नेपाललाई कुन बाटोमा डोर्याइदै छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हेरौ नेपाली समाज नेपाल सरकारका संयन्त्रले संसारलाई नै देखाई रहेको छ । प्रत्यक्ष प्रमाणको रुपमा रहेकी निर्मलाकी साथी र साथीकी दिदीहरु बलात्कार भएको प्रमाण कति चाहियो यो समाज र सरकारलाई केवल सरकारले मुद्दा चलाउन चाहेको छैन भने हाम्रो भन्नु के छैन ।
महेन्द्रनगरमा यति ठूलो आन्दोलन धजधनको क्षति सामान्य होईन त्यो संकेत हो निर्मलाको बलात्कारी र हत्यारा खोज्न टाढा नजानुहोस् बम दिदीबहिनी जसले बलात्कारपछि हत्या गर्ने षडयन्त्रका साथ निर्मलालाई आफ्नो घरमा बोलाएर लगे उनी साधारण सोचेर साथीको माया र विश्वासमा गएकि माथि विश्वासघात गरियो ।
कसैको निजी कुरा मात्र भए हामी भन्न प्रकाशमा ल्याउन सक्दैनौ तर निर्मला र बम दिदीबहिनी आज सार्वजनिक सरोकारको विषय बनेकी छन् । चुप लागेर बस्नु पनि अपराध हो भन्ने कुरालाई ध्यानमा राखी महेन्द्रनगर बासीले मात्र नभई सर्वत्र देशभरी र विदेशमा पनि विरोध भईरहेको छ, त्यो नै दसी प्रमाण हो, दसी प्रमाण दिदीबहिनी हुन ।
असिमित पुरानो समाजमा मैले यो खुकुरीले यो कारण फलानोलाई काटी मारेको हुँ भनि स्वयम प्रहरी समक्ष हाजिर हुने पनि गर्दथे भने कोही डरले सावित बयान दिने गर्दथे ।
आज मन परेका मानिसको लागी मानव अधिकार आयोग अगाडी सरेर यातना दिनबाट रोकाउछ भने मैले मारेको, बलात्कार गरेको हुँ भनि सबुत नभए पनि अरु थुप्रै प्रमाणहरु हुन्छन् र त्यस्ता प्रमाणलाई प्रयोगमा ल्याउनु पर्दछ ।
निर्मला पन्तको बलात्कारी र हत्याका प्रमुख योजनाकार सहभागी होइनन् ति दिदी बहिनीलाई भन्छन् भने यत्रो समाज किन भनिरहेको छ । हत्या सम्बन्धमा गाउँका ५÷१० जनाले साक्षी बसे पनि हुने ठाउँमा पुरै जिल्लाबासीहरु आन्दोलित भएका छन् ।
प्रमाण बुझ्ने ऐनको सिद्धान्त विपरित जानु हुदैन । धेरै प्रमाणहरु स्वयम सिद्ध हुन्छन् । मैले मारेको हु बलात्कार पनि गरेको हुँ भन्ने सार्वजनिक
गरिएको दिलिप विष्ट नै अव प्रमुख प्रमाणको रुपमा आइसके । बलात्कारी र हत्याराको बात लगाईएका दिलिप विष्ट, अव हत्यारा नरही जनभावना अनआन्दोलनको प्रमाणका रुपमा रहेका छन् ।
महिलाले महिलाको बलात्कार स्वयम गर्दैन तर गराउछन् । छानवीन आयोग राष्ट्रिय अनुसन्धान, गुप्तचरहरुले यस देशमा घट्ने घटाउने त्यस्ता घटनाको बारेमा अत्यन्त चनाखो रहनु पर्दछ ।
प्रमाण जनताले सरकार सित प्रस्तुत गरी सकेको छ । ठोस प्रमाण उच्च स्तरीय छानविन समितिका सदस्यले दिएको र पछि फिर्ता लिएको राजिनामा तथा उनलाई धम्की दिने ठुला मानिस छन् । पहिले २ दिदी बहिनीहरुलाई थाहा थियो भने अब धम्की दिने र पाउने गरी २ थप भएकाले कारवाही गर्न सरकारलाई सजिलो भएको छ । प्रमाण भनेको के हो गहन अध्ययन गरी विश्वका प्रमाण बुझ्ने विज्ञहरुको सल्लाह लिई पाएका प्रमाणहरुको सदुपयोग गर्नुपर्ने देखिन्छ । तर नेपाललाई कुन बाटोतर्फ डोर्याईदै छ भन्ने कुराको पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ । देशलाई सकारत्मक बाटोतर्फ डोर्याउनका लागि सबैले असल चरित्र देखाउनु जरुरी हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *