया नया मानक स्थापित गरेतापनि नेपाली साहित्यमा महाकाब्य, खण्डकाब्य, फुटकर कविता र गीती आदि पद्यात्मकविधामै प्रभुत्व रहेको पाईन्छ । यति हुदा हुदै पनि नेपाली साहित्यका गद्ययुगले दरो जरो गाडेको चाहि स्पष्ट आभाष पाईन्छ । यस अबधिमा गद्य कविताको बढ्दो महत्वले पनि यसै स्थिति तर्पm संकेत गर्छ । समग्र रुपमा भन्नेहो भने २००७–२०१७ को अबधिमा नेपाली साहित्यले बिचार र अभिव्यक्ति स्वतन्त्रताको महत्वपुर्ण उपभोग गरेको पाईन्छ । साथै यस अबधिमा मुल्य र मान्यताको परिवर्तनका कारण नयाँ र आधुनिक साहित्यिक वाद एवं सिद्धान्तहरुले पनि नेपाली साहित्यमा प्रभुत्व पाएको देखिन्छ ।
२०१७ पुर्व नेपाली साहित्यका विभिन्न विद्याहरुमा विशिष्ट योगदान दिने साहित्यकारहरुमध्ये कवितातर्फ कविशिरोमणि लेखनाथ पौडेल, सोमनाथ गोपालप्रसाद रिमाल, माधव घिमिरे, केदारमान व्यथित, भीमनिधि तिवारी र युद्धप्रसाद मिश्र, धर्मराज थापा, भुपि शेरचन, मोहन कोईराला, विजय मल्ल, म.वी.वी. शाह आदि प्रमुख र महत्वपुर्ण छन् ।
साथै कुलचन्द गौतम, नयराज पन्त, चक्रपाणि चालिसे, बदरीनाथ भट्टराई, भवदेव पन्त, प्रेमराजेश्वरी, गोमा, पुर्णप्रसाद ब्राहमण, लोकप्रियादेवी, विद्यादेवी दीक्षित, गुणराज उपाध्याय, गोकुल जोशी, देवीप्रसाद किसान, माधवप्रसाद देवकोटा, कृष्णप्रसाद घिमिरे, श्यामदास वैश्णव, जनार्दन सम, कुलमणि देबकोटा, कृष्णचन्द्रसिंह प्रधान, श्यामदास वैश्णव, जनार्दन सम, कुलमणि देवकोटा, कृष्णचन्द्रसिंह प्धान, नीरविक्रम प्यासी, डिल्लीराम तिमसिना, श्याम राजा, लक्ष्मण लोहनी, सुरेन्द्रबहादुर शाह, धुर्व दुवाडी, तुलसी अपतन, वीरेन्द्र सुव्वा, आनन्ददेव भट्ट, माधवलाल कर्माचार्य, फणीन्द्रराज खेताला, नरेन्द्र कुमाई, लीलाध्वज थापा, लववहादुर प्रधान, ओर्किउयामा ग्वाईन, देवनम देवसा, भीमदर्शन रोका, दानियल खालिङ, भवानीप्रसाद धिताल आदि कविहरु प्नि बिशेष उल्लेखनिय छन् ।
२०१७ सालपुर्व देखापर्ने कथाकारहरुमा रुपनारायण सिंह, भवानी भिक्षु, भीमनिधि तिवारी, गोबिन्दबहादुर मल्ल गोठाले, शिबकुमार राई, पुर्णप्रसाद ब्रह्मण, बिजयबहादुर मल्ल, दौलतविक्रम विष्ट, रमेश विकल, इन्द्रबहादुर राई, कृष्णबम मल्ल, आदिको विशिष्ट योगदान देखिन्छ भने बालकृष्ण सम, लक्ष्मीप्रसाद देबकोटा, पुर्णदास श्रेष्ट, बदरी नाथ भट्टराई, जितेन्द्रबहादुर शाह, गजेन्द्रबहादुर शाह, झपटबहादुर राणा, गनसिंह गेरुङ, हायमनदास राई, ईन्द्र सुन्दास ।
ह्ृदयचन्द्रसिंह प्रधान, अल्छा राई रसिक, शङ््कर लामिछाने, शंकर कोइरला, सोमध्वज विष्ट, केशबलाल कर्माचार्य, केशबराज पिंडाली,कृष्णप्रसाद चापागाई, तारिणीप्रसाद कोईरला, देबकुमारी थापा, विरेन्द्र खुजेली, कृष्ण प्रसाद सर्वहारा, हरि प्रसाद गोर्खा
राई, एम.एम.गुरुङ, देवनम देवसा, भैरव अर्याल, योगेन्द्र अर्याल, गोविन्द प्रसाद लोहनी, वीरविक्रम गुरुङ, कृष्ण सिंह मुक्तान, जगपाल सुब्बा, यम प्रसाद सुब्बा,अमृता क्षेत्री, प्रेम थापा, हरी मर्दन गुरुङ, निलम प्रधान, चन्द्रकान्त दर्नाल, कक्कीदेवी सुन्दास, एम.एम. कार्की, हरिश बंजन, नरबहादुर दहाल, गोपाल गुरुङ, बसन्तकुमार राई, विक्रम रुपासा आदिले पनि उल्लेख्य योगदान दिएको पाईन्छ । क्रमश :

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *