महेन्द्रनगरमा बृद्ध महिला नहरमा मृत फेला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० भदौ
कञ्चनपुरको महेन्द्रनगरमा फेरी एक बृद्ध महिला नहरमा मृत फेला परेकी छिन् । शनिबार बिहान ८ बजेतिर भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखाम नहरमा अन्दाजी ५५–६० बर्षिय आईती सार्की मृत फेला परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले स्थानीयले देखेपछि प्रहरीलाई खबर गर्नासाथ प्रहरी टोली घटना स्थलमा पुगेको बताए । उनका अनुसार बृद्धको कसैले हत्या गरेको हो, वा होईन भन्ने विषय अनुसन्धानबाट खुल्ने
छ । अहिले नै हत्या भए नभएको भन्न नसकिने बताए । मृतक सार्कीको साथबाट केही गरगहना र नगद रुपैया समेत भेटिएका छन् ।
दैलेख घर भएकी सार्की लामो समयदेखि महेन्द्रनगर सब्जीमण्डीमा फुटपातमा तरकारी बेच्दै आएकी थिईन् ।
सार्कीका आफन्त र आर्थिक अभाव भएका कारण भीमदत्त नगरपालिका–१ नम्बर वडाले दाहसंस्कार गर्ने जनाएको छ । १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले बृद्ध सार्कीको आर्थिक अभाव भएका कारण दाहसंस्कार खर्च बेहोर्ने बताए । कञ्चनपुरमा पछिल्लो समयमा समाजिक अपराध बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *