साहित्यिक क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाली भाषाको वाङ्मयतर्फ हेर्दा वाङ्मयका साहित्यिक र साहित्य तर दुबै रुपले लामै परम्परा देख्न पाईन्छ । साहित्य तर वाङ्मयतर्फ पन्ध्रौ शताब्दी देखिका ज्योतिष, औषधिमुलो र आचारतीतिका पुराना ग्रन्थहरु प्mेला परेका छन् भने साहित्यतर्फ पनि पुराना यात्राावर्णन बंशावली र जीवनीमा आंशिक रुपमा भए पनि साहित्यिकताको स्पस्ट छ वटा देख्न पाईन्छ ।
यस पृष्ठभुमिमा श्री ५ वडामहाराजधिराज पृथ्वीनारायणका युगमा आएर उन्नाइृसौ शताब्दीमा लेख्य नेपाली साहित्यको वास्तविक उदय भएको र लिखित साहित्यले आफ्नो इतिहासको थालनी गरेको हो । यस अबधिमा नेपाली नेपाली कबितामा वीरधारा प्रबाहित भई नेपाली साहित्यको इतिहासको प्राथमिक चरणको थाmनी भएको छ । यस चरणका अहिलेसम्म थाहा हुन सकेको जेठा कवि सुवानन्द दास हुन् । वीर धारापछि नेपाली साहित्यको दोस्रो चरणका रुपमा कविताका क्षेत्रमा भत्तिधाराको प्रवर्तन भएको पाईन्छ । यही भत्तिधारामा नेपालीका युगप्रधावी आदिकबि भानुभत्त आचार्यको उदय भएको हो । कविताका उपर्युतm धाराहरुका हाराहारीका अबधिमा गद्याख्यानको नीतिपरक र पौराणिक धारा पनि सजीब रहेको देखिन्छ । नेपालमा राणाकालमा छापाखानायुग आएको मानिनछ र विक्रमको बीसौ शताब्दीको पाचौ दशकमा नेपाली साहित्यले छापाखाना युगमा प्रवेश गर्यो । यस समयमा युवक कबि मोतीराम भटटले नेपाली कविता र ताटकमा श्रृंगारधाराको प्रवर्तन गरेका हुन् । १९४० देखि यताका तीन चार दशकसम्म नेपाली गद्यसाहित्यमा श्रृङ्गार कवित्व, गीत, गजल र लोकलहारीका काव्य कविता आएको देखापर्छ भने गद्य साहित्यमा तिलस्मी ऐयारी रम्य आख्यानको परम्परा र औपन्यासिक प्रारुपको उदय पनि भएको देखापर्छ ।
नेपाली रङ्गमञ्चको अभ्युदयका कारण यस अबधिमा श्रृङ्गारिक, पौराणिक एवं अतिरञ्जित नाट्यकृतिको रचना भएको पनि पाईन्छ । यसै समयमा नेपाली समालोचनाको जग बसेको छ । भने नेपालीमा पत्रपत्रिका प्रकाशनकोक्रम पनि आरम्भ भएको देखिन्छ । शम्भुप्रशाद ढुङ्ग्यालले निबन्ध विधाको विशिष्ट बाकी प्रस्तुत गर्ने कार्य पनि यसै अबधिमा गरे । गोरखा भारतजीवनको प्रकाशनद्धारा मोतीराम भट्टले नेपाली पत्र–पत्रिकाको प्रकाशन भएको जग राखेपछि नेपालीमा थुप्रै महत्वपुर्ण पत्र पत्रिकाहरुको प्रकाशन भएको देखिन्छ । यस्ता पत्र पत्रिकाहरुमा गोरखापत्र, सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका, शारदा आदि विशेष उल्लेखनिय छन् । यी र यस्तै अन्य विभिन्न पत्र पत्रिकाबाट नेपाली साहित्यका विविध फुट्कर बिधाहरुले हुकिृने, मौलाउने र फस्टाउने अवसर पाएको देखिन्छ । यस क्रममा गोरखा भाषा प्रकाशिनी समितिको स्थापना र भुुमिका पनि उल्लेखनिय छ । मोतीराम भट्टपछिको समयमा नेपाली भाषाको व्याकरण तयार गर्नेतर्फ पनि आवश्यक अध्ययन गएको पाईन्छ । यस दृष्टिबाट हेमराज, सोमनाथ आदिको व्याकरणिक कृतित्व महत्वपुर्ण देखिन्छ । साथै यस बखतमा साहित्यक स्तरीकरणको र आधुनिकीकरणको चासो पनि देखिन्छ । यस सन्दर्भमा लेखनाथद्धारा नेतृव्त गरिएको शास्त्रीयकविताको परिष्कारको चेष्टा, धरणीधर, महानन्द आदिको जागरण चेष्टा चकपाणिद्धारा गद्धशैलीको निर्माणको प्राथमिक चेष्टा निवन्ध कथा आदिको विधागत प्रारुप खडा गर्ने चेष्टा, संस्कृत नाट्यपरम्परा साथै पाशचात्य नाटकको परम्परा थाल्ने चेष्टा आदि यस कालका साहित्यिक जागरणका साक्ष्य हुन् ।
नेपालीमा पाश्चात्य नाटकको प्रभाव पहलमानसिह स्वारमा देखा परे तापनि नेपाली नाटकलाई शेक्सपियरेली प्रभावद्धारा पाश्चात्य नाट्य परम्परातर्फ दरो रुपमा उन्मुख गराउने व्यत्तित्व बालकृष्ण सम हुन् । गोरखापत्रदेखि गोरखा संसारसम्म प्रकाशित गद्य साहित्यतर्फ हेर्दा कथा निबन्ध आदिको प्रवर्तनक्रम स्पस्ट रुपमा देखिन्ट । यस क्रममा समालोचनाका फटमा सुर्यविक्रम ज्ञवालीको योगदान विशेष उल्लेखनिय छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *