नगरपालिका तथा गाउँपालिकाहरुको विकास








दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० भदौ
वर्तमानमा गाउँ तथा नगरपालिकाले सडक निर्माणमा पहिलो प्राथमिकता दिएको पाईन्छ । सडक निर्माण गर्दा विज्ञ साधारण अन्दाजको भरमा हरेक गाउँ गाउँमा सडक निर्माण गर्न सुरु गरेका छन् । कुनै कुनै ठाउँमा भने जे जति सुधार गरे पनि सानो जीपको लागि पनि तिब्र मोडहरु बनेका छन्, जीव बाहेकका ठूला गाडीहरु जान सक्ने प्रयाप्त ठाउँ देखिदैन ।
डिलासैनी गाउँपालिका शिक्षा नियमावली २०७५ स्थानीय राजपत्रमा प्रकाशित गरेको छ । सो शिक्षा नियमावली गाउँपालिका भित्र लागु गरी सकेकोले विकास निर्माणका काम बाहेक गाउँपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने)ऐन २०७४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नियम व्यवस्थापन समितिहरु पनि गठन तथा पुरगठन गरिरहेको छ ।
गाउँपालिकामा कुमारी बैंकको शाखा पनि स्थापना भई सकेकोले स्थानीय बैंकिङ कारोबारमा विद्यालय तथा अन्य सर्वसाधारण सेवाग्राहीलाई पनि सुविधा हुने देखिन्छ । शिक्षा नियमावली ०७५÷१÷९ मा पास भएको भए पनि सो बमोजिम बाम कारवाही गर्न भने हर तरहको कठिनाई देखिन्छ ।
पुरानो नियमले विद्यालय व्यवस्थापन समितिको गठन अभिभावक भेलाबाट गरिन्थ्यो भने वर्तमानको उक्त नियमावलीले गाउँपालिकामा ३ जनाको नाम सिफारिस गरी पठाउने र अध्यक्षको छनौट भने गाउँपालिकाले नै गर्ने हुँदा गत पुष माघमा गठन भएका समितिहरु तथा जनताको सन्तुष्टी देखिदैन ।
अभिभावकहरुले छनौट गर्दा प्रजातान्त्रिक हुने तर गाउँपालिकाबाट छानिएका व्यक्ति सर्वसम्मत नहुने पार्टीगत हुने हुँदा प्रजातान्त्रिक व्यवस्था अनुसार जस जसलाई जनताले छान्यो उही पदलाई समर्थन गर्ने काम मात्र गाउँपालिकाले गर्नु पर्दछ भन्ने यहाँका बासिन्दा, अभिभावकहरुको धारणा रहेको देखिन्छ ।
नियम बनाउँदा स्वार्थपुर्ण नियम बनाएकोले कार्य गर्नमा बाधा विरोध नआउला भन्न सकिदैन भन्छन् एक जना अभिभावक तथा शिक्षक, जे भए पनि नियम कानून निर्माण गर्ने काममा डिलासैनी गाउँपालिका अगाडि बढेको छ ।







