नेपालले मात्र इतिहास किन मेटाउदैछ








नेपालले २५ वर्षसम्म शासन गरेको कुमाउ क्षत्रेको पिथौरागढ जिल्लाको सोरघाटीको उचोडाडा जस्तो भाग सिमलगैरपश्चिममा नेपालले नेपाल एकिकरणको बेला निर्माण गरेको किल्ला अझै सुरक्षित राखेको छ । हरेक वर्ष मर्मत सम्भार गरी रहेका छन् । कुमाउ गडवाल क्षेत्रको पहाडी भागको व्यवस्था मिलाउन गोरखाली राज्य अर्थात नेपाललाई लामो समय लागेको थियो ।
सन १७९१ देखि १८०२ सम्मको समय लाग्यो, विस्तारको क्रममा कागडा नालापानीको किल्लामा पुगी त्यो क्षेत्र दुनघाटीलाई प्राप्त गरी अगाडी बढी रहेकै बेला सुगौली सन्धी पछि पिथौरागढको किल्लालाई अंग्रेजहरुले आफ्नो अधिनमा लिएका थिए । सत्रु पक्षका दस्तावेज ऐतिहासिक किल्लाको संरक्षण गर्दै त्यो किल्ला भित्र हाल पर्यटकीय (क्षेत्र) कार्यालय राख्न त्यस भित्रको तहसील कार्यालयलाई अन्तै सारी किल्लालाई सुरक्षित राख्ने, किल्लाको बाहिरीतर्फबाट आरसीसी प्रखाल लगाई किल्लाको कुनै पनि भागलाई असर नपर्ने गरी निर्माण कार्य भइरहेको छ । त्यसै गरी किल्लाभित्र पर्यटकहरुको सुविधाको लागि विश्राम, जलपान गृह निर्माण भई सकेको छ भने गार्डन, फुटपाथ तथा बेन्च र वत्तिको पुर्ण व्यवस्था पर्यटक बोर्डबाट भई सकेको छ । यसरी इतिहास जोगाउने काम भएको पाइन्छ ।
नेपालको हकमा दुःखका साथ भन्नै पर्ने स्थिति आएको छ । वर्तमानका नेता अगुवाहरुले नारायणहिटीको विकल्प दिल्ली खोजी रहेका छन् । भारतीयहरुले बरु नेपालालई देश सम्झेका छन भने नेपालका मित्र नेताहरुले प्रान्त जस्तो पनि मान्न तयार छैन किन भने नेपालको पुर्णत्व भएको महान राष्ट्र निर्माता पृथ्वीनारायण शाहका अवशेसहरु पुरै नष्ट गर्ने प्रवृत्ति जुन देखिएको छ त्यो नेपालको लागी घातक सिद्ध किन हुदैछ भने सम्पूर्ण नेपालको इतिहास मेटाउने सडयन्त्र यो देशमा भएको छ । तसर्थ पनि नेपालको नाम निसान केही पनि राख्ने तयारीमा नेताहरु छैनन् । अंग्रेजहरु र नेपालीहरु बीच भएको लडाईको भारतीयहरुले इतिहास राखेका छन् ।
सुपका जनता र पिथौरागढका नेपाली सैन्य जनता मिलि निर्माण गरेको नेपाली किल्लाको सिर अझै उचो रहेको छ । हिमालयझै टल्केको छ । सुदूरको किल्ला डडेल्धुरामा अमरगढी किल्ला भन्दा धेरै ठूलो छ । नेपालीहरुको निसानीलाई भारतीयहरुले पर्यटन क्षेत्रको रुपमा थप विकास गरी धन आर्जन गरी रहेका छन् । सर्वासाधारणलाई पनि जानकारी गराउने मनसायले किल्लामा राखेको लेख प्रस्तुत गरी रहेको छु ।
किल्ला भित्रको लेख निम्नानुसार हिन्दी भाषामा भारत सरकारले किल्लाको इतिहास जिवित राख्ने काम गरेको छ । सर्व प्रथम यसमा लेखिएको कुरा पृथ्वी गुसाई लेखेको पाईदा जो सुकै नेपालीको मन हर्सित हुनुपर्ने देखिन्छ किनभने पृथ्वी नारायण शाहलाई विबन्त राख्न खोजिएको छ भने हाम्रो नेपाल भित्रका शालिकहरुमध्ये हाम्रो पुरानो कुमौनी तथा डोटेली भाषामा पृथ्वी गुसाई भन्ने शब्द अति सम्मानित, मर्यादित शब्द हुन त्यही मर्यादालाई झल्काउन खोजेको छ पिथौरागढ किल्लाको लेखमा ।
हाम्रो पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक मात्र नभई महेन्द्रनगरमा रहेको राजा महेन्द्रको शालिक र अत्तरीया चोकमा रहेको विकास प्रेमी राजा राजा विरेन्द्रको शालिक तोडफोड गरेको १० वर्ष वितिसक्यो तैपनि पुनरस्थापना गरेको छैन त्यसैगरी महेन्द्रनगरको नाम मेटाई भीमदत्तनगर राखेकोमा सो हटाई साविक महेन्द्रनगर नै राख्र्नु पर्छ भन्ने कञ्चनपुर बासीको मात्र नभई सम्पूर्ण ७ नं. प्रदेशका जनता तथा नेपाल अधिराज्यभरीका इतिहास प्रेमीको भनाई रहेको भएपनि इतिहास मेटाउने काम लाई हालसम्मका सरकारहरुले प्राथमिकता दिएको पाइन्छ तर इतिहास जोगाउने काम गरेको छैन तसर्थ इतिहास मेटाएर के गर्न खोजिएको छ यो प्रश्न चिन्ह रहेकै छ यसको उत्तर जनताले चाहेका छन् ।
जनताको इच्छा विरुद्ध यस्ता काम गरिएका छन् त्यस्तै नेपालको नाम निसाननै मेटाउने गरी सिके राउत जस्तालाई नेताहरुले अगाडी सारी स्थान दिएको जस्तो देखिन्छ । जसरी नेपाली कांग्रेस र एमालेको भित्री गठबन्धनबाट माओवादीलाई अगाडी सारी दिल्लीको सहयोगमा देशलाई मोड्न खोजेको थियो ।
नेपालको झण्डा परिवर्तन गरी नेपालको नक्सा र नाम फेर्न तम्सिएका थिए भन्ने प्रमाण नेपालको संविधान भएको बहसका बुदाहरुले जनाउछ । नेपालको झण्डा फेर्नुपर्छ भन्ने बहस मात्र हैन यस्तो खालका अन्य घातक बहसपनि चलेका थिए । ती बहसहरुमा यीनीहरुले हिन्दुराष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउनमा भने सफल भएका छन् ।
१/२ जनाले जे गरे पनि हामी नेपालीहरुले अरुको सहने बानीलाई हामीले धिक्कार गर्ने कि स्याबासी दिने भन्ने कुराको निरक्र्यौल गर्न पाठक बर्गमा हामीले छोडेका छौ यदि पाठक वर्गमा कुनै सुझाव सल्लाह दिएमा हामी अवस्य प्रकाशित गर्ने छौं ।
भरसक कुनै स्थानको पनि नाम मेटाउनु हुदैन र इतिहास जोगाईराख्नुपर्छ भन्ने कुराको शिक्षा भारतले पिथौरागढमा अवस्थित नेपाली किल्लालाई संरक्षण
गरिरहेको कुरालाई मध्य नजर गरी त्यसैबाट धेरै कुराहरु सिक्न पाइन्छ । पिथौरागढको स्वरघाटीलाई पनि जिवित राख्नुको साथै सिमल गैर भन्ने नाम अत्यन्त महत्वपुर्ण छ सिमल गैरमा सिमलका रुख भएकाले सिमल गैर राखिएको हो भन्ने कुराबाट पनि धेरै कुरा अध्ययन गर्न सकिन्छ । नाम बदल्ने क्रममा बैतडीको बडचौरलाई बसन्तपुर,त्यहाकै सप्यविप्पे भन्ने ठाउँलाई साफेबजारको नामबाट चिनाउन खोजेको छ । यो पनि निश्चय नै इतिहास मेटाउने काम नै हो भन्न सकिन्छ । नेपाली जनताले आशा गरेका छन कि रहरले राखिएका नाम बदलिएका स्थानहरुलाई र इतिहास मेटाउन तोडिएका शालिकहरुलाई पुनरस्थान गरियोस भन्ने हर कसैको चाहना रहेको कुरा नेपाली नेताहरुले किन बुझ्दैनन् ?







