गौतम हत्याको विरोधमा कैलाली कञ्चनपुर बन्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी
पुर्नवास, २८ फाल्गुन
फागुन २६ गते विहिबार पुर्नवास क्षेत्रमा भारतिय सिमा सुरक्षा बल (एसएसपी) द्वारा नेपाली युवा गोविन्द गौतमलाई गोली हानी हत्या गरिएको घटनालाई लिएर शुक्रबार कैलाली कञ्चनपुर बन्दको आहवान गरिएको थियो ।
कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सिमा अधिकारी बीच यहि फाल्गुन १० गते भएको सहमति विपरित भारतिय पक्षले कल्भर्ट भत्काए पछि विवाद उत्पन्न भएको थियो । आफ्नो सिमाना भारत बाट मिचिएका घटनाहरु त छदैछन् तर नेपालमा रहेको कल्भर्ट बनाएको क्षेत्र हाम्रो हो भनि भारतियहरुले भत्काउन लाग्दा युवा राष्ट्रप्रेमी स्वाभिमानी गोविन्द गौतमले सिमा
सुरक्षा को लागि प्रतिकारमा उत्रदा उनलाई नेपाल आमाको प्रथम शहीद बनाएका हुन् । भारतीय सीमा सुरक्षाका जवानहरुले नेपाली भुमिमा नै प्रवेश गरी गौतम माथि गोली चलाएका थिए ।
सो घटना अति निन्दनिय भएको भन्दै गृह र परराष्ट्र मन्त्रालयले छुट्टा छुट्टै विज्ञप्ति समेत निकालेका थिए । मृतक गोविन्द गौतमलाई सरकारले शहीद घोषणा गरी १० लाख क्षतिपूर्ति तथा गौतमका बालबच्चाहरुको निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाउने समेत घोषणा गरेको छ ।
उक्त घटनाको बिरोधमा कैलाली कञ्चनपुरका व्यापारीहरुले स्वइच्छाले बजार बन्द गरे पनि कोही सरकारी कार्यालयहरुमा विद्यार्थी द्वारा तोडफोड गरेका थिए । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा ८÷१० जनाको समुहमा गई झ्यालका सिसा, कुर्सीहरु तोडफोड गरेका थिए । बिरोध जनाउनु एकदम ठिक हो तर सरकारी कार्यालय तोडफोड र आगजनि गर्नु अपराध भए पनि संयम अपनाउन नसकी कार्यालयहरुमा क्षति पु¥याउने अज्ञानी गरेका थिए ।
गौतम हत्याको विरोधमा शुक्रबार विभिन्न राजनीतिक दल, उनका भातृ संगठन लगायत विभिन्न विद्यार्थी संगठनहरुले कैलाली कञ्चनपुर भरी विरोध कार्यक्रम समेत गरेका थिए । कैलाली कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरुमा ‘भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लगाई केही स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दोहन गरेका थिए । घटनाको विरोधमा शनिबार समेत विप्लव माओवादी द्वारा नेपाल बन्दको घोषणा गरिएको थियो ।

विहिबार गोली हानी हत्या गरिएपछि भारतीय सीमामा ४ हजार बढी नेपाली नागरिकहरु नेपाली झण्डा लिएर विरोधमा उत्रिका हुन् । उक्त टोली माथि भारतीय सीमा सुरक्षा बलले ज्यादति समेत गरेको र शुक्रबार करिव ५० राउण्ड भन्दा बढी हवाई फायरिङ्ग समेत एसएसबीहरुले गरेका थिए ।
मृतक गोविन्द गौतमका परिवारमा ७१ वर्षिय बाबु खेमलाल गौतम, ६६ वर्षिय आमा हरिदेवी गौतम, २७ वर्षिय धर्मपत्नी सुशिला तथा छोरीहरु १० वर्षिय आशिका, ७ वर्षिय आकृति र कान्छी छोरी आसुम २ वर्षकी छिन् भने उनका १ दाई, १ भाई र १ बहिनी समेत छन् । यी सबैको पालन पोषणको जिम्मा नेपाल सरकारले भारतबाट क्षतिपूर्ति लिएर गर्नुपर्ने जनताको भनाई रहेको छ । यिनलाई नेपाल आमाको केवल एक मात्र प्रथम शहीदको रुपमा घोषणा गर्नुपर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *