निर्मला हत्या प्रकरणः हत्यारा सार्वजनिकको माग गर्दै देशैभरी प्रदर्शन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० भदौ
१३ वर्षिय निर्मला पन्तका हत्यारा सार्वजनिक गरी कडा कारवाहीको माग गर्दै देशैभरी प्रदर्शन भएको छ । विभिन्न शहरका चोकहरुमा टायर बालेर विरोध प्रदशर्न गरिरहेका छन् ।
त्यस्तै कञ्चनपुरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र स्थानिय बासिन्दा निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गदै प्रर्दशनमा उत्रिएका छन् ।
महेन्द्रनगर बजार क्षेत्रमा नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रर्दशन हुन थालेपछि यातायातका साधान सञ्चालनमा समेत अबरोध सृजना भएको छ । बजार क्षेत्रमा प्रदर्शन हुन थालेपछि महेन्द्रनगर बजार क्षेत्रका पसल आंशिक रुपमा बन्द भएका छन् । सरकारलाई हत्यारा पत्ता लगाउन दवाव दिनका लागि प्रदर्शन गरिएको नेविसंघका विद्यार्थी नेताहरुले बताएका छन् । शुक्रबार महिलाहरुले हत्यारा पत्ता लगाउन माग गर्दै रित्तो थाली बजाउँदै महेन्द्रनगर बजारमा प्रदर्शन गरेका थिए ।
तीजका दिन महिलाहरुले कालो सारी लगाएर हत्यारा खोजी गरिनु पर्ने भन्दै महेन्द्रनगर बजार क्षेत्रको मदन चोकमा कालो तीज मनाएका थिए । निर्मला पन्तको हत्या भएको झण्डै दुई महिना पुग्नै लाग्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *