ऐन नियम कानून सबैले मान्नु पर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नयाँ मुलुकी ऐन बनेको र प्रकाशित भएको एक वर्ष पुग्यो र एक वर्षपछि विद्वानहरुबाट विरोध भएको छ, डाक्टरहरुको विरोधपछि (ड्राईभर) सवारी चालकहरुको विरोध हुनु दुर्भाग्य हो । हाम्रा सभासदहरुले र न्याय क्षेत्रका विज्ञहरुद्वारा बनेको कानून हामी किन मान्दैनौ यो रहस्यमय किन बनेको छ भने हरेक कुराको समय हुन्छ, औषधीहरुको सिमा अवधि हुन्छ त्यस्तै गरी मुद्धाहरुको पनि म्याद हुन्छ यो ऐन बनेको एक वर्षसम्म विरोध नहुनु एक्कासी सरकार र जनतालाई दुःख दिने नियतले डाक्टर तथा गाडी चालकहरुबाट हडताल गराउनु गर्नु जायज होईन । ऐन जनताको अहितमा छैन तर जुन कुराबाट फाइदा हुन्छ त्यसबाट बेफाईदा पनि हुनु त प्राकृतिक स्वभाव नै हो ।
ज्यान मुद्दा २ किसिमको हुन्छ भवितव्य र कर्तव्य ज्यान । कर्तव्य ज्यान जघन्य हो तर भवितव्य ज्यान अपराध हुदैन अन्जानमा हुन्छ, मानौं एउटी आमाले आफ्नो बच्चा पिठ्युमा बोकी हिन्दै गरेको बेला लडेर बच्चालाई चोट लागी मर्छ र आमा बाच्दछिन भने त्यो बेला ज्यानमारा लाग्दैन । त्यस्तै ड्राइभरले गाडी चलाउदा एक्कासी ब्रेकफेल भएर वा स्टेरिङ फेल भई गाडी दुर्घटनामा पर्छ त्यस मध्ये केही यात्री मर्छन केही घायल हुन्छन भने कर्तव्य ज्यान मुद्दा नलागी भवितव्य हुनेछ भनिएकै छ ज्यान मुद्दाको महलमा र त्यस्तै मनसाय छ भने नेताहरुले त्यस बारेमा मुर्ख विद्वान र ड्राइभरहरुलाई आश्वस्त पार्न किन सकेका छैनन् ? यी दुई थरले अपराध नगरौं होस पुर्याएर सक्रियताका साथ काम गर्न सकौं भनेर डाक्टरहरुले किन सोच्दैनन् । डाक्टरले त सिक्ने कुरा मुर्दादेखि जिवित विरामीबाट थप सिक्ने हो । विरामीहरु नै ज्ञानका भण्डार हुन सक्रियताका साथ विरामीको उपचार तर्फ जानु पर्दछ । कसैमाथि ज्यान मुद्दा लागेमा न्ययाकर्ताले अवश्य इन्साफ गर्ने नै छन् । नबाच्ने विरामी उपचारको क्रममा अवश्य मर्छ त्यस्तै गाडी चालकहरुको हकमा पनि हो सबै मनुष्य नै हुन्छन सवारी कसरी चलाएको थियो भन्ने कुरा जनतालाई थाहा भई हाल्छ भने चालकहरु किन हतासिएका छन् ।
सबै पेसामा जोखिम छ अरु व्यवसायहरुमा पनि जोखिम नै छ व्यापार गर्न बैंकबाट ऋण लिई उद्योग, व्यापार गर्छन फेल पनि हुन्छन र घरबार सारा वर्वाद भएका घटना पनि छन तै पनि ऐन नियमको पालना गर्न छोडेका छैनन् भने डाक्टर र सवारी चालकहरुले मात्र ऐन नियम नमान्नुको कारण के हो ? जनतालाई हडतालको नाममा किन सताउछन् कसले बुझ्ने ? हुनत २०४७ को संविधानको पालना राजा विरेन्द्र बाहेक कुनै नेताहरुले पनि गरेनन् । अन्तमा देश दुर्घटनामा पर्यो । हामी सबैको सामुमा छ । दश वर्षे द्वन्द्वकाल पंचायती कालरात्री भनिने गरेको समयमा पनि जनताले त्यस्तो पीडा भोगेको थिएन भने विश्वमा प्रख्यात असल प्रजातान्त्रिक संविधानद्वारा नेपाली नेताहरुले सत्रौ हजार मासुन नेपालीको ज्यान लियो विसौ हजारको विचल्ली भयो भने लाखौंको विदेश पलायन गरियो हजारौंको वेपत्ता पारियो त्यो सत्य तथ्य तपाई हामी सबैको सामु छ । त्यस कारणले पनि नियम कानून संविधानको पालना हुनै पर्दछ विज्ञहरुको रेखदेख र नेपाली जनताको भावना बमोजिम संविधान ऐन कानूनको शंसोधन गरी जनताको हित हुने काम भने हाम्रा जनप्रतिनिधिहरुले गर्नै पर्दछ । एक डाक्टर र एक सवारी चालकलाई नयाँ मुलुकी ऐन अनुसार कारवाही नहुदै सरकार र नेतालाई फेल गराउने गरी बन्द हडताल गर्नु डाक्टर र सवारी चालकहरुको मुर्खता मात्र नभएर अराजकता पनि हो । तसर्थ प्रयोग गरेर फल चाख्नोस अनि मात्र ऐन नियमको विरोध गर्नुहोस ऐन कानून राजादेखि रैतीसम्म सबैले मान्नै पर्दछ । महाअभियोग पत्र दर्ता गर्दा सबै पार्टीहरुको सहभागिता हुनु पर्दछ । कुनै १/२ पार्टीको स्वार्थले मात्र अभियोग पत्र दर्ता गर्नु प्राकृतिक नियम र नियत संगत हुदैन ।
यदि आफ्नो सामुहिक तथा व्यक्तिगत हितको लागि नेपालको न्याय क्षेत्रलाई कब्जा गर्ने खेल गर्नुभन्दा आफैले आफ्नो आनीबानी सुधार गरी न्यायालयमाथि हस्तक्षेप गर्न छोडनु उपयुक्त हुनेछ त्यसले नयाँ ऐन नियमहरुको पालना गराउने काम न्याय क्षेत्रको जिम्मामा जानेछ र लिने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *